china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    ग्रेटवल अर्थात विशाल पर्खाल संरक्षण परियोजना चरणबद्ध उपलब्धि प्राप्त भन्ने लेखको दोस्रो भाग
    (GMT+08:00) 2009-10-01 16:03:43    

            आजआएर चीनमा ग्रेटवलको दश वर्षको संरक्षण परियोजना चलिरहेको छ। उक्त परियोजना सन् 2005देखि 2014सम्मको दश वर्षमा ग्रेटवलको सर्भेक्षण पूरा गरी सम्बन्धित पुरातात्विक वस्तु फाइल खडा गर्ने छ। यसका साथै "ग्रेटवलको समष्टिगत संरक्षण योजना" तर्जुमा गरी संरक्षणको परिधि तथा क्षेत्र तोकिनुका साथै ग्रेटवलका महत्वपूर्ण भागहरुलाई बचाउन संरक्षण कार्य गरिने छ। कार्यक्रमको शुरुमा उल्लेखित ग्रेटवलको श्रोतको सर्भेक्षण कार्य यसै परियोजनाको पहिलो पाइला हो।

             सन् 2007मा चीन राष्ट्रिय पुरातात्विक वस्तु व्यूरो तथा राष्ट्रिय नाप्ने व्यूरोले मिङ ग्रेटवलको नाप्ने काम शुरु गरे। बितेका दुइ वर्षमा सयौं सर्भेक्षकले मिङ ग्रेटवल भएका दश वटा प्रान्त, स्वायत्त प्रदेश अथवा नगरपालिकाका खुला क्षेत्रमा काम गर्दै अग्रसर प्रविधिमार्फत ग्रेटवलको ठोस लम्बाइलाई नाप्दै आएका छन। यसका साथै उनीहरुले मिङ ग्रेटवल वरिपरिका पुरातात्विक ठाँउ, इतिहास तथा बसोबास वातावरणको अध्ययन पनि गर्दै आएका छन। पैचिङ्ग नाप्ने तथा डिजाइन अनुसन्धानालयका प्रमुख इन्जिनियर वाङ लैले पैचिङ्गमा पर्ने ग्रेटवलको सर्भेक्षणमा भाग लिए। यसबारे जानकारी दिँदै उनले भनेः

           "आकाशाबाट भिडियो गरेर नाप्नु, विश्वव्यापी स्थान निश्चित गर्ने प्रणाली अर्थात जी.पी.एस.ले नाप्नु, त्रि डाइमेनशनको एक्स रैले स्क्यान गउनु लगायत विविध किसिमका आधुनिक उपायले ग्रेटवललाई नापेका छौं।खुला ठाँउमा ग्रेटवलको पैचिङ्ग भागको शुरुआतलाई निश्चित गर्नु र पहाडमा रहेका ग्रेटवलका केही भागलाई व्यवहारिक रुपमा नाप्नु कठिन भए। कुनै कुनै भाग एउटा काटिएको भित्ता हो। बीस/तीस सेन्टिमिटर चौडाइ भएको सांगुरो पथलाई चढ्नुपर्छ। यस भित्ताको अर्कोपट्टी भीर रहेछ।"

             विस्तृत रुपमा नापेर पाएको तथ्याङ्क अनुसार, मिङ ग्रेटवलको पूर्वी भाग ल्याउ नीङ प्रान्तीय हु शान अर्थात बाघ पर्वतदेखि शुरु र पश्चिममा कानसु प्रान्तीय च्या यु घाटसम्म पर्छ। जम्मा गरी दश वटा प्रान्त, स्वायत्त प्रदेश अथवा नगरपालिकाका एक सय छपन्न वटा जिल्ला हुँदै गएको मिङ ग्रेटवलको कूल लम्बाइ आठ हजार आठ सय एकाउन्न दशमलब आठ किलोमिटर छ। यस दूरीमध्ये कृत्रिम भित्ताको लम्बाइ छ हजार दुइ सय उनान्सट्ठी दशमलब छ किलोमिटर छ र सुरक्षित गर्नका लागि खनेका सुरुङ्ग तथा प्राकृतिक बाधाको कूल दूरी दुइ हजार पाँच सय बयान्नब्बे दशमलब दुइ किलोमिटर छ।

             सर्भेक्षक टोलीले ग्रेटवलको दूरी नाप्नुका साथै त्यसको भित्ता, संरक्षण व्यवस्थापन अवस्था, प्रकृति तथा मानिसले ध्वस्त पारिएको अवस्थाबारे विस्तृत जानकारी पनि लिएका छन। उनीहरुले प्राप्त गरेका प्रशस्त र ठोस तथ्याङ्कले ग्रेटवलको संरक्षण योजना तथा मर्मत योजनाको तर्जुमा एवम् ग्रेटवल फाइलको खडा गर्न ठूलो समर्थन दिने छ।

              चीन राष्ट्रिय पुरातात्विक वस्तु व्यूरोका प्रमुख शान चीस्याङले ग्रेटवललाई नाप्नुको उद्देश्य सम्बन्धी तथ्याङ्क प्राप्त गर्नु मात्र होइन। मिङ ग्रेटवल तथ्याङ्क सार्वजनिक गरेपछि हामीले ग्रेटवललाई रक्षा गर्नुपर्छ। ग्रेटवल एक मिटर छोटो हुन दिँदैनौं भने।

    क्रमशः

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040