china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनको जातिय क्षेत्रीय स्वायत्त शासन विकासको नयां चरणमा प्रवेश
    (GMT+08:00) 2009-09-14 16:25:35    

                सन् दुइ हजार आठ साल चीनको क्वांग सी च्वांग जातिय स्वायत्त प्रदेश र निंग स्या व्ही जातिय स्वायत्त प्रदेशमा जातिय स्वशासित प्रणाली लागू भएको पचासौं वार्षिकोत्सव हो । क्वांग सी र निंग स्या यी दुइवटा जातिय स्वायत्त प्रदेशमा दशवटाभन्दा बढी जातिहरु पुस्तौंपुस्तादेखि संगसंगै बसोबास गर्दै आएका छन् । तीनीहरु चीनका छपन्नवटा जातिय परिवारका महत्वपूर्ण सदस्य हुन् । तिनीहरुले मेलमिलापका साथ सहअस्तित्व कायम राखेर साझा विकास गर्दै आएका छन् ।

                पहिले पहिले यहांको पानी तेलभन्दा पनि महंगो थियो । त्यस बेला पानी खानका लागि निकै टाढा टाढा ठाउँबाट बोक्नु पर्थ्यो ।पचीस किलोग्रामको पानी बोक्नका लागि झण्डै पन्ध्र किलोमिटर हिड्नु पर्थ्यो र चार र पांच घण्टा लाग्थ्यो । पहिलेको बाटो हिंड्न पनि गाह्रो थियो , किनकि बाटोमा भर्‍याङ् नै भर्‍याङ् थिए । हाल हरेक परिवारमा आ-आफ्नो पानी भण्डार हुन्छ । पानी खानका लागि धेरै सुविधा हुन्छ। हाल हाम्रो घरमा विजुलीको आपूर्ति पनि भयो टेलिभिजन कार्यक्रम पनि हेर्न पाइयो । हामीहरुलाई अति खुशी लागेको छ । पहिले हाम्रो जीवन स्तर निकै तल रहेको थियो । तर अहिले निकै राम्रो भएको छ ।

                क्वांग सी च्वांग जातिय स्वायत्त प्रदेशको लोंग आन् जिल्लाको तु जे बस्तीका गाउँले वांग वान् मिंगले पत्रकारलाई पछिल्ला केही वर्षदेखि च्वांग जाति बसोबास गरेको पहाडी गाउँघरको परिवर्तनबारे जानकारी दिए । अग्लो पहाड र दुर्गम बाटो भएकोले सन् दुइ हजार छ सालसम्म सो गाउँबस्तीमा विजुलीको आपूर्ति थिएन । बाहिर जानका लागि पनि निकै मुश्किल थियो । त्यहां बसोबास गरेका लाखौं वासिन्दाहरु पानी खानका लागि पनि निकै गाह्रो थियो। लोंग आन् जिल्लाको यातायात विभागका प्रमुख रो थिआन् शन्‌ले जानकारी दिंदै भन्नुभयो कि तत्स्थानको पछौटे रुप-आकारको परिवर्तन केन्द्रिय सरकार र स्थानीय सरकारले जातिय क्षेत्रमा बढी लगानी लगाएको कुराबाट अलग्ग हुन सक्दैन । उहांले भन्नुभयोः

                 सन् दुइ हजार सात सालदेखिको दुइ वर्षको समयमा क्वांग सि स्वायत्त प्रदेशले एक अर्ब असी करोड चिनियां युआन् बराबर लगानी लगाएको छ । हाम्रो जिल्लामा अठाइस करोड चिनियां युआन्‌ बराबर लगानी लगाइएको छ । लगानी लगाउने क्षेत्रमा पानी , विजुली , मार्ग , शिक्षा र सञ्चार आदि समावेश छन् ।

                 क्वांग सी च्वांग जातिय स्वायत्त प्रदेश चीनको दक्षिण पश्चिम भागमा पर्दछ । त्यो चीनको सबैभन्दा बढी जनसंख्या भएको अल्पसंख्यक जातिय स्वायत्त प्रदेश हो । च्वांग , हान् , याउ , म्याउ आदि बाह्रवटा अल्पसंख्यक जाति पुस्ता पुस्तौंसम्म यहां बसोबास गर्दै आएका छन् । अल्पसंख्यक जातिय क्षेत्र विशेषगरी सीमा क्षेत्र र दुर्गम क्षेत्रका विपन्न अल्पसंख्यक जातिय क्षेत्रको विकासलाई गतिशील पार्नका लागि चीन सरकारले थुप्रै रकम लगाएको छ र तिनीहरुलाई विभिन्न किसिमको सुविधा उपलव्ध गराएको छ ।जसबाट यातायात गाह्रो , खाने पानीको गाह्रो , विजुलीको उपयोग गर्न गाह्रो , पढ्न गाह्रो र उपचार पाउन पनि गाह्रो समस्याको समाधान गर्न सकियोस्।

                 हाल क्वांग सि च्वांग जातिय स्वायत्त प्रदेशका अध्यक्ष मा प्याउले अल्पसंख्यक जातिय क्षेत्रको विकास सीधै नै मानिसहरुको जीवन स्तरको बढौतीबाट देख्न सक्ने कुरा बताउनुभयो । उहांका अनुसार सन् दुइ हजार सात सालमा सिंगै स्वायत्त प्रदेशका शहरी र बस्तीका वासिन्दाहरुको औसत आम्दानी बाह्र हजार दुइ सय चिनियां युआन् पुगेको छ , त्यो सन् उन्नाइस सय अठहत्तर सालकोतुलनामा बयालीस गुणाले बढी हो । सीमा क्षेत्र र विपन्न क्षेत्रको उत्पादन , जीवन स्तर र वातावरणमा स्पष्ट राम्रो सुधार देखिएको छ ।

                 चीनको उत्तर पश्चिम भूपरिवेष्टित क्षेत्रमा अवस्थित निंग स्या स्वायत्त प्रदेश चीनको एक मात्र व्ही जातिय स्वायत्त प्रदेश हो । यस प्रदेशमा बीस लाखभन्दा बढी मुस्लिमहरु बसोबास गरेका छन् । उत्तर पश्चिम भूपरिवेष्ठित क्षेत्रमा परेकोले निंग स्या चीनका खेतजग्गाको मरुभूमिकरण सबैभन्दा गम्भीर रहेका प्रान्त र स्वायत्त प्रदेशहरुमध्येको एक हो । स्थानीय किसानहरुको जिभ्रोमा "एक वर्षमा एकपटक बालुवे हावा आउँछ , त्यो हावा बसन्तदेखि हिउँदसम्म चलिरहन्छ ,जताततै बालुवा उडीरहको हुन्छ र बालुवाको थुप्रो घरभन्दा अग्लो हुन्छ "भन्ने उखान छ ।

                 पछिल्ला केही वर्षदेखि निंग स्या स्वायत्त प्रदेशले मरुभूमिकरणको प्रतिरोध गर्न र तह लाउनका लागि विविध कदम चाल्दै आएको छ। स्वायत्त प्रदेशले व्यवसायहरु र व्यक्तिलाई वृक्षारोपण गर्न र घांस रोप्न प्रोत्साहन दिएको छ । सिंचाई योजनाको निर्माण गर्नका लागि सरकारले थुप्रै रकम लगाएको छ । सरकारले पहाडलाई बन्द गर्ने , खेतजग्गामा बनजंगल बनाउने र घांस रोप्ने आदि पर्यावरणीय वातावरण सम्बन्धी परियोजनाको तर्जुमा गरेको छ । केन्द्रिय सरकारले अनुकूल क्षतिपुर्ति पद्धतिमार्फत पर्यावरणीय वातावरणको निर्माणतर्फ योगदान प्रदान गरिसकेका समुदाय र व्यक्तिलाई क्षतिपुर्ति दिन्छ । सरकारले अर्थ र बैंकिंग क्षेत्रमा निंग स्यालाई धेरै सुविधा पनि दिएको छ । येन् छ जिल्लाको बन उद्योग विभागका उपप्रमुख लिउ वै चले भन्नुभयोः

                 उक्त परियोजनाको निर्माणले हामीहरुलाई रकम पुर्‍याउनुका साथै हामीहरुलाई व्यवस्थापनको अनुभव र प्रविधि ल्याइदिएको छ । जसले गर्दा मरुभूमिलाई तह लाउनका लागि हामीहरु विश्वस्त छौं र हाम्रो बढी आशा रहेको छ ।

                 पछिल्ला केही वर्षमा निंग स्या स्वायत्त प्रदेशको खेतजग्गाको मरुभूमिकरणको प्रवृत्तिलाई नियन्त्रित गरिएको छ । त्यहांको पर्यावरणीय वातावरण पनि राम्रो हुँदै आएको छ ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040