
यी उ शहर चीनको च च्यांग प्रान्तको पूर्व भागमा पर्दछ । बीस वर्षभन्दा बढी समयसम्मको विकासबाट हाल यी उ सामान्य जिल्लादेखि राष्ट्रभरमा सबैभन्दा ठूलो ससाना र चान्चुने मालसामानको निर्यात अखडा र विश्वव्यापी क्षेत्रमा सबैभन्दा ससाना र चान्चुने मालसामानको थोक बजार बनेको छ । पहिला पहिला यी उमा मुस्लिमहरु थिएन । तर ससाना मालसामान बजारको निर्माण र विकास हुँदा हुँदै गत शताव्दीको सुरुमा खुला र उदार नीतिले यी उले थुप्रै चिनियां र विदेशी मुस्लिम व्यापारीहरुलाई व्यापार गर्न यहां आउन आकर्षण गरेको छ । यहां तिनीहरु जताततै व्यस्त भएको अवस्था देख्न सकिन्छ । यसका साथै त्यहाँ मस्जिदको निर्माण पनि भइसकेको छ। अब मैले तपाईहरुलाई यी उमा अवस्थित मुस्लिमको बृहत्त मस्जिदबारे केही जानकारी दिनेछु ।
चीनको खुलापन र सुधार नीति लागू भएको थाल्नीताका यी उ शहरमा न मस्जिद थियो न मुस्लिमहरुको धार्मिक कार्यक्रम गर्ने थलो नत इस्लामिक भोजनालय नै थिए । यी उ मस्जिदका धार्मिक गुरु , मौला मा छुंग चंगले त्यस बेलाको यी उको सिंहावलोकन गर्दै बीस वर्षभन्दा बढी समयअघिको यी उका लागि इस्लामिक धर्म अपरिचित रहेको कुरा बताउनुहुन्छ।
तत्स्थानका धार्मिक विभागहरुलाई पनि इस्लामिक धर्मबारे थोरै मात्र ज्ञान थियो । यसैले बारम्बार प्रवेश भएका चिनियां वा विदेशी मुस्लिम व्यापारीहरुका सन्मुख तत्स्थानको सरकारले यस शहरको झन् राम्रो रुपमा व्यवस्थापन गर्नका लागि आफूलाई सहयोग गर्न विशेषज्ञलाई बोलाउने आशा गरेको थियो ।
पाकिस्तान अपेक्षाकृत रुपमा बढी मुस्लिमहरु भएको मुलुक हो। यहाँ आउने पनि बढी भन्दा बढी पाकिस्तानीहरु नै थिए। पहिले पहिले यहाँ आउँदा उहांहरु सधैंजसो होंग लौ होटेलमा बस्ने गर्नुहुन्थ्यो । तर उहांहरुले प्रार्थना गर्ने ठाउँ भने थिएन । पछि उहांहरुले प्रार्थना गर्नका लागि होटेलमा भाडामा यौटा सानो कोठा लिनुभयो । त्यसबेला धेरै मानिसहरुले हामीहरुलाई होंग लौ होटेलमा धेरै विदेशीहरु भेला भएका कुरा सुनाएका थिए तर ती विदेशीहरु के के कार्य गर्थे भन्ने कुरा भने हामीलाई थाहा थिएन । त्यसपछि स्थानीय सरकारले इस्लामिक धर्म संघसित सम्पर्क राखेको थियो । किनकि यी उ शहरमा आउने विदेशी व्यापारीहरु बढीभन्दा बढी हुँदै आएका छन् । विभिन्न अरबेली मुलुकहरुका मुस्लिमहरुको धार्मिक जीवनको आवश्यकता पूरा गर्नका लागि यौटा अपेक्षाकृत ठूलो मस्जिदको निर्माण गर्न स्थानीय सरकारले तयार गरेको थियो ।

सन् दुइ हजार सालभन्दा अघि यी उ शहरमा बाहिरबाट आएका मुस्लिमहरुको कूल संख्या दुइ सयभन्दा अलि बढी थियो । त्यसबेला उहांहरु आफूले बनाएका दुइटा प्रार्थना गर्ने अस्थायी थलो थिए । यौटा थलो पिंग वांग रौडको जातिय होटेलमा थियो र अर्को यौटा त छौ चौ रौडको होंग लौ होटेलमा थियो । तर त्यसपछिका केही वर्षभित्र यी उ शहरमा आएका मुस्लिमहरुको संख्या द्रुत गतिले बढेको देखियो। उक्त प्रार्थना गर्ने अस्थायी थलोले उहांहरुको खांचोलाई टार्न सकेन ।
यही साल तीस वर्ष नाघेका पाकिस्तानी युवा खद इव्लाहिम मिनावीले यी उ शहरमा आफ्नो यौटा वैदेशिक व्यापारी कम्पनी खोल्नुभयो । एकदमै राम्रो चिनियां भाषा बोल्न सक्ने खदले सन् दुइ हजार एक सालमा आफू यी उ शहरमा व्यापार कम्पनी खोलेको बेला आफ्नो अवस्थाबारे चर्चा गर्दा यी उ शहरमा आएको बेलामा दैनिक जीवनका लागि धेरै असुविधा रहेको थियो भन्ने कुरा बताउनुभयो। उहांका अनुसार खाना खान र प्रार्थना गर्न धेरै असुविधा थियो। तीमध्ये प्रार्थना गर्ने थलोको असुविधाले आफूलाई धेरै दुख दिएको थियो । किनकि इस्लामिक धर्मको सिद्धान्त र नियमका अनुसार प्रत्येक वयस्क पुरुष वा महिला मुस्लिमले प्रत्येकदिन प्रार्थना गर्नै पर्छ। यो नै मुस्लिमहरुका पांचवटा आधारमूत विश्वासमध्यको एक हो । सुरु सुरुमा अरबेली खाना थिएन , खाना खान सकिने रेष्टुरां यौटा दुइटा मात्र थिए र प्रार्थना गर्ने स्थान पनि थिएन आदि आदि कुरा उहांले भन्नुभयो।
चीनले सुधार र खुलापन नीति लागू गरेको यौटा झ्यालको रुपमा रहेको यी उ शहरले पछिल्ला बीस वर्षभन्दा बढी समयको विकासका क्रममा आर्थिक र व्यापारिक क्षेत्रमा सुधार र खुलापनको भावनाको प्रदर्शन गरेको मात्र होइन यस्तो भावनालाई स्थानीय मानवीय क्षेत्रमा पनि फैलाएको छ । त्यसले चिनियां मुस्लिमहरु र विदेशी मुस्लिमहरुलाई , र चिनियां संस्कृति र विदेशी संस्कृतिलाई यस शहरमा मेलमिलापका साथ सह-अस्तित्वमा ल्याएको छ ।
सन् दुइ हजार चार सालमा धेरै पक्षको साझा प्रयासमा यी उ शहरको सरकार र निजी व्यक्तिले लगानी लगाएर यी उ शहरमा इस्लामिक धर्म कार्यक्रम गर्ने पहिलो थलो –यी उ बृहत्त मस्जिदको निर्माण गरेको थियो । त्यसले तेह्र हजार वर्गमिटरको भूमि ओगटेको छ ।

पोशाक व्यापार गर्ने अफगानिस्तानका व्यापारी जार्जन खां जादा सन् दुइ हजार तीन सालमा चीन आउनुभएको थियो । वितेका पांच वर्षमा उहां धेरै पटक यी उ शहर र अफगानिस्तान बीच आवतजावत गर्नुभएको थियो । उहांले भन्नुभयोः
यो मस्जिद निकै राम्रो छ । यी उ शहरमा मुस्लिमहरु धेरैछन् भन्न त सकिन्दैन तर मुस्लिमका रुपमा रहेको म निकै खुशी छु । किनकि चीन सरकारले हामीहरुका लागि यति राम्रो धार्मिक थलो बनाएको छ । यी उ शहरमा रहेका विभिन्न मुलुकका व्यापारीहरु यहां भेला भएर प्रार्थना गर्दछन् ।यसैले हामीहरुले चीन सरकारलाई कृतज्ञता ज्ञापन गर्छौं । यो अफगानिस्तानका व्यापारीहरुका लागि मात्र होइन विश्वका सबै मुलुकका मुस्लिम व्यापारीहरुका लागि पनि राम्रो कुरा हो ।
|