china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    तुङ पा संस्कृतिलाई निरन्तरता दिने काष्ठकलाकारबारे जानकारीको दोस्रो भाग
    (GMT+08:00) 2009-09-03 17:24:29    

             आफ्नो घरमा गरिबी भएकोले बालक हुँदा लाउ मुले बाध्य भएर पढाइ स्थगित गरे। तर आफूले चित्रप्रति प्रेम आफूसँगसँगै बढ्यो। एक दिन उनी र उनका बुबासँग अरुका लागि काम गर्दाखेरी दाहिने हातको मझौला औंला ट्याक्टरबाट भाँचियो। घाइते भएको औंलाले गर्दा लाउ मुलाई ठूलो प्रहार पर्‍यो—दुःखित हातले कलमको प्रयोग गर्न नसकेको र गरिब भएको उनले आफूले प्रेम गरेको चित्रलाई छोडेर ली च्याङ शहरको काष्ठ कारखानामा काम गर्न थाले। तर त्यहाँको कामले उनको काष्ठकला बाटोका लागि बलियो आधार बसालियो। यसबारे चर्चा गर्दै उनले भनेः

            "वास्तवमा मेरो कल्पना एकजना चित्रकार बन्ने थियो तर राम्रा गुरुसँग भेटिएनन्। आफ्नो इच्छामा जसरी चित्र बनाउन मन पर्‍यो त्यहीं उपायको प्रयोग गर्थें। पछि ली च्याङ शहर आएर काष्ठकला वस्तु पसल खोलें। काष्ठकला वस्तु कुँद्दाखेरी के-कस्तो कृति बनाउनु भन्ने छनौट गर्नुपर्छ। ली च्याङमा तुङ पा संस्कृति, टोटम, अक्षरहरुलगायत् धेरै कारक तत्वहरु पाइन्छन्। तर अन्तमा मैले टोटम बनाउने निर्णय गरें। नासी जातिको टोटम संस्कृतिमा सबै चीजबीजको प्राण भएको विश्वास छ।यिनीहरू हजारौँ किसिमका हुन्छन् र साथै आफूले सिर्जना गर्न सकिन्छ।"

              आफ्नो काष्ठकलाको संसारमा डुबेका लाउ मुले नासी जातिको टोटममार्फत यस प्राचीन जातिको लामो तथा विशेषतायुक्त संस्कृति तथा चालचलनको वर्णन गर्ने गरेका छन्। सन् 2000मा स छुआन प्रान्तीय शहर छङ तुबाट आएका आ च्युन नामक केटीले लाउ मुको सानो तर अद्बितीय पसलमा लाउ मु र उनको काष्ठकला वस्तुलाई मन पराउन थालिन्। कलाप्रति साझा प्रेम तथा कल्पना भएका यी दुई जना जोडा बने। ली च्याङको रमणीय मौसम तथा बाक्लो सांस्कृतिक वातावरण एवम् अद्बितीय जातीय विशेषताले छङ तुकी केटी आच्युलाई आकर्षित गर्‍यो। उनीहरुले तुङ पा वर्कशपको व्यवस्थापन गर्दागर्दै नौ वर्ष बित्यो। यसबारे आफ्नो विचार व्यक्त गर्दै आच्युले भनिन्--

             "ली च्याङमा रहँदाको समयलाई विर्सन सकिन्न्। हिजो, आज र भोलि मात्र याद गर्न सकिन्छ। समय यसरी छोटो गरी बितिहाल्छ आनन्दसँग। अरु ठाँउबाट आएकाहरुले यहाँलाई आफ्नो जन्मथलो भन्ठान्छन्। शहरमा बस्दा मानिस र मानिसबीच एउटा अग्लो भित्ता रहेको अनुभव हुन्छ तर यहाँ आएर ती भित्ताहरु खोलिएको जस्तो महसुस हुन्छ। मानिसहरु खुला हुन्छन् र आनन्द हुन्छ। यसले मेरो मनलाई छोएको छ।"

    क्रमशः

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040