
कक्रक्क परेको हिउँद ऋतुमा बल खेल्ने र दौड्ने जस्ता परम्परागत खेल बाहेक हिउँदकालीन पौडी, बरफ स्केटिंग र हिउँ स्केटींग अब क्रमशः स्वास्थ्यलाभका लागि पैचिंगबासीहरुलाई मन पर्ने नयाँ साथी बनेका छन। आजको खेलकूद कार्यक्रममा म तपाईंहरुलाई यस विषय बारे केही चर्चा गर्नेछु।
हिउँदकालको कमजोर घामले प्रभाव पार्न नसकेर भिजेको खुन यू नदीको किनारामा चिसो हावा बगीरहेको छ, त्यहाँको तापक्रम पाँच डिग्री सेल्सियसभन्दा कम छ। पौडी प्रेमीहरुका लागि अति जाडो मौसम भएतापनि हिउँदकालीन पौडी मन पर्ने मानिसहरुको उत्साहलाई दवाउन सक्दैन। उनीहरुले पौडी पोशाक लगाएर किनारमा केही वेर यसो हात खुट्टा तन्काएर पानीमा हाम फाल्नुभन्दा अगाडिको तयारी कार्य गरिरहेका हुन्छन। अनि त्यसपछि उनीहरु चिसो पानीमा झ्वाम्म हाम फालेर एकाएक माछा झैं पानीमा खेलीरहेका हुन्छन।

ती बीसजना हिउँदकालीन पौडीप्रेमीहरु पैचिंगको लो ताउ च्वाँग नामक हिउँदकालीन पौडी दलबाट आएका हुन। हिउँद याम लागेदेखि यता हूरि चले पनि तापक्रम झरे पनि उनीहरु हरेक दिन बिहान यहाँ आएर पौडी खेल्न गर्दछन। उनीहरुमध्ये प्रायजसो रोजगारबाट अवकाश लिइसकेका बूढाबूढीहरु हुन तर हृष्ठपुष्ठ जवानहरुको संख्या पनि कम छैन। बूढो छन च्या ताउको उमेर नब्बे वर्षको भइसक्यो। उहाँले आफू यस्तो हिउँदकालीन पौडी खेल्दै आएको करीब तीस वर्ष भइसकेको, हिउँदकालीन पौडी आफ्नो जीवनको एक नभइ नहुने विषय बनिसकेको र यसले गर्दा आफ्नो स्वास्थ्य झन झन बलियो हुँदै आएको कुरा बताउनुहुन्छ। यस विषयमा कुरा गर्दा उहाँ भन्नुहुन्छ-
"हिउँदकालीन पौडीबाट स्वर्गीय आनन्द लिनुका साथै तीक्तता पनि खप्नुपर्छ। वास्तवमा चिसो पानीमा पस्दा चिसो त भईहाल्छ नि। मानिसलाई गाह्रो लाग्नु स्वाभाविकै हो। तर दीर्घकालका लागि हेर्ने हो भने हिउँदकालीन पौडीबाट मानिसको शारिरिक क्षमतालाई बढाउन फाइदा पुग्छ"।

पैचिंग हिउँदकालीन पौडी संघका अध्यक्ष ली लिनका अनुसार हिउँदकालीन पौडीका क्रममा मानिसको जीउडाललाई चीसो पानीले उत्तेजित पारेपछि पूरा शरीरको रक्त संचार छिटो हुनेछ र शारिरिक विकारहरु फाल्ने र नयाँ चीज भित्र्याउने प्रक्रिया पनि बढ्नेछ। त्यसैले हिउँदकालीन पौडीमा लाग्नेहरुलाई रक्त नली बाक्लो हुने, उच्च रक्त चाप जस्ता मुटु र मगजको रगत सम्बन्धी रोग लाग्दैन। यसका साथै हिउँदकालीन पौडीबाट स्वास्थ्यलाई बलियो पार्न, शरीरको प्रतिरोधी क्षमता र मोचन शक्तिलाई बढाउन साथै बृद्ध हुने क्रमलाई मन्द तुल्याउननका लागि धेरै फाइदा छ। अहिले झन् झन् बढी मानिसहरुले हिउँदकालीन पौडीको फाइदा बारे सुझबुझ गरिसकेका छन र यस खेलमा लाग्ने मानिसहरुको संख्या झन् झन् बढी हुँदै आएको छ। अहिले पैचिंगमा तेतीसवटा हिउँदकालीन पौडी दलहरु छन र करीब दश हजारभन्दा बढी हिउँदकालीन पौडीप्रेमी छन।
|