
यस जन्मदिवस सानो स्वागत समारोहको मालिक चाहिं करिब 1. मिटर30सेन्टी मिटरजति उच्चाई भएका एक जना अपाङ्ग व्यक्ति हुनुहुन्छ। उहाँको नाउं वाङ्ग तुङ्ग तुङ्ग हो। यदि उहाँको कुरा गर्नुपरेमा इलेक्ट्रोनिक दैनिक उपभोग्य वस्तुहरु अर्थात् टी भी सेट, फ्रीज, वाशिङ मेशीन आदिको मर्मत गर्ने सम्बन्धमा उहाँको सूक्ष्म क्षमता नभनी नहुने व्यक्ति बनिसकेको छ। यहाँको विषयमा भन्नुपर्ने कुरा के हो भने गएको बीस वर्षभन्दा बढी समयदेखि उहाँले दुई सय सत्चालीस जना चेलाहरुलाई तयार पारी सक्नुभएको छ। उहाँको जन्मदिवस मनाउन आउनेहरुमध्ये धेरैजसो उहाँका चेलाहरु हुन्। उनीहरुमध्ये धेरैजसो अपाङ्ग व्यक्तिहरु छन् र विशेष गरी अरु ठाउँहरुबाट आएकाहरु पनि छन्। किनकी उनीहरु विशेष गरी उहाँको जन्मदिवस मनाउन आएका हुन् । आजको यस चिनियाँ व्यक्तित्व कार्यक्रममा उहाँसित भेट्न जाऔं।
उहाँ सन् 1958को अगष्ट आठ तारिखका दिन वाङ्ग तुङ्ग तुङ्ग चीनको च्याङ्ग सी प्रान्तको क्वै सी नगरको एउटा साधारण परिवारमा जन्मनुभएको हो। दुई वर्षको हुँदा सानो केटा तुङ्ग तुङ्ग गलाको हडी कुरुप हुनुका साथै उनलाई पोलियो रोग पनि लाग्यो। सानो केटा तुङ्ग तुङ्गको औषधोपचार गर्नका लागि उहाँका बुआले तुङ्ग तुङ्गलाई बोकेर झण्डै विभिन्न क्षेत्रका सबै प्रसिद्ध अस्पतालहरु जानुभएको थियो। अस्पतालहरुका औषधीबाट अनौठा स्वाद र केही उपाय गर्न नसकेका डाक्टरहरुका अनुहारहरु त वालक हुँदादेखि नै झण्डै उहाँका सबै सम्झनामा रहेका विषयहरु बनिसकेका छन्। अन्तमा बाध्य भएर तुङ्ग तुङ्गका बुवा र आमाका आँखामा आँसु भरी लिएर उनलाई बोकेर घरमा फर्कनुभएको थियो। त्यसबेलापछि तुङ्ग तुङ्गको खुट्टा लंगडो भयो र उहाँको कद समकालीन केटाकेटीहरुको भन्दा होचो भयो। उहाँका पाखुरा र खुट्टा कमजोर छ र कहिलेकाँही उहाँको जीउभरि दुख्ने पनि गर्दछ। तर तुङ्ग तुङ्ग निकै दृढ हुनुहुन्छ। उहाँ भन्नुहुन्छः
अपाङ्ग व्यक्ति भएपनि हामीले निरोगी व्यक्तिहरुले जस्तै मेहनत गरी सक्दो प्रयास गर्नुपर्छ। " प्रयाश गर प्रयाश गर अन्तमा अवश्यनै सफल हुन सकिन्छ" भन्ने कुरामा म विश्वास राख्दछु। यस्तै सिद्धान्तको आधारमा वाङ्ग तुङ्ग तुङ्ग निरन्तर प्रयास गर्दै आउनुभएको छ। विद्यालयमा पढ्दाखेरी उहाँको पढाइको अवस्था कक्षमा अघिल्लो पंक्तिमा रहेको थियो।

सन् 1977मा उच्च माध्यमिक स्कूलबाट पास हुनुभएको वाङ्ग तुङ्ग तुङ्गले कहिले पनि परिवर्तन नहुने आफ्नो संकल्पव्दारा विपन्न अवस्थामा रहेको आफ्नो घरको अवस्थालाई बदल्न अठोट गर्नुभएको छ। आफ्नो वास्तविक अवस्थाका अनुसार उहाँले पारिवारिक इलेक्टोनिक उपभोग्य पदार्थहरुको मर्मत गर्न निर्णय गर्नुभएको थियो। उहाँ भन्नुहुन्छः
सबभन्दा पहिले केही सम्बन्धित किताब पढें। त्यसका साथै आफ्नै हातव्दारा सानातीना सिर्जना गर्न थालें।
हो, केटा वाङ्ग तुङ्ग तुङ्गले आधी वर्षको समयमा आफैले पढ्ने गरेपछि नान ठाङ्ग नगरमा गई दुई महिना समयको प्रयोग गरेर दक्षता प्राप्त गर्नका लागि कोशिश गर्नुभएको थियो। अनि त्यसपछि उहाँले आंटिलो भई भाडामा एउटा पसल लिनुभएको थियो। त्यसबेलादेखि उहाँले पारिवारिक इलेक्टोनिक उपभोग्य पदार्थहरुको मर्मत गर्ने कार्य शुरुगर्नु भयो।
त्यसबेला साधारणतया कालो सेतो टी भी सेटहरु साधारण चिनियाँहरुको घरमा प्रवेश भएका थिए। त्यसै भएको हुनाले उहाँले मुख्य रुपमा टी भी सेटको मर्मत गर्ने कोशिश गर्दै हुनुहुन्थ्यो। उहाँले सम्बन्धीत अनेकौं किताब र कलपुर्जाहरु किन्नुभएको थियो। सिपालु भएर काम गर्नका लागि उहाँले मध्य रात सम्ममा पनि मेहनत गर्नुहुन्थ्यो। टी भी सेट मर्मत गरेपछि फेरि त्यसलाई निकाल्ने गर्नुहुन्थ्यो। एक दिन गयो, दश दिन गयो, अन्तमा उहाँ स्वयम आफै सिपालु भएर टी भी सेटको मर्मत गर्न सक्नुभयो। त्यसबेला टी भी सेटको मर्मत गर्न सक्ने सिपालु मानिसहरु एकदमै कम थिए। ग्राहक चाङ्ग छ्यूआन द भन्छन्-
टी भी सेटको जडान गर्न सक्ने मानिसले अझै पनि मर्मत गर्ने प्रविधिको कुरा सिक्नुपर्छ र ?
त्यसबेलादेखि केटा वाङ्ग तुङ्ग तुङ्गको नाम टाढा टाढासम्म फैल्न पुगेको देखिन्छ। तर तुङ्ग तुङ्गले घमण्ड गर्नुभएन। उहाँले दिन र रातभरि सक्दो प्रयास गरी कालर टी भी सेट, डिभिडि सेट, गीत बजाउने स्पिकर बक्स आदिको मर्मत गर्ने सम्बन्धी प्रविधिहरु पनि जान्नुभयो।

उहाँको विचारमा एक जना मानिस यदि समाजमा दृढतासाथ उभिन सक्ने हो भने सबभन्दा महत्वपूर्ण कुरा चाहिं सदिच्छा र विश्वास नै हो।
|