 तिब्बत बाहिरका लागि झन झन खुला भएको र मानिसहरुले आत्मिक सांस्कृतिक चाहना निरन्तर माथि उकासिएको साथसाथै थाङ्का सबैभन्दा बढी बिक्री भएका जातीय कलात्मक वस्तुहरुमध्येको एक बनेको छ। झन झन बढी युवायुवतीहरु पनि यस जातीय संस्कृतिलाई हस्तान्तरण गर्ने पँक्तिमा सहभागी भएका छन्। विशेष गरी थाङ्काको व्यापार गर्ने पेन्बा चाहिं प्रोफेसर दाम्पा राब्टेनका लागि सबैभन्दा चित्तबुझ्दा शिक्षार्थी हुन्। सन 1995 विश्वविद्यालयबा स्नातक भएका पेन्बाले थाङ्काको लुकेको आशावादी बजार देखेर एउटा थाङ्काकला पसल खोलेका थिए। व्यापार गर्नुका साथसाथै आफूले पनि शिक्षार्थीलाई थाङ्का कला सिकाउनुहुन्छ। अहिले उहाँको व्यापार धुमधामसँग चलिरहेको छ। उहाँ भन्नुहुन्छ-
"मेरो यो पसल खोलेको तेह्र वर्ष भइसक्यो। व्यापार धेरै राम्रो छ। अधिकाँश थाङ्का ग्राहकले अघि नै अर्डर गरेर बनाइएको हो। सामान्यतया यसको खुद्रा बिक्री गरिँदैन। अहिले मैले कोरिरहेको यो थाङ्का चाहिं तिब्बत घुम्न आएका भित्री प्रदेशका यात्रुले विशेष अर्डर गरेअनुसार बनाएको हो। बीस दिनभित्र यसलाई सिद्ध्याइन्छ र यसको दाम तीन हजार चिनियाँ युआन लाग्छ। अहिले मैले चारजना शिक्षार्थीलाई लिएको छु। तीमध्ये एकजना पास भएर निस्किसकेका छन्"।

सन 2006 मा थाङ्कालाई पहिलो खेपको राष्ट्रिय स्तरीय गैरभौतिक सांस्कृतिक सम्पदाको सूचिमा उतारिएको थियो। प्रोफेसर दाम्पा राब्टेन लगायतका महा गुरुहरुलाई राष्ट्रियस्तरीय उत्तराधिकारी ठहर्याइएको छ। यसका साथै कच्चा पदार्थको रुपमा रहेको खनिज पदार्थ र वनस्पतिको प्रयोग गरी चित्र कोर्ने परम्परागत सामग्री बनाउनका लागि त्यसै साल तिब्बत विश्वविद्यालयले सम्बन्धित विभागको सशक्त समर्थनमा वैज्ञानिक अनुसन्धान कार्यालयको स्थापना गर्यो। तिनीहरुले सम्बन्धित व्यक्तिहरुसित सिक्न र त्यस्तो कच्चापदार्थ बनाउने काइदा पत्ता लगाउन धेरै मेहनत गरे र आखिरमा सफलता पनि पाए। तिब्बव विश्वविद्यालयको कला विभागका प्रोफेसर ङावाङ जिग्मेले भन्नुभयो-
"प्रोफेसर दाम्पा राब्टेनको डोर्याइमा हामीले परम्परागत कच्चापदार्थको अनुसन्धान गरी सफलताका साथ उत्पादन गर्यौं। सम्बन्धित विशेषज्ञले गर्नुभएको मूल्याङ्कनअनुसार हामीले अनुसन्धान गरी बनाएको कच्चा पदार्थ परम्परागत सामग्रीसमान मात्र होइन अझ त्योभन्दा झन राम्रो छ। अहिल राज्यले रकम पूँजी छुट्याएर प्राचीन वास्तु र प्राचीन चित्रको जीर्णोद्धार र संरक्षण गरिरहेको क्रममा चित्र कोर्न प्रयोग गरिने तिब्बती परम्परागत कच्चा पदार्थको सफल बचाउबाट पोताला दरवारलगायत प्राचीन वास्तुलाई साबिक बनाउने दिशामा अत्यन्तै महत्वपूर्ण भूमिका मिलेको छ।
विशेष कलात्मक शैलीले गर्दा तिब्बती थाङ्का हजारौं वर्षबाट गुज्रेर आएपनि नयाँ जस्तो ताजा र झकिझकाउ देखिन्छ। सूक्ष्मताका साथ संरक्षण गरिएको हुँदा थाङ्का कलाले झन झन विशेष मोहित शक्ति देखाएको छ।

|