china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    तिब्बतको रोजगार
    (GMT+08:00) 2009-09-15 14:13:51    

    रवि- श्रोताहरु, हामीले विगत केही हप्तादेखिको कार्यक्रममा ध्रुवजीले तिब्बतभ्रमणका क्रममा देख्नभएका कुराहरुलाई राख्तैआएका छौं । ध्रुवजी, आज कुन विषयमा चर्चा गर्ने विचार गर्नुभएको छ ?

    ध्रुव- मैले तिब्बतभ्रमण गर्दा मेरो मनमा गहिरो प्रभाव पारेका कुराहरुमध्ये तिब्बतमा शिक्षित बेरोगार नभएको विषयले मलाई अलि बढी छोयो । किनभने अहिले चीनका अन्य भागमा मात्रै नभएर बाँकी विश्वमा पनि शिक्षाको विकाससँगसँगै शिक्षित बेरोजगारीको समस्या बढ्दैगएको छ । तर तिब्बतमा यो समस्या पटक्कै रहेनछ । त्यसैले शिक्षित बेरोजगार नभएको विषयमा आजको कार्यक्रममा चर्चा गरौंजस्तो लाग्यो ।

    रवि- हुन्छ ध्रुवजी । तिब्बतमा शिक्षित बेरोगारीको समस्या नहुको कारण के हो भन्ने तपाईंलाई लाग्यो ?

    ध्रुव- रविजी, तिब्बतमा बेरोजगारीको समस्या नहुनुमा त्यहाँका शिक्षणसंस्थाको विद्यार्थी भर्नाप्रक्रिय पनि बुझ्नुपर्ने हुन्छ । वास्तवमा विद्यार्थीले भर्नाफारम भर्दा आफ्नो प्राथमिकताअनुसार तीनवटा विषय छनौट गरेर फर्मा उल्लेख गर्नुपर्ने हुन्छ । प्रवेश परीक्षामा आफूले पढ्न चाहेको विषयमा योग्यतासूचीमा तोकिएको सिट संख्याभित्र परियो भने भर्ना हुन पाइन्छ नत्र भने दोस्रो प्राथमिकताको विषयको योग्यतासूचीमा परिन्छ । कथम् कदाचित दोस्रो प्राथमिकताको सूचीमा पनि परिएन भने तेस्रो प्राथमिकताको विषयको योग्यतासूचीमा परिन्छ । यो हेर्दा योग्यतम् विद्यार्थीले पहिलो अवसर पाउने सिद्धान्तबाट भर्ना प्रक्रिया चल्दोरहेछ । तर पढ्न इच्छुकले कुनै न कुनै विषयमा पढ्ने मौका भने पाउनेरहेछन् ।

    रवि- विश्व विद्यालयमा अध्ययन गरिरहेका विद्यार्थीहरुले अध्ययन नगरीकन बीचमा नै पढाइ छोड्नेहरुको बारेमा केही जानकारी पाउनुभयो कि ?

    ध्रुव- रविजी कुनै पनि विद्यार्थीले बीचमा नै पढाइ छोड्नुको मतलब उसले भविष्यको रोगजार पनि गुमाउनु हो । एकातिर विद्यार्थीले आफ्नो रोजगारी त गुमाउछ भने अर्कोतिर मुलुकको योजनावद्ध विकासको मार्गमा पनि त्यसले अवरोध पुर्याउछ अर्थात प्रभाव पार्छ । त्यसैले बीचमा पढाइ छोड्नेहरु निकै कम हुने रहेछन् । अझ भन्ने हो भने नगन्य नै हुने रहेछन् । असाध्यै बिरामी परेमा वा कावुबाहिरको परिस्थितिमा बाहेक कसैले पनि बीचमा पढाइ छोड्दैनन । त्यसैले पनि तिब्बतमा शिक्षित बेरोजगार कत्ति पनि रहेनछ । तिब्बतमा शिक्षित बेरोजगार नभएको देख्ता नेपाललगायतका विश्वका मुलुकले पनि तिब्बतको शिक्षा र विद्यार्थी भर्ना प्रक्रियाबाट केही सिक्न सक्छन् भन्ने मलाई लाग्छ ।

    रवि- तपाईंले तिब्बतमा उच्चशिक्षा अध्ययन गरेका विद्यार्थीहरु सबैले रोजगारी पाएका छन् भन्नुभयो । उनीहरुको खपत कहाँ र कसरी भएको रहेछ त ?

    ध्रुव- रविजी अहिलेसम्म तिब्बतका शैक्षिक प्रतिष्ठानबाट उत्पादित स्वदेशी विद्यार्थीहरु घरेलु बजारमा नै खपत हुनेगरेका छन् । उनीहरु घरेलु बजारमा खपत हुनु र वेरोजारी समस्या नहुनुमा एउटा मुख्य कारण तिब्बतको विकास योजनासँग विश्वविद्यालयको जनशक्ति उत्पादन गर्ने काम राम्रोसँग समन्वय गरिएको मैले पाएँ । चीन सरकार योजनाबद्ध विकासमा विश्वास गर्ने हुनाले तिब्बतमा पनि आगामी पाँच वर्षमा प्रत्येक वर्षका लागि कुन योग्यताको कति जनशक्ति चाहिन्छ भनेर रोजगारदाता र स्थानीय सरकारले विश्वविद्यालयलाई अग्रिम जानकारी दिने रहेछन् । त्यसैको आधारमा विश्वविद्यालयले अध्यापन गराउने विद्यार्थीको सिट संख्या र भर्ना प्रकिया निर्धारण गर्ने रहेछ । यस्तो सम्बन्धित सबै पक्षको समन्वय भएपछि सबै शिक्षित बेरोजगारले तुरुन्तै जागिर पाउछन् र कुनै समस्या पनि आउँदैन ।

    रवि- श्रोताहरु, आजको पैचिङ्ग डायरीमा तिब्बतमा शिक्षित बेरोजगार नभएको र त्यहाँको शैक्षिक क्षेत्रसँग सम्बन्धित विषयहरुलाई समेट्ने प्रयास गरेका छौं । ध्रुवजी, तिब्बतका शिक्षण संस्थाहरुमा तिब्बती विद्यार्थी, कर्मचारी र प्राध्यापकहरुको अनुपात कति पाउनुभयो तपाईंले ?

    ध्रुव- रविजी तपाईंले महत्त्वपूर्ण कुरा उठाउनुभयो । वास्तवमा तिब्बतमा सर्वसाधारणदेखि विज्ञहरुसँगको भेटमा के जानकारी पाइन्छ भने तिब्बतको विश्वविद्यालयमा विद्यार्थी, शिक्षक, प्राध्यापक र कर्माचारीहरुमा तिब्बतीहरुको अनुपात करिब 70 प्रतिशत रहेको छ । उनीहरुले यो कुरालाई जोड नै दिएर भन्ने गरेको पाइन्छ । किनभने मैले केही पश्चिमी जगतका संचारमाध्यमहरुमा तिब्बतको बारेमा भ्रमक समाचार र लेखहरु थुप्रै पढेको र सुनेको छु । तिब्बतमा त्यहाँका धरतीपुत्र अल्पसंख्यक भैसके, अन्यत्रबाट हान जातिका मानिसहरुलाई बसाइसराइ गराइएकोले तिब्बतीहरुको अवसर खोसियो भन्ने जस्ता अफवाहहरु फैलाउने गरेको पाइन्छ । त्यति मात्र होइन, तिब्बतीहरुको पनि सुनियोजित ढंगले जातीय एवम् सांस्कृतिक विलोप गराइदैँछ भन्ने आरोप पनि खप्नुपरेको देखिन्छ । त्यस्ता अनर्गल प्रचारका खोक्रोपनालाई उदाङ्गो पार्न पनि तपाईंले सोध्नुभएको कुरालाई उनीहरुले जोड नै दिएर सबै ठाउँमा तिब्बतीहरुको बाहुल्यता रहेको कुरालाई उल्लेख गरेको पाइन्छ ।

    रवि- तिब्बतमा विश्वविद्यालय संचालनमा विद्यार्थीहरुको सहयोग लिने पनि गरिएको पाउनुभयो कि तपाईंले ?

    ध्रुव- रविजी, विश्वविद्यालय संचालनका लागि विद्यार्थीहरुको सहयोग अपरिहार्य हुन्छ । तर नेपालमा चाहिँ त्रिभुवन विश्वविद्यालयका क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियन गठन गरिएको छ । यसको चुनावमा राजनीतिले प्रत्यक्ष प्रभाव पार्छ वा त्यसलाई राजनीतिको एउटा मापकको रुपमा पनि लिने गरिएको छ । तर तिब्बतमा नेपालको भन्दा अलि फरक छ । विद्यार्थीहरुमध्ये शैक्षिक उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरुले नै विद्यार्थीहरुको संस्थागत ढंगले नेतृत्व गर्दा रहेछन् र विश्वविद्यालयको नीति निर्माणतहमा प्रतिनिधित्व गर्ने रहेछन् । त्यस्तै खेलकुदमा उत्कृष्टता हासिल गर्नेले खेल व्यवस्थापन र प्रतियोगिताहरुको संचालन गर्ने जिम्मा पाउने रहेछन् । त्यसैले विश्वविद्यालयले विद्यार्थीहरुबाट पूरा सहयोग र विश्वविद्यालयबाट पनि विद्यार्थीहरुले पूरा सहयोग पाउने गरेको त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. कृष्ण पोखरेलको मुखबाट पनि मैले सुनेको छु ।

    रविजी, यसैक्रममा म के थप्न चाहन्छु भने विश्वविद्यायमा ठूल्ठूला खेलमैदान, जीमखाना, अडिटेरियम, सुपर मार्केट, संचार आदिको प्रवन्ध मिलाइएकोबाट विश्वविद्यालयले अतिरिक्त क्रियाकलापलाई पढाइसँगसँगै अगाडि बढाएको देखिन्छ तिब्बतमा ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040