
उक्त सम्मेलनलाई सम्बोधन गर्दै श्री छन् द मिङले चीनले व्यापारिक संरक्षणवादको विरोध गर्ने बताउनुभयो र भन्नुभयो:
"इतिहासले अन्तर्राष्ट्रिय लगानी व्यापारको स्वतन्त्रता र स्वस्थ्य विकास विश्व आर्थिक वृद्धिको पुनरुत्थान प्रबर्द्धनको महत्वपूर्ण शक्ति हो भन्ने प्रमाणित गरेको छ। हाल अन्तर्राष्ट्रिय बैकिङ संकटले विश्वमा नै गम्भीर कठिनाई परेको छ। सहयोगलाई बढाउनु, कठिनाईको संयुक्त रुपमा सामना गर्नु र अन्तर्राष्ट्रिय आर्थिक वृद्धि तथा व्यापारको सम्पर्क कायम राख्नु विभिन्न मुलुकको हितसित अनुकूल भएको छ।

सन् 2008मा हामीले विश्वका विभिन्न क्षेत्रबाट कुल रकम 11 खर्ब 30 अर्ब अमेरिकी डलरको मालसामान निर्यात र व्यापारिक साझेदारीको आर्थिक विकासलाई सुदृण गरेका थियौं। चालू वर्ष हामीले निर्यातलाई निरन्तर विस्तार गर्ने, उद्योग-व्यवसायको खरीद प्रतिनिधीलाई विदेशमा मालसामान र प्रविधि खरीद गर्न पठाउने गरेका छौं। स्वदेशी आर्थिक वृद्धिका सामु देखिने गम्भीर चुनौतीको चीनले व्यापारमा संरक्षणवादको विरोध गर्ने र खुलापन कायम राख्ने अडानलाई व्यवहारिक कदममार्फत प्रमाणित गर्ने छ।"
चालू वर्षको फेब्ररी महिना श्री छन् द मिङले दुई जना व्यापारी सहीत खरीद मण्डलको नेतृत्व गर्दै जर्मनी, स्वीजर्ल्याण्ड, स्पेन र बेलायतमा व्यापारिक अनुसन्धान, कारोवारसम्बन्धी बिषयमा छलफल गर्नुभयो।
विश्व बैंकले आफ्नो प्रतिवेदनमा लेखे जस्तै विश्वमा आर्थिक वृद्धिदर घट्ने पृष्ठभूमिमा पनि चीन एक उज्वल-बिन्दु भएको छ। नेपेलको अर्थशास्त्र पुरस्कारका विजेता एवम् अमेरिकाको कोलम्बिया विश्वविद्यालयका प्राध्यापक जोफेभ स्टीगलिजले बोल्दै अरु मुलुकहरुले चीनको अनुभववाट सिक्नसक्ने बताउनुभयो।

"विश्वमा आर्थिक वृद्धिदर पुनरुत्थान गर्न चीनले महत्वपूर्ण भूमिका निर्वाह गर्न र अरु विकासुन्मुख मुलुकलाई मद्दत गर्न सक्ने छ।"
"चीनको विकाससम्बन्धी उच्च स्तरीय मञ्च,2009"को वार्षिक सम्मेलनमा सहभागी अर्थशास्त्रीहरुले बैकिङ संकटको सामना गर्न चीनले चालेका विभिन्न कदमहरु उचित भएको खण्डमा चीन सबैभन्दा पहिले बैकिङ संकटबाट मुक्त हुने मुलुक बन्ने सम्वभाना छ।
|