china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    तिब्बतको थाङ्का चित्रका उत्तराधिकारी दाम्पा राब्टेनका बारेमा जानकारी 1
    (GMT+08:00) 2009-09-18 16:51:05    

                थाङ्का चीनको तिब्बती संस्कृतिमा चित्रकलाको एक विशेष शैली हो। चित्रकारले हातको सीपद्बारा कपडा, रेशम र कागजमा रंगीन चित्र कोर्छन्। ती रचनाहरु हजार वर्षपछि पनि ताजै भएर नयाँ जस्तो देखिन्छ। थाङ्काको विषयवस्तु विभिन्न किसिमका छन्, जसलाई तिब्बती इतिहासको जिउँदो अवशेषबाट कहलाइएको छ। पुस्तौं पुस्तादेखि हस्तान्तरण गर्दै आएर अहिले चीनको तिब्बत स्वायत्त प्रदेशमा थाङ्का कलाका धेरे चित्रकारहरु छन्। यस वर्ष सत्सठी वर्षे उमेरमा रहनुभएका तिब्बत विश्वविद्यालयका प्रोफेसर दाम्पा राब्टेन तीमध्येका एकजना हुनुहुन्छ।

               दाम्पा राब्टेनका हजुरबा छिरिङ च्याऊ तेह्रौँ दलाईलामाका निजी चित्रकार हुनुहुन्थ्यो। उहाँका बुबा एकजना प्रख्यात कलात्मक चित्रका डिजाइनर हुनुहुथ्यो। पारिवारिक प्रभावले गर्दा प्रोफेसर दाम्पा राब्टेनले सानैदेखि चित्र कोर्नमा विशेष चासो राख्नुभयो। एघार वर्षको सानो उमेरमा उहाँले तिब्बती परम्परागत चित्र कोर्ने सम्पूर्ण सीप र रंग मिलाउने प्रविधि जानिसके साथै आफ्नो औंलाको सानो नङमा मानिस, पशु, चरा, रुख, पर्वत र पानी जस्ता जटिल चित्र कोर्न दक्षता देखाए।

                पन्ध्र वर्षमा उहाँका बुबाले उहाँलाई सेरा गुम्बामा पठाउनुभयो। त्यहाँ उहाँले क्रमबद्ध रुपमा तिब्बती भाषा, बौद्ध धर्मको सिद्धान्त र चित्र कोर्नेसम्बन्धी सिद्धान्त सिकिसक्नुभयो। उहाँका बुबाले आफ्नो छोरो पछि एकजना महाभिक्षु बनोस् भन्ने इच्छा लिनुभयो। तर तीन वर्षपछि छोरो भिक्षु नबनेर गुम्बाबाट निस्कनुभयो। गुम्बामा पढेको अनुभवले श्री दाम्पा राब्टेको पछि चित्र कोर्ने सीपका लागि गहिरो आधार तयार पारेको छ। उहाँले भन्नुभयो-

              "मेरो विशेष जीवनीले मेरो जीवनले चित्रकारी कार्यका लागि असीम महत्वपूर्ण भूमिका निर्वाह गरेको छ। मैले गुम्बामा क्रमबद्ध रुपमा तिब्बती थाङ्काको इतिहास, जात र कोराई सीप बारे सिकेको मात्र नभइ अझ ती सिद्धान्तबाट चित्र कोर्ने क्रममा पनि मैले शिक्षा पनि पाएको छु।

                थाङ्का कोर्ने सीपको क्रमबद्धताबारे कुरा उठाउँदा प्रोफेसर दाम्पा राब्टेनले निकै भाव विभोर भएर भन्नुभयो- तिब्बतको इतिहासमा धेरै महान थाङ्का गुरु थिए। तर केही थाङ्का गुरुका सिद्धान्त बारे जानिफकार छन् तर चित्र कोर्न भने असमर्थ छन्। त्यसैले एकजना वरिष्ठ थाङ्का गुरु पाउन अति गाह्रो छ।

               "जस्तै भनौं गुरुले शिक्षार्थीलाई सिकाउँदा चित्र कोर्ने सीप मात्र सिकाउनुभयो तर सैद्धान्तिक ज्ञान भने सिकाउनु भएन। यस्तो कुराले थाङ्काको विकासमा अवरोध आयो। पुरानो तिब्बती काश्या सरकारताका चित्र गुरुको आफ्नै संगठन थियो। सो संगठनमा दुईजनाजति चित्रकारहरु थिए। तर थाङ्का गुरुको संख्या एक सयभन्दा पनि कम थियो"।

                1959 मा तिब्बतमा प्रजातान्त्रिक सुधार आएपछि चीन सरकारले अल्पसंख्यक जातीय सांस्कृतिक अवशेष सम्पदाको संरक्षण र विकास गर्नतर्फ उच्च महत्व दिंदै आएको छ। सन् 1985 मा तिब्बत विश्वविद्यालयको स्थापना भयो। त्यसको कला विभागले तिब्बती चित्रकला कक्षा राखेपछि दाम्पा राब्टेनलाई परम्परागत चित्र कला सिकाउन निम्त्यायो। उहाँले औपचारिक रुपमा तिब्बतको परम्परागत थाङ्का कोर्ने सीप विश्वविद्यालयको कक्षामा लगिदिनुभयो।

    क्रमशः

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040