
लाउ मुको कष्ठकला वस्तुको जीवनप्रति आफ्नै बुझाइ तथा आशाबादी भावना पाउन सकिन्छ। ती वस्तुहरुको रसास्वादन गर्दा कलाप्रति उनको ध्यान तथा प्रेमको अनुभव गर्न सकिन्छ। यो तुङ पा वर्कशप आकर्षित भएको कारण हो। हरेक दिन थुप्रै पर्यटकहरु यस सानो पसल आएर दुइ/तीन घण्टासम्म बस्ने गरेको पाइन्छ। पर्यटकहरु जानुअघि आफूलाई मन पर्ने केही कष्ठकला वस्तुलाई स्मृतिचिन्ह स्वरुप लिएर जान्छन। च च्याङ प्रान्तीय च्याङ सु शहरबाट आएका वाङ वै छ्याङले एकै दिनमा तीन पटक गरी लाउ मुको पसल आएर मन छुने कृतिहरु हेरेका छन। ती कृतिहरुप्रति आफ्नो माया व्यक्त गर्दै उनले भनेः

"यस्तो भावना कमै पाइन्छ। मेरो मनलाई छोयो। आफ्नो सिर्जनाले आफ्नो मनको कुरालाई देखाउने चीज बनाउने कलाकार त्यति धेरै छैन। आजकाल धेरै मान्छे धनी छन् तर उनीहरुले धेरै मूल्यवान चीजलाई गुमाएका छन्। यस पसलमा ती गुमाएका चीजलाई भेट्न सकिन्छ। लाउ मु तथा उनकी श्रीमतीको पसलमा ती गुमाएका चीज पाइदो रहेछ। ली च्याङ यात्राले ममाथि गहिरो छाप पार्यो। लाउ मु तथा उनकी श्रीमतीलाई शुभकामना दिन्छु। अर्को पटक ली च्याङ आउँदा उनीहरुलाई भेट्न पाउने मेरो आशा छ।"
सन् 2007मा लाउ मु जोडाको एउटी छोरी छ्यान छ्यानको जन्म भयो। आफ्नो वर्तमान जीवनबारे चर्चा गर्दै लाउ मुले चित बुझाउदै भनेः
" के-कस्तो खालको कलाकार बन्ने, कति धेरै पैसा कमाउनुपर्ने भन्ने कुराको सोच विचार गर्नुपर्दैन। मेरो जीवन राम्रो भयो। परिपूर्ण भयो। म यस्तै जीवन बिताउँदै जाने छु। बालक हुँदा मेरो सपना एउटा कलाकार बन्ने थियो अनि आजआएर कष्ठकलाकार बने।जीवन उपलब्धिमूलक भएको भन्न सकिन्छ। भविष्यमा एउटा संग्रहालय खोलेर मेरा कृतिहरुलाई त्यही संग्रहालयमा राख्ने आशा गरेको छु। यो मेरो सम्पूर्ण जीवनको सपना हो।"

आफ्नो मन वमोजिम कलासिर्जना गर्ने नामी कलाकार आजकाल कम पाइन्छ। लाउ मुले आफू ती कम कलाकारमध्येको एक बन्ने आशा गरेको वताए। ठूल्ठूला कष्ठकला वस्तु कुँद्नुका साथै लाउ मु तथा उनकी श्रीमतीले स-साना कृतिहरुको पनि डिजाइन गर्ने गर्दछन्। तुङ पा वर्कशपले पानीको प्रवाह जस्तै फरक-फरक दृश्य देखाउँछ भन्ने अपेक्षा उनीहरुले गरेका छन। नासी जातिको पुरानो संस्कृति—तुङ पा संस्कृतिको स्विकृति र संरक्षणको लागी अन्य मानिसहरुबाट सहयोग पाउने इच्छा लाउ मुले व्यक्त गरेका छन।
|