
श्री लि शु फुले भन्नुभयो---यस पटकको खरीदमार्फत जिलि कम्पनीले अस्ट्रेलिया स्वचालित गति रुपान्तरण यन्त्र कम्पनीको उत्पादित-वस्तु र प्रविधिले चीनको मोटर गाडी व्यवसायी भित्र्याउने र चीनको मोटर गाडी व्यवसायीको उन्नतिलाईजोड दिने वताउनु भयो:
"चीनको मोटर गाडी उद्योगमा आफ्नो स्वचालित गति रुपान्तरण यन्त्र उद्योग छैन। चीनका मोटर गाडी उद्योग-व्यवसायीहरुले विदेशबाट स्वचालित गति रुपान्तरकरण यन्त्र खरीद गरेका छन्। अस्ट्रेलिया स्वचालित गति रुपान्तरकरण यन्त्र कम्पनीलाई खरीद गरेपछि उक्त कम्पनीले जिलि कम्पनीलाई उच्च स्तरीय स्वचालित गति रुपान्तरकरण यन्त्र प्रदान गर्नुका साथै चीनका अरु कम्पनीहरुलाई उच्च स्तरीय स्वचालित गति रुपान्तरकरण यन्त्र प्रदान गर्ने छ।"

अस्ट्रेलियाली स्थानीय सरकारले यस पटकको खरीदको समर्थन दिएको छ। उक्त हस्ताक्षर समारोहमा सहभागी न्यू सोज वालस राज्यका विकास मन्त्री आन माग्दोनार्दले दुई पक्षलाई लाभ भएको कुरा बताउनुभयो। र उहाँले भन्नुभयो:
"यस पटकको खरीद जिलि कम्पनी र अस्ट्रेलिया स्वचालित गति रुपान्तरकरण यन्त्र कम्पनी एवम् चीन र अस्ट्रेलियाका लागि एक सफल व्यापार भएको छ। अस्ट्रेलिया स्वचालित गति रुपान्तरकरण यन्त्र कम्पनीले जिलि कम्पनीमार्फत चीन तथा विश्व बजारलाई अत्याधुनिक गति रुपान्तरकरण यन्त्र उपलब्ध गराउनसक्ने र जिलि कम्पनीले विश्व बजारमा प्रवेश गर्नका लागि मद्दत दिनसक्ने छ। यसका साथै अस्ट्रेलिया स्वचालित रुपान्तरकरण यन्त्र कम्पनीले जिलि कम्पनीलाई अत्याधुनिक प्रविधि र अनुभव रहेका मजदूरहरु उपलब्ध गराउने छ। त्यसपछि जिलि कम्पनी अस्ट्रेलियामा अत्याधुनिक गतिले रुपान्तरकरण यन्त्रको उत्पादन र आपूर्ति गर्न सझम हुने छ। त्यसैले हाम्रो विचारमा यो दुई पक्षलाई लाभ हुने सम्झौता भएको छ।"

अस्ट्रेलियाका लागि चिनियाँ राजदूत चाङ च्युन साइले श्री माग्दोनार्दको धारणा स्वीकार गर्नुभयो। श्री चाङ च्युन साइको विचारमा जिलि कम्पनीले अस्ट्रेलिया स्वचालित गत रुपान्तरण यन्त्र कम्पनीलाई खरीद गरेको कुराबाट श्रोत-साधन क्षेत्रमा सहयोग भएवाहेक चीन र अस्ट्रेलियाबीच अरु क्षेत्रहरुमा सहयोगको निहित शक्ति भएको कुरा प्रमाणित भएको छ। उहाँले भन्नुभयो:
"जिलि कम्पनीले अस्ट्रेलिया स्वचालित गत रुपान्तरकरण यन्त्र कम्पनीलाई खरीद गरेको कुरा एक अर्कालाई सुलभ हुने र दुई पक्षलाई लाभ हुने अवस्था हुनुका साथै एक राम्रो परीक्षण भएको छ। यो कुरा हामीले वर्तमान बैकिङ संकटवाट "वाहिरिने"रणनीतिसित अनुकूल भएको छ।"
|