
समाजको परिवर्तन क्रममा लामो इतिहास भएक ग्रेटवल प्रकृति तथा मानिसले पुर्याएको ध्वस्तको सामना गर्दै आएको छ। युद्ध, बाढीले ग्रेटवललाई भङ्ग पारिएको इतिहासमा पाइन्छ। यस वरिपरि बस्ने बासिन्दाहरुले ग्रेटवलको इंट तथा माटोलाई चोरेर घर बनाएको कार्वाहीले पनि ग्रेटवलमा क्षति पुर्याएको छ। ग्रेटवलको सुरक्षालाई धम्की दिएका कारक तत्वबारे चर्चा गर्दै श्री शानले भनेः
"आजकाल ग्रेटवलको सामु अझ ठूलो धम्की देखा परेको छ। एउटा भनेको विश्वव्यापी मौसम परिवर्तन र अर्को भनेको निर्माण परियोजनाबाट ल्याइने ध्वस्त हो। ठूला ढाँचे आधारभूत प्रबन्ध जस्तै भनौं, राजमार्ग, रेलमार्गको निर्माण गर्दा ग्रेटवललाई पार गर्दाखेरी केही भागलाई पुर्याइएको क्षति ठूलो छ। कुनै ठाँउमा विकास क्षेत्र अथवा रिइल स्टेड विकास कम्पनीको परियोजनाले पनि धम्की दिएका छन।"

सन् 2006मा लागू भएको "ग्रेटवल संरक्षण नियम"मा कुनै एकाइ अथवा व्यक्तिले परियोजना गर्दाखेरी ग्रेटवललाई हटाउन, ग्रेटवल पार गर्न, ग्रेटवललाई अन्यत्र सार्न छूट दिँदैन लगायत ग्रेटवलको गम्भीर संरक्षण गर्ने कदमहरु तोकिएको छ। ग्रेटवल संरक्षण विशेषज्ञ लो च वनले कुनै पुरातात्विक सम्पदाका लागि तोकिएको विशेष नियम यो एउटै मात्र रहेको बतानए। ग्रेटवल संरक्षण परियोजनाबारे जानकारी दिँदै उनले भनेः
"ग्रेटवल कति लामो छ? कुनकुन क्षेत्रमा पर्दछ? यसको संरक्षण अवस्था कस्तो? ती सबै विषयबारेमा जानकारी लिएपछि ग्रेटवल संरक्षण तथा मर्मत योजना गर्न सकिन्छ। त्यसपछि सर्वसाधारणहरुका लागि खुला हुने छ। निर्धारित योजानुसार, आउने दुइ वर्षमा ग्रेटवलको दूरी तथा कुनकुन क्षेत्रमा फैलिएको अवस्था थाहा पाउन सकिने छ। यस्तो तथ्याङ्क प्राप्त गरेपछि जिर्णोधार योजना तर्जुमा गर्ने छ। तर यो योजना पनि चरणबद्ध छ। आगामी दश वर्षका लागि। यति ठूलो परियोजना गरेपछि ग्रेटवलले राम्रो संरक्षण पाउन सक्ने मेरो विश्वास छ।"

प्राप्त जानकारी अनुसार, मिङ राजबँशमा निर्मित ग्रेटवल सम्बन्धी सर्भेक्षण चीनभरि ग्रेटवलको सर्भेक्षणको पहिलो चरण हो। अर्को चरण छिन तथा हान राजबँश तथा अन्य राजबँशमा निर्मित ग्रेटवलको सर्भेक्षण गरिने छ। छिन राजबँशमा निर्मित ग्रेटवल चीनका पहिला सामन्ती सम्राट छिन श हवाङको आदेशमा बनाइएको हो र अघिका राज्यहरुद्बारा निर्माण गरिएका ग्रेटवललाई जोडिएकोले दुइ हजार दुइ सय वर्षअघि निर्मित छिन ग्रेटवल चीनको इतिहासमा पहिलो दश हजार किलोमिटर लामो ग्रेटवल मानिन्छ।
सम्बन्धित विभागहरुको योजनानुसार, अर्को वर्ष अर्थात सन् 2010को अन्तसम्म मिङ ग्रेटवल, छिन तथा हान ग्रेटवल एवम् अन्य राजबँशमा निर्मित ग्रेटवलका सम्बन्धित तथ्याङ्कको सर्भेक्षण सिध्याइनेछ। यस आधारमा ग्रेटवलको संरक्षण योजना तथा कानूनी कार्य पनि क्रमशः शुरु हुने छ।
|