china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    गोर्खा स्कूल
    (GMT+08:00) 2009-10-06 19:23:43    

    xरवि- ध्रुवजी, तपाईंले पछिल्ला दुई हप्तामा चीनको तिब्बतको ल्हासामा रहेका नेपालीहरुको अवस्थाका बारेमा जानकारी दिनुभएको थियो । आज कुन विषयमा कुराकानी गर्ने विचार गर्नुभएको छ ?

    ध्रुव- रविजी, मैले अगिल्ला दुईवटा कार्यक्रममा ल्हासामा रहेका नेपालीहरुको अवस्था र उनीहरुको व्यापार व्यवसायको बारेमा चर्चा गरेको थिएँ । आज पनि नेपालीहरुकै विषयमा कुराकानी गर्न मन लागेको छ । तर अलि फरक प्रशङ्गको । त्यो ल्हासामा रहेको एउटा नेपाली प्राथमिक विद्यालयको बारेमा हो । लामो इतिहाससमेत बोकेकोले ल्हासास्थित गोर्खा प्राथमिक विद्यालयको बारेमा श्रोताहरुलाई जानकारी दिउँ जस्तो लाग्यो आजको कार्यक्रममा । किनभने म चीनको तिब्बत स्वायत्त प्रदेशमा दोस्रो पटक जानुभन्दा अगाडि त्यहाँ नेपाली भाषाको पढाइ हुने नेपाली स्कूल छ भन्ने कुरा सुनेको पनि थिइन । र त्यहाँ पुगेर थाहा पाएपछि मलाई एकदमै रमाइलो लाग्यो र त्यसको बारेमा केही जानकारी बटुल्न मन पनि लागेको थियो । त्यसैले आजको कार्यक्रममा ल्हासा सहरम रहेको गोर्खा प्राथमिक विद्यालयको बारेमा जानकारी दिन मन लागेको छ ।

    रवि- हुन्छ ध्रुवजी । नेपाली भाषामा पढाइ हुने तिब्बतको ल्हासास्थित गोर्खा प्राथमिक विद्यालयको बारेमा जानकारी दिनुहोस् न ।

    ध्रुव- रविजी, ल्हासामा एक सय वर्षअगाडि नै नेपालीहरुको संख्या पाँच सयभन्दा बढी थियो । ल्हासामा व्यापार, व्यवसायमा नेपालीहरुको सहभागिता बढ्दै गएपछि त्यहाँ नेपालीको जनसंख्या पनि बढ्दैगयो । त्यसै शिलसिलामा ल्हासामा बस्ने नेपालीहरुले आफ्ना बालबच्चा पढाउनका लागि एउटा स्कूलको आवश्यकताको महसुस गरे । त्यही आवश्यकतालाई मध्यनजर गर्दै आजभन्दा 70 वर्षअगाडि अर्थात् विक्रम सम्बत् 1996मा नेपालका राणा प्रधानमन्त्री जुद्ध शमशेरको पालामा गोर्खा प्राइमरी स्कूल अर्थात् गोर्खा प्राथमिक विद्यालयको स्थापना गरिएको हो । नेपालीका छोराछोरीका लागि नेपाली शिक्षकद्वारा नेपाली पाठ्यक्रमअनुसार पढाइने गोर्खा प्राथमिक विद्यालय तिब्‍बती विद्यार्थीका लागि समेत आकर्षणको केन्द्रविन्दु बन्यो । तिब्बतमा प्रजातान्त्रिक सुधार गरिएको 50 वर्ष पुगेको छ र तिब्बतको प्रजातान्त्रिक सुधारभन्दाअगाडि त्यस्ता औपचारिक स्कूलहरु थिएनन् । त्यसअघि तिब्बती गुम्बाहरुमा बौद्धधर्मसम्बन्धी शिक्षा, औषधीमुल र जडिबुटीसम्बन्धी शिक्षादीक्षा दिइन्थ्यो । त्यसैले अन्तर्राष्ट्रिय स्कूलको रुपमा गोर्खा प्राथमिक विद्यालयले ख्याति कमाएको थियो ।

    रवि- तिब्बतमा रहेको गोर्खा प्राथमिक विद्यालयमा पढाउने शिक्षक नेपाली हुन् कि चिनियाँ ?

    ध्रुव- रविजी, नेपाली भाषामा चार वर्षे अवधिको स्नातक तहको अध्यापन हुने पैचिङ्गस्थित कम्युनिकेशन विश्वविद्यालयमा दुईजना चिनियाँ शिक्षिकाहरुले पढाउनुहुन्छ । अनि तपाईंलाई पनि यु फुङ्ग दाइले पढाउनुभएको हो क्यारे । तर ल्हासामा रहेको गोर्खा प्राथमिक विद्यालयमा पढाउनका लागि नेपाल सरकारले एकजना नेपाली शिक्षकको दरवन्दी दिएको छ । करारमा राखिने ति शिक्षकको उत्पदान, पेन्सन केही पनि नहुने रहेछ । अहिले त्यहाँ शिक्षकको रुपमा स्याम पुतवाल श्रेष्ठ हुनुहुन्छ । उहाँको तलब नेपालको शिक्षा मन्त्रालयबाट निकासा हुने रहेछ । श्याम पुतवाल श्रेष्ठको अतिरिक्त त्यहाँ अर्का नेपालीले पनि पढाउनुहुन्छ, उहाँको नाम चाहिँ लाक्पा छिरिङ्ग हो । तिब्बतमा जन्मिएर तिब्बतमै हुर्किनुभएका छिरिङ्ग नेपाली नागरिक हुनुहुन्छ । विगत नौ वर्षदेखि पढाउन थाल्नुभएका छिरिङ्ग झन्डै 37 वर्षअगाडि अर्थात् विक्रम सम्बत् 2028 सालदेखि महावाणिज्यदूतावासमा भान्सेको रुपमा कार्यरत हुनुहुन्छ ।

    रवि- श्रोताहरु,आजको कार्यक्रममा हामीले तिब्बतको सदरमुकाम ल्हासामा आजभन्दा झन्डै सत्तरी वर्षअगाडि स्थापना गरिएको गोर्खा प्राथमिक विद्यालयको बारेमा कुराकानी गर्दैछौं । ध्रुवजी, उक्त स्कूलमा नेपाली भाषामा मात्रै पढाइ हुने हो ?

    ध्रुव- रविजी, ल्हासाको गोर्खा प्राथमिक विद्यालयमा नेपाली भाषामा मात्रै होइन । त्यहाँ नेपालीसहित चिनियाँ, तिब्बती र अंग्रेजी गरेर चार भाषामा पढाइ हुन्छ । त्यसो त गोर्खा प्राथमिक विद्यालयमा कक्षा एकदेखि कक्षा पाँचसम्म पढाइ हुन्छ भनिएको छ । तर त्यहाँ पढाउने शिक्षक पनि दुई जना मात्रै हुनुहुन्छ र कक्षा कोठा पनि दुई वटा मात्रै छन् । त्यसैले पहिले ल्हासामा ख्याति कमाएको गोर्खा स्कूल अहिले गरिब र विपन्न परिवारका बालबालिका पढ्ने स्कूलको पर्याय बनेको छ । गोर्खा स्कूलमा पाँच कक्षासम्मको अध्ययन पूरा गरिसकेपछि विद्यार्थीले कहाँ पढ्ने के पढ्ने अथवा कता जाने भन्ने टुङ्गोसमेत छैन । त्यहाँका एक शिक्षकले दिनुभएको जानकारीअनुसार कोही कोही विद्यार्थीहरुले बीचमा पढ्न छोड्छन र कोहीले कक्षा पाँचसम्मको अध्ययन पूरा गरेपछि काम खोज्न हिड्ने गर्छन् । कोही कोही विद्यार्थी नेपाल फर्किने गरेका छन भने कोही ल्हासाकै चिनियाँ स्कूलमा पढ्न जान्छन् ।

    रविजी, तिब्बतमा प्रजातान्त्रिक सुधार हुनुभन्दा अगाडि तिब्बतको शिक्षामा गुम्बाहरुको मोनोपोली थियो र तिब्बतका ९५ प्रतिशतभन्दा बढी जनता निरक्षर थिए । तर अहिले त्यहाँको शैक्षिक विकासमा कायपलट आइसकेको छ । किनभने अहिले तिब्बती विद्यार्थीहरुले विद्यालयमा बिताउने समय छ वर्षभन्दा बढी भएको छ भने 50 वर्षमुनिका युवाहरुको निरक्षरता प्रतिशत दुई दशमलव चारभन्दा कम भैसकेको छ ।

    आजभन्दा तीन वर्षअगाडि नै अर्थात् 2006को अन्त्यसम्ममा तिब्बतका प्राथमिक विद्यालयका 95.6 प्रतिशत विद्यार्थीहरुलाई र निम्नमाध्यमिक तहका 94.62 प्रतिशत विद्यार्थीहरुलाई लागि चिनियाँ र तिब्बती गरी दुबै भाषामा शिक्षा दिन थालिएको छ । मैले यो उदाहरण किन दिएको भने तिब्बतमा यो पछिल्लो 50 वर्षमा अकल्पनीयरुपमा शिक्षाको विकास भए भएको छ । तर कुनै बेला अन्तर्राष्ट्रिय विद्यालयका रुपमा ख्याति कमाएको ल्हासाको गोर्खा स्कूलको हालत भने पहिलेको भन्दा झन् बिग्रदै गएको छ । यद्यपि, नेपाल सरकार, कुनै व्यक्ति वा संघसंस्थाले प्रयास गरेमा गोर्खा स्कूललाई अझै पनि अन्तर्राष्ट्रिय स्कूलको रुपमा विकसित गर्न सकिने प्रशस्त सम्भावनाहरु रहेका छन् ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040