
विश्वव्यापी प्रसिद्ध चीनको ग्रेटवल अर्थात विशाल पर्खाल विश्वमा सबभन्दा लामो प्राचीन सैनिक प्रबन्ध हो। तर ग्रेटवल कति लामो छ? यसको थ्याकै उत्तर तपाईंलाई थाहा छ?
ग्रेटवलको निर्माण सातौं/आठौं शताब्दीदेखि शुरु भएको हो र त्यसपछिका दुइ हजार वर्षसम्म त्यसको निरन्तरता भएको थियो। चीनको इतिहासका विभिन्न राजवँशकालमा ग्रेटवलको निर्माण गरिएको थियो। र विभिन्न कालमा निर्मित ग्रेटवल चीनका धेरै प्रान्त, स्वायत्त प्रदेश तथा शहरमा पर्दछ। चीनको इतिहासमा सबभन्दा ठूलो परिधिको र सबभन्दा बलियो ग्रेटवल चौथौं शताब्दीदेखि सोह्रौं शताब्दीसम्मको मिङ राजवंशमा निर्माण गरिएको ग्रेटवल हो र त्यसलाई मिङ ग्रेटवल मानिन्छ। केही समयअघि चीन राष्ट्रिय पुरातात्विक वस्तु व्यूरो तथा राष्ट्रिय नाप्ने व्यूरोले संयुक्त रुपमा मिङ ग्रेटवलको कूल लम्बाइ सार्वजनिक गरे। मिङ ग्रेटवलको कूल लम्बाइ आठ हजार आठ सय एकाउन्न दशमलब आठ किलोमिटर रहेछ। यो चीनले मिङ ग्रेटवलको लम्बाइलाई सार्वजनिक गरेको पहिलो पटक हो। वास्तवमा मिङ ग्रेटवलको लम्बाइ नाप्नु चलिरहेको ग्रेटवल संरक्षण परियोजनाको एक भाग हो।

ग्रेटवलको लम्बाइको ठोस तथ्याङ्क यस परियोजनाअघि थिएन। चिनियाँहरमाझ दश हजार ली ग्रेटवल भनिन्छ। यहाँको ली भनेको चिनियाँ नाप्ने यूनेट हो र दश हजार ली पाँच हजार किलोमिटर बराबर छ। चीन ग्रेटवल अध्ययन विशेषज्ञ एवम् ग्रेटवल संघका मानार्थ अध्यक्ष लो च वनले ग्रेटवललाई यसरी वर्ण गर्नुहुन्छः
"दुइ हजार वर्षसम्म निर्माण गर्दै गरेको भवन संसारमै अद्बितिय छ। प्राप्त पुरानो सामग्री तथा गरिएको अध्ययन वमोजिम, ग्रेटवलको कूल लम्बाइ पचास हजार किलोमिटरभन्दा बढी छ। यसको अर्थ भनेको दुइ हजार वर्षमा दशौं हजार किलोमिटर लामो बनाइयो। संसारमा पाउँदैपाउँदैन। यसका साथै ग्रेटवलको यथेष्ठ अर्थ पनि छ। ग्रेटवल चीनमा भएको सामन्ती समाजलाई वर्ण गरिएको इतिहास भन्न सकिन्छ र चीनमा भएको सामन्ती समाजमा भएको परिवर्तनलाई रेकर्ड गरिएको छ। यस दृष्टिकोणबाट हेर्दा ग्रेटवल चीनका विभिन्न जातिका मानिसहरुको श्रमको नतिजा हो।"

दुइ हजार वर्षमा निरन्तर निर्माण गरिएको ग्रेटवल रहँदै आएकोले चिनियाँ राष्ट्रको मना यो सजिलो अर्थ भएको प्राचीन निर्माण वस्तु होइन वरु जातिय भावनाको प्रतीक हो। चीनमा एउटा भनाइ छ कि ग्रेटवल नपुन्जेलसम्म यथार्य पुरुष भन्न सकिन्दैन। ग्रेटवल चिनियाँहरु परिश्रम, साहसीको श्रोत मानिन्छ। यसै कारणले कतिपय चिनियाँहरुले ग्रेटवलको संरक्षण कार्यमा ध्यान तथा मन पुर्याएका छन। पचासी वर्षिय लो च वन गत शताब्दीको पचासौं दशकको शुरुमा ग्रेटवलको जाँचबुझ तथा संरक्षण कार्यमा लाग्दै आउनुभएको हो। त्यति बेला भरखरै स्थापित भएको जनगणतन्त्र चीनले ग्रेटवलको विविध संरक्षण कदम चाल्न थाल्यो।
क्रमशः
|