 चिनियाँ कम्युनिष्ट पार्टीअन्तर्गत च्या शि जिल्लाको समितिको श्रमशक्ति पठाउने तथा व्यावसायिक प्रशिक्षण जिम्मा लिने व्यक्ति रेहमान ऊमारले बोल्दै आगामी वर्षको शुरुदेखि यता च्या शि जिल्लाले भित्री प्रदेशमा तीन हजार आठ सय जनाभन्दा बढी श्रमिकहरु पठाएको कुरा बताउनुभयो। उहाँले भन्नुभयो:
"हाल हाम्रा श्रमिकहरुले खाँचोलाई पूरा गर्न नसक्ने छ। उद्योग-व्यवसायहरुको चाहना बढी भएको छ। अहिले हामी च च्याङ युङ ता नामक कम्पनीसँग हस्ताक्षर गरिएको पचास जनाभन्दा बढी श्रमशक्तिको सम्झौता, च च्याङ या क अर नामक कम्पनीसँग हस्ताक्षर गरिएको एक सय पचास जनाभन्दा बढी श्रमशक्तिको सम्झौता, थेन चिन चिन शान नामक कम्पनीसँग हस्ताक्षर गरिएको एक सय जनभन्दा बढी श्रमशक्तिको सम्झौता भएका छन्। हामीले बेग्ला-बेग्लै रुपमा तीन कम्पनीलाई पठाउने निर्णय गरेका छौं।"

चिनियाँ कम्युनिष्ट पार्टीअन्तर्गत च्या शि जिल्लाको समितिमा श्रमशक्ति पठाउनु तथा व्यावसायिक प्रशिक्षण जिम्मे लिने व्यक्ति रेहेमान ऊमारले भन्नुभयो---च्या शि जिल्लाका किसानहरुले वाहिर ज्यालादारी काम गर्न गएपछि उनीहरुको विचार-धारामा परिवर्तन भएको छ। हाल वाहिर ज्यालादारी काम गर्न जानु किसानहरुको आम्दानी बढाउने महत्वपूर्ण उपाय भएको छ। श्री रेहेमान ऊमारले भन्नुभयो:
"पहिले हाम्रो च्या शि जिल्लाका किसानहरुको विचार-धारा रुढिवादी थियो। उनीहरुले च्या शि जिल्ला छोड्नखोजेका थिएनन्। तीन वर्षपछि उनीहरुको विचार-धारामा परिवर्तन भएको छ। उनीहरुको विचार-धारा झन् खुला भएको छ। हाल किसानहरुले ज्यालादारी काम गरेकोबाट कमाएको आम्दानी उनीहरुको कुल आम्दानीमध्ये बढी अनुपात ओगटेको छ। हाल श्रमशक्ति पठाउनु हाम्रो जिल्लाले किसानहरुको आम्दानी बढाउने पाँच वटा मेरुदण्ड व्यवसायहरुमध्येको एक हो।"

सन् 2006 सालदेखि यता सिन्च्याङ युगुर स्वायत्त प्रदेशको च्या शि जिल्लाले श्रमशक्ति ठेक्का पत्रमार्फत भित्री प्रदेशतर्फ बीस हजार जना श्रमिकहरु पठाएको छ। यसबाट च्या शि जिल्लाका सत्तरी हजार अतिरिक्त श्रमिकहरुमध्येको 30प्रतिशत श्रमिकहरुको रोजगारीको समस्याको समाधान गरिएको छ।
भविश्यमा च्या शि जिल्लाले झन् बढी मानिसहरुले वाहिर ज्यालादारी काम गर्ने छन्। उनीहरुले ज्यालादारी काम मार्फत आम्दानी बढाउने र जीवनको सुधार गर्ने छन्।
|