
वास्तवमा भयन्कर भूकम्प र सोबाट उत्पन्न भएका बिभिन्न खालका प्रकोपहरुबाट स्ठुआन प्रान्तका अनेकौं राजमार्गहरुको जिर्णोधारका सामु अभूतपूर्व कठिनाहरु देखा परिरहेका छन्। किनकि स्ठुआन प्रान्तमा पहाडहरु धेरै छन्। उक्त भूकम्पबाट स्थानीय भौगोलिक बनौट झन् झन् नाजुक भएको छ।
समतल ठाउँ भित्र पस्ने, पैरो जाने, माथिबाट झरिआउने र पैरो नदी बग्ने आदि भौगोलिक प्रकोपहरु समय समयमा आउने गर्दछन्। जस्तो भनौं कि यस वर्षको मार्च महिनादेखि औपचारिक रुपमा निर्माण गर्न थालिएको यिङ्ग स्यौ बस्तिदेखि व लुङ्ग नाउँको बस्तिसम्म जाने सो राजमार्ग चाहिं ज्यान मानिएको 303 नम्बरको राष्ट्र स्तरीय राजमार्गको एक भाग हो। पोहोर सालको मइ बाह्र तारिख गएको भूकम्पले गर्दा पूराका पूरै बन्द भयो। सो भागको निर्माण गर्ने एकाइका जिम्मेवार व्यक्ति श्री युआन छ्युआनले पत्रकारहरुलाई बताउदै भन्नुभयोः
उक्त भूकम्प गएपछि यस राजमार्गको सो भाग निकै भयन्कर बिग्रिएको थियो। पैरै पैरोले गर्दा नदीले थुप्रै ढुंगाका टुक्रा सो राजमार्गको छेउछाउमा थुपारेको छ। प्राथमिक अनुमान अनुसार ती थुपारिएका माटा र ढुंगाका टुक्राहरुको परिमाण असी लाखभन्दा क्यौबीक मिटर भन्दा बढी पुगेको थियो।

यिङ्ग स्यौ बस्तिदेखि व लुङ्ग बस्तिसम्मको सो भागको लम्बाइ पैंतालीस किलो मिटर छ। त्यसमा अठार किलोमिटर लामो भाग चाहिं फेरि बनाउनुपर्छ र अरु बांकी भाग चाहिं जिर्णोधार गर्नु पर्छ। सो भागको निर्माण कार्य गर्दाखेरी जाँचबुझ र निगरानीको जिम्मा लिने व्यक्ति श्री लि जुङ्ग वनले पत्रकारहरुलाई भन्नुभयोः
मैले बीस वर्षभन्दा बढी समयअघि यस्तै काम गरी धेरै अनुभवको संकलन गरेपनि मेरो अगाडी रहेका दवाव शक्ति र चुनौति निकै ठूला ठुला छन्। किनकिन कार्यको क्रममा बारम्बार पैरो आएकाले यस पटकको कार्य एकदमै गाह्रो छ र खतरनाक छ। त्यति मात्र नभई ढुवानी र सञ्चार पनि बारम्बार बन्द भएकाले हाम्रो निर्माण कार्य झन् गाह्रो र कठिन हुन्छ।

प्राप्त जानकारीका अनुसार अहिलेसम्म स्ठुआन प्रान्तको समस्त पहाडको बनौटको अवस्था निकै सीमित र संतुलित भएको रहेछ। बाहिरी शक्ति आएमा निकै सजिलैसित प्रभाव हुन जान्छ। त्यसै भएको हुनाले त्यहीं कार्म गर्ने एकाइहरुले त्यसबारे मगज खियाएर धेरै विचार गरी अनेकौं पाइलाहरु चाल्दै आएका छन्।
यातायात भनेको प्रकोपबाट प्रभावित क्षेत्रहरुको पुनर्निर्माण र सामाजिक एवम आर्थिक विकासका लागि आधार नै हो। अहिले सो प्रान्तको यातायातको पुनर्निर्माण सम्बन्धी परियोजनाहरु सुचारु रुपमा चल्दै आएका छन्। अहिलेसम्म चार वटा छिटो द्रुत गतिको राजमार्गका जिर्णोधार वा पुनर्निर्माण कार्य पूरा भए भने चौरासी वटा महत्वपूर्ण राजमार्गहरु वा मापदण्ड मानिएका आर्थिक बाटाहरुमध्ये बयासी वटाको निर्माण कार्य शुरु भइसकेको छ। स्ठुआन प्रान्तको यातायात व्यूरोका उप प्रमुख स्यान स्युआङ्गले भन्नुभयोः
हामीले केन्द्रीय सरकारबाट छुटाइएको तीस अर्ब चिनियाँ युआनको प्रयोग गरी भूकम्पबाट निकै प्रभावित क्षेत्रका राजमार्गहरुको आधारभूत प्रबन्ध चौतर्फी रुपमा पुनर्निर्माण गर्न चाहन्छौ। त्यसका साथै प्राविधिक मापदण्डको स्तर र भूकम्प प्रतिरोधी क्षमतालाई उकास्न चाहन्छौ।
उहाँको भनाइ अनुसार स्ठुआन प्रान्तमा दुई वर्षभित्र यातायातको पुनर्निर्माण कार्य पूरा हुने अनुमान छ। त्यसबेला निकै प्रभावित क्षेत्रहरुमा हरेक टाउंसिसम्म पुग्ने सिमेन्टको बाटो छ र सत्तरी प्रतिशत हुने टाउँसिप वा बस्तिहरुमा यात्रीहरुका लागि स्टेशनको व्यवस्था हुनेछ।
|