
त्यसैगरी रोजगारलाई मजबूत पारिएको छ र सामाजिक सुरक्षा व्यवस्थामा सुधार गरिएको छ। चीन सरकारले छिटो र दरा पाइलाहरु चालेको र ती पाइलाहरुले बजारको संरक्षण एवं चीनको आर्थिक बृद्धिको प्रत्याभूति गर्ने एज.एस.बी.सी.का महाप्रबन्धक स्दीफन ग्रैनको धारणा रहेको छ ।
"चीनले विश्व आर्थिक वृद्धिदरमा झन् महत्वपूर्ण भूमिका निर्वाह गरेको छ। हाल चीन विश्वको तेस्रो ठूलो आर्थिक समूह हो। चीनको चालू वर्ष आर्थिक बृद्धिको अनुमान 8प्रतिशत पुग्ने एक मात्रै आर्थिक समूह हुने सम्भावना रहेको छ। विश्वको संकल्प र विश्वास खत्तम हुँदा चीन सरकारले आर्थिक वृद्धिदरलाई तेज पार्ने कदममा उपलब्धि हासिल गरेको छ।"

पूर्वी एशिया तथा प्रशान्त क्षेत्रको जिम्मा लिने विश्व बैंकका उप गभर्नर टेम्स अदाम्सले बैकिङ संकटको सामना गर्ने कार्यमा चीनले दरो र वलियो कदमहरु चालेको बताउनुभयो।
"हालसम्म बैकिङ संकटको सामना गर्न चीनले चालेका कदमहरु छिटो र वलियो रहेका छन् र उचित पनि रहेको छ। चीन सरकारले आर्थिक वृद्धिदरलाई तेज पार्ने योजना सार्वजनिक गरेको छ। आर्थिक वृद्धिदरलाई तेज पार्ने चीन सरकारका योजनाहरुमध्ये धेरै योजनाहरु उपभोग बढाउने र जीवनको सुधार गर्ने विषयसित सम्बन्धित रहेका छन्।"

"चीनको विकाससम्बन्धी उच्च स्तरीय मञ्च,2009"मा चिनियाँ वाणिज्य मन्त्री छन् द मिङले बोल्दै संकटको सामना गर्नका लागि चीनले स्वदेशी आवश्यकतालाई विस्तार गर्ने र ग्रामीण क्षेत्रमा उपभोग बढाउने र बाह्य व्यापारको बृद्धिलाई स्थिर राख्न प्रयास गर्ने बताउनुभएको थियो।
श्री छन् द मिङका अनुसार, अन्तर्राष्ट्रिय प्रचलित उपाय अनुसार चीनले आयात -निर्यातसम्बन्धी नीतिको समर्थन, प्रशोधन व्यापारको उन्नतिमा जोड, निर्यात व्यापारको विस्तार अत्याधुनिक प्रविधि प्रबन्धलाई भित्र्याउने ,कल पुर्जा र महत्वपूर्ण श्रोत-साधन तथा कच्चा-पदार्थको निर्यात थप्ने छ। त्यस वाहेक, चीनले विदेशी पूंजीको प्रयोग गर्ने र विदेशी लगानी लगाउन प्रोत्साहन गर्ने छ।
|