
यो चिनियां अन्तराष्ट्रयि रेडियोको नेपाली सेवा हो । प्रिय श्रोताहरु आजको नियमित कार्यक्रम चीनका अल्प संख्यक जातिमा म लिउ होंग स्यांगको नमस्कार । आजको कार्यक्रममा म तपाईंहरुलाई चीनको निन् स्या स्वायत्त प्रदेशको राजधानी इन् व्छामा बसोबास गर्ने मुस्लिमहरुको जीवनमा देखिएको परिवर्तनबारे केही जानकारी गराउनेछु। श्रोता मित्रहरु चीनको उत्तर-पश्चिम भागमा पर्ने निन् स्या व्ही जातिय स्वायत्त प्रदेश व्ही जातिको प्रधानता रहेको अल्पसंख्यक जातिय क्षेत्र हो । अब एकछिन निन् स्या स्वायत्त प्रदेशको सदरमुकाम इन् व्छान्मा बसोबास गर्ने मुस्लिमहरुको जीवनमा देखिएको परिवर्तनबारे चर्चा गरौं । इन् व्छान् शहरको दक्षिण पूर्वी कुनामा पर्ने नान् क्वान् मस्जिद इन् व्छान् शहरमा बसोबास गर्ने मुस्लिमहरु धार्मिक कार्यक्रम गर्ने केन्द्रिय थलो हो । इस्लामिक धर्मको चाड पर्वमा हजारौं मुस्लिमहरु त्यहां भेला भएर प्रार्थना गर्ने गर्दछन् । यो सालमा त्रियासी वर्ष पुगेका बूढा बाउ चिंग क्वी नान् क्वान् मस्जिदको व्यवस्थापन समितिका प्रमुख हुनुहुन्छ । तत्स्थानका मुस्लिमहरुमध्ये उहांको निकै उच्च प्रतिष्ठा रहेको छ । बितिसकेको समयले बूढा बाउ चिंग क्वीलाई दिएको सबैभन्दा गहिरो अनुभव निन् स्या स्वायत्त प्रदेशका विभिन्न जातिका सर्वसाधारणको एकगठ र सहयोगव्दारा निंग स्या स्वायत्त प्रदेशलाई ठूलो रुपमा परिवर्तित पारेको कुरा हो । बाउ चिंग क्वीले भन्नुभयोः केही वर्ष र विशेष पछिल्ला केही वर्षदेखि हाम्रो निन् स्यामा भएको परिवर्तन निकै राम्रो छ र निकै ठूलो छ । विशेष गरी गरीबी क्षेत्रको शिक्षा-दिक्षा क्षेत्रमा सरकारले गरीबी क्षेत्रलाई ठूलो सहायता र ठूलो समर्थन दिएको छ । सिंगै शिक्षा क्षेत्र र जातिय एकताको क्षेत्रमा स्वायत्त प्रदेश र इन् व्छान् शहर तथा सीमा क्षेत्र र दुर्गम क्षेत्रका बीच राम्रो जानकारी र आपस्तमा समर्थन गर्ने गरिन्छ । त्यसतर्फ सरकारले पनि राम्रो काम गरेको छ । निन् स्या व्ही जातिय स्वायत्त प्रदेशको जातिय मामिला समितिका प्रमुख तथा धर्म-विभागका प्रमुख वांग जेन्ले बोल्दै निन् स्या व्ही जातिय स्वायत्त प्रदेशको स्थापना भएको पचास वर्षदेखि यता जातिय नीति लागू गर्ने , जातिय एकतालाई मजबूत पार्ने र परराष्ट्र आदान प्रदान गर्ने क्षेत्रमा अपेक्षाकृत ठूलो प्रगति हासिल भएको कुरा बताउनुभयोः चालू वर्ष हाम्रो निन् स्या व्ही जातिय स्वायत्त प्रदेशको स्थापना भएको पचासौं वार्षिकोत्सव हो ।

सच्चा रुपमा भन्ने हो भने यताका पचास वर्षमा चिनियां कम्युनिष्ट पार्टीको केन्द्रिय समिति र राज्य परिषद्को सही नेतृत्वमुनि , स्वायत्त प्रदेशको पार्टीको समिति र सरकारको सही नेतृत्वमुनि तथा सिंगै स्वायत्त प्रदेशका साठी लाख व्ही जाति र हान जातिका जनताको साझा प्रयासमा निन् स्या स्वायत्त प्रदेशको जातिय एकगठ प्रगति कार्यले असाधै शोभायमान उपलव्धि हासिल गरेको छ । जुन मुख्यतः आर्थिक र सामाजिक विकासको विभिन्न क्षेत्रबाट प्रदर्शित भएका छन् । वांग जेन्का अनुसार सुधार र खुलापन नीति लागू भएदेखि तीस वर्ष यता विशेष गरी पछिल्ला पांच वर्षमा निन् स्या व्ही जातिय स्वायत्त प्रदेशको आर्थिक र सामाजिक विकासले निकै ठूलो उपलव्धि हासिल गरेको छ र शहर तथा गाउँबस्तीको रुप-आकारमा ठूलो परिवर्तन भएको छ ।

स्वायत्त प्रदेशको कूल राष्ट्रिय गार्हस्थ्य उत्पादन बाह्र प्रतिशतको औसत दरले बढेको छ । शहर र गाउँबस्तीका वासिन्दाहरुको आम्दानी लगातार दुइ अंकले बढ्दै आएको छ । शहरबस्तीका वासिन्दाहरुको प्रतिव्यक्तिको औसत आम्दानी दश हजार चिनियां युआन्भन्दा बढी छ र ग्रामीण वासिन्दाहरुको प्रतिव्यक्तिको औसत आम्दानी पनि तीन हजार चिनियां युआन्भन्दा बढी छ । पछिल्ला केही वर्षदेखि निन् स्या व्ही जातिय स्वायत्त प्रदेशले जातिय परम्परागत संस्कृतिको बिंडो थामेको आधारमा निरन्तर रुपमा आविष्कार र विकास गरी नयां नयां सांस्कृतिक रचनाहरु निकालेको छ । "आकर्षित व्ही जाति " , "हाम्रो निन् स्या राम्रो स्थान हो" नामको नृत्य नाटकले चीनको अल्पसंख्यक जातिय सांस्कृतिक कार्यक्रमको अभिनयमा सहभागी भएर राम्रो किर्तिमान प्राप्त गरेको छ । हाल खिंचिरहेको "चीनको व्ही जाति"नामको विशेष टेलि-चलचित्रले सर्वतोमुखी रुपमा व्ही जातिको इतिहास , संस्कृति र रिति-रिवाजको प्रदर्शन गर्नेछ । यसका अतिरिक्त व्ही जातिका संगीत र व्ही जातिका भेष-भूषा र पोशाक आदि आठवटा स्थानीय जातिय सांस्कृतिक सम्पत्ति राष्ट्र स्तरीय गैर-भौतिक सांस्कृतिक सम्पदामा अंकित भएका छन् । हाल निन् स्या व्ही जातिय स्वायत्त प्रदेशका अध्यक्ष वांग चन् वैले सञ्चार माध्यमलाई अन्तर्वार्ता दिंदै यताका पचास वर्षदेखि निन् स्याका विभिन्न जातिले आपस्तमा एकगठ हुने , मेलमिलापका साथ सहअस्तित्व कायम राख्ने गर्दछन् र निन् स्याको समाज स्थिर हुने र अर्थतन्त्रको द्रुत विकास हुने कुरा बताउनुभयो । हाम्रो निन् स्यामा बसोबास गर्ने व्ही जाति र हान जाति जस्ता विभिन्न जातिका जनताले आर्थिक र सामाजिक विकास कार्यमा तनमनधन लगाई एकजूट भएर समान र एकगठ भएर आपस्तमा मदत गर्दै आएका छन् ।
निन् स्या स्वायत्त प्रदेशमा यस्तो जातिय सम्बन्ध उत्पन्न भइसकेको छ । यो चिनियां अन्तर्राष्ट्रिय रेडियोको नेपाली सेवा हो । प्रिय श्रोताहरु , यत्तिन्जेल तपाईहरु सुन्दैहुनुहुन्थ्यो : चीनको निन् स्या स्वायत्त प्रदेशको राजधानी इन् व्छामा बसोबास गर्ने मुस्लिमहरुको जीवनमा देखिएको परिवर्तनबारे केही जानकारी । यो जानकारीसंगै आजको नियमित कायंक्रम यहिं पूरा हुन्छ । कार्यक्रमबाट म लिउ होंग स्यांगलाई पनि विदा दिनुहोस् । नमस्कार ।
|