 हिउँदकालीन पौडीको यतिका धेरै फाइदा भएपनि अध्यक्ष लीले के कुरा सबैलाई सम्झाउनुभएको छ भने हिउँदकालीन पौडी चाहिं कसरत गर्ने एक प्रक्रिया हो यसमा हतारको सट्टा विस्तार विस्तार अगाडि बढ्ने कुरामा ध्यान दिनुपर्छ।
"अकस्मात हिउँदकालीन पौडी खेल्न जानुहुँदैन। यसको अर्थ हिउँ परेपछि वा बरफ जमेपछि हिउँदकालीन पौडी खेल्न शुरु गरियो भने अलि अबेर हुन्छ। सामान्यतया हामी शरद ऋतुदेखि पौडी खेल्न थाल्छौं। किनभने शरद् ऋतुमा पानी त्यतिको चिसो हुँदैन। शायद पन्ध्र सोह्र डिग्री सेल्सियस हुन्छ होला ! नदीको पानी मौसम संगसगै विस्तार विस्तार चिसो हुँदै जान्छ र मानिसको शरीर पनि विस्तार विस्तार अभ्यस्त हुँदै जान्छ। यस बाहेक हामी एक शुत्र मानेर चलेका हुन्छौं र त्यो के हो भने पानीको जति तापक्रम छ त्यति समयमा नै हामी पानीमा पौडी खेल्छौं। यसको अर्थ हो दश डिग्री सेल्सियसको पानीमा पौडी खेल्ने समय दश मिनेटभन्दा बढी हुँदैन"।

साँच्चै भन्ने हो भने बाह्य तापक्रम शुना डिग्री सेल्सियसको दिनमा चिसो पानीमा केही मिनेट पौडी खेले पनि यसका लागि एकदमै दृढ मनोबल चाहिन्छ। हिउँदकालीन पौडीको तुलनामा अर्को दुइवटा लोकप्रिय खेल हिउँ स्केटींग र बरफ स्केटींग पनि धेरै आनन्ददायी छ।
"पैचिंग शहरको केन्द्रमा पर्ने श ठ्रा हाई बरफ मैदान गत महिनामा खुलेपछि हरेक दिन यहाँ बरफ स्केटिंग खेल्न आउने मानिसहरुको संख्या चार सयभन्दा बढी छ। बीस हजार वर्गमीटर क्षेत्रफल भएको यस बरफ मैदानमा खेल्न सिपालु भएकाहरुले एकदमै मजासंग शरीरलाई घुमाउँदै फन्को मार्दै स्केटींग खेलिरहेका हुन्छन भने भरखरै भरखरै सिकीरहेकाहरु प्रशिक्षकको निर्देशनमा डरले विस्तार विस्तार अगाडि बढीरहेका छन। सिपालु भएर खेलेका हुन वा भरखरै सिकाकाहरु, उनीहरु सबैले यस खेलबाट असीम खुशी आनन्द र रमाइलो अनुभूति लिन सक्छन। शहरबासी सुश्री छन श्यौ रोंगले भनिन-
"यसभन्दा पहिले हिउँदे याममा म प्रायजसो व्यायाम हलमा दगुर्ने यन्त्रमा दौड्ने र शारिरिक सुसंगठनको नाच चाच्ने मात्र गरेको थिएँ। तर जब मैले एक चोटी बरफ स्केटींग खेल्न थालेँ, त्यसपछि म यस खेलमा लट्ठ परें। मैले त्यतिको राम्ररी खेल्न सक्दिनँ र खेलेको गति पनि त्यतिको छिटो छैन तरपनि मलाई एकदमै खुशी र मजा लाग्दछ साथै मेरो शारिरिक गुण स्तर पनि धेरै माथि उकासिएको छ"।

शहरको एक फेशनवाला खेलको रुपमा रहेर हिउँ स्केटींग विगत केही वर्षदेखि पैचिंगमा द्रुत गतिले विकसित हुँदै आएको छ। सन 1996 मा पैचिंगमा एउटा मात्र ठूलो ढांचे हिउँ स्केटींग मैदान थियो। अब त्यसको संख्या बढेर सोह्र पुगेको छ। त्यसैले त्यसका लागि लाग्ने शुल्क पनि धेरै झरेको छ। अतः हिउँ स्केटींग खेल्नेहरुको संख्या पनि धेरै बढेको छ। पैचिंगको पा ता लिंग लामो पर्खालको पश्चिमपट्टि पर्ने पा ता लिंग हिउँ स्केटींग मैदानको क्षेत्रफल तीस हजार किलोमीटर छ। त्यहाँ पाँचवटा उच्च गुण-स्तरयुक्त हिउं स्केटींग मार्ग छन। जुन सबैभन्दा लोकप्रिय हिउँ स्केटींग मैदान हो। विदाको दिन त्यहाँ मानिसहरुको भीडै भीड देखिन्छ। यस मैदानका एकजना जिम्मावार व्यक्ति हान शिंग छ्युआनले भन्नुभयो-
"जनवरी एक नयाँ वर्षको विदाको अवधिमा डिसेम्बर अठाइसदेखि जनवरी दुइ तारिखसम्म हामी अति व्यस्त थियौं। हरेक दिन यहाँ खेल्न आउने मानिसहरुको संख्या करीब चार हजारजति थियो। यदि पूर्व बुकिंग नगरे टिकट पाउन निकै गार्हो हुन्छ अर्थात पाउँदै पाउँदैन भनेपनि हुन्छ । अरु वेलामा पनि सोमबारदेखि शुक्रबारको वेलामा हरेक दिन एक हजार पाँच सय जति मानिसहरु खेल्न आउँछन। सप्ताहान्तमा भने करीब दुइ हजार जति पुग्छन्"।
हिउँ स्केटींग खेलको सय वर्षभन्दा बढी लामो इतिहास भएतापनि यूरोपेली मुलुक र अमेरिकाको दाँजोमा चीनमा शुरु भएको बीस वर्ष मात्र भएको छ। त्यसैले त्यतिको व्यापकता पनि छैन तर विगत केही वर्षदेखि यता यो खेल चीनमा एकदमै लहलहाउँदो गरी विकसित हुँदै आएको छ। हिउँ स्केटींग खेल्ने मानिसहरुको संख्या फडको मार्ने जस्तो गरी बढीरहेको छ। सिंग व्हा समाचार समितिद्वारा सन 2008 मा प्रकाशित गरेको तथ्याङ्क अनुसार चीनमा प्रत्येक वर्ष हिउँ स्केटींग खेल्ने मानिसहरुको संख्या तीस लाखभन्दा बढी छ र यो संख्या हरेक वर्षमा तीस प्रतिशतका दरले पनि बढीरहेको छ। प्रकृतिसित नजिक हुनुका साथै एक उत्तेजनापूर्ण र चुनौतीपूर्ण खेल रहेको हिउँ स्केटींग अब हिउँदकालमा स्वास्थ्यलाभका लागि पैचिंगबासीहरुको एक लोकप्रिय काइदा बनेको छ।
|