
एक दिनको कुरो हो। वाङ्ग तुङ्ग तुङ्गका ग्राहक छन स्वी टी भी सेटको मर्मत गर्न उहाँको घरमा जानुभयो। जाँचबुझ गरेपछि दुई वटा कलपूर्जा बिग्रेका थिए। मर्मत गर्न सजिलो छ। त्यसैले उहाँले नौ चिनियाँ युआन मात्र लिनुभयो। तर ग्राहक छनले उहाँलाई दश चिनियाँ युआन दिए। त्यसेबेला उहाँको पाकेटमा खुद्रा पैस थिएन। "दाइ अहिले मसंग खुद्रा पैसा छैन। केही दिनपछि तपाईंलाई तिर्न म आउँछु" भनि बताउनुभयो। केही दिनपछि उहाँ ग्राहक छनको घरमा जानुभयो।
त्यसपछी झन विश्वासिला केटा तुङ्ग तुङ्गको नाउँ अझ फैलदै आएको छ। अर्को एक जना ग्राहक लि ता हाइको भनाइ अनुसार गुरु वाङ्ग तुङ्ग तुङ्गको कद होचो र हिंड्न असजिलो भएपनि उहाँसंग प्रविधि र विश्वास भएकोले यहाँका स्थानीय बासिन्दाहरुले यदी आफ्ना इलेक्टोनिक दैनिक उपभोग्य वस्तुहरु विग्रेमा उहाँलाई खोज्ने गर्दछन्।

यसबेला उहाँको नाउँ झन् फैलिएको थियो। त्यसै भएको हुनाले केही मानिसहरुले उहाँबाट प्रविधि सिक्ने विचार गरे। सबभन्दा पहिले आएका छन चिङ्ग वाङ्ग नाउँको एक जना केटाको खुटा पनि विग्रिएको थियो। सन् 1984 मा उनको उमेर चौध मात्र थियो। एक दिन चिङ्ग वाङ्गले तुङ्ग तुङ्गको पसलमा आई उहाँलाई आफ्नो मनको कुरा व्यक्त गरे। चिङ्ग वाङ्गले आफ्नो भविष्य अँधेरो हुने चिन्ता व्यक्त गरे। तर तुङ्ग तुङ्गले सिधै अस्वीकार गर्नुभयो। तर केही दिनपछि चिङ्ग वाङ्गले फेरि आएर भने "गुरु मेरो खुटा पनि बिग्रिएको छ अरु काम गर्ने क्षमता मसँग छैन। यदी केही प्रविधि नजान्ने हो भने भविष्यमा म कसरी बाँच्ने "? यस्तो कुरा सुनेर वाङ्ग तुङ्ग तुङ्ग निकै प्रभावित हुनुभयो र उनलाई आफ्नो चेला बनाएर आफुकहाँ राख्नुभयो।
अपाङ्ग व्यक्तिहरुलाई मद्दत दिन निकै आवश्यक छ।
त्यसबेलादेखि वाङ्ग तुङ्ग तुङ्ग अर्को पात्र अर्थात गुरु बन्नुभयो। दिउँसो उहाँले चेलालाई व्यवहारिक प्रविधि सिकाउनुहुन्थ्यो भने रातमा उहाँले चेलालाई सैद्धान्तिक ज्ञानविज्ञान पढाउनुहुन्थ्यो। त्यति मात्र नभई अझै राम्रोसित पढाउनका लागि चेला गएपछि उहाँले अझै पनि केही समयसम्म आँफै पढाइ र अध्ययन गर्ने गर्नुहुन्थ्यो।
अहिले उहाँको पहिलो चेला छन चिङ्ग वाङ्गले क्वाङ्ग तुङ्ग प्रान्तको शन चङ्ग नगरमा इलेक्ट्रोनिक कम्पनि खोलिसकेका छन्। उनले कहिले पनि आफ्ना गुरुका मिजास र व्यक्तित्वबारे बिर्सकेका छैनन्। उनले याद गरेर भन्छन्

गुरुका सिपालु शिल्प र दृढ संकल्प मैले कहिले पनि बिर्सन सक्दिनं। उहाँलाई नभेटेको भए मैले इलेक्ट्रोनिक वस्तुसित सम्बन्ध राख्ने नै थिइन। काममा कुनै समस्या पर्यो भने उहाँलाई यदा गरिहाल्छु। उहाँका दृढ सिद्धान्त र व्यक्तित्व र उत्तम क्षेष्ठताले सधैं नै मलाई प्रोसाहित पार्दै आएको छ। उहाँ हुनुभएकोले मलाई गौरव लागेको छ।
उत्तम र श्रेष्ठ गुरुबाट उच्च स्तरीय विद्या निस्कन्छ र उहाँले साहिसलो भएर चेलाहरुको हेरविचार गर्नुभएको कारण उहाँको नाउँ एक मैदान दुई मैदान हुँदै उहाँबाट प्रविधि सिक्न आएका मानिसहरु थुप्राका थुप्रै हुनथाले। गएका चौबीस वर्षभित्र उहाँले आफ्नो काम गर्नुका साथसाथै ध्यान दिएर चेलाहरुलाई मर्मत गर्ने प्रविधि र राम्रो मानिस बन्ने सिद्धान्त सिकाउँदै आउनुभएको छ।
वाङ्ग तुङ्ग तुङ्गका दुई सय सत्चालीस जना चेलाहरुमा सबभन्दा ठुला चाहिं चालीस वर्षभन्दा बढी छन् भने सानोमा बीस वर्षका छन्। पहिलेका चेलाहरुमध्ये केही त आ-आफ्नो पसल खोली साहूजी बनिसकेका छन् भने केही उद्योग व्यवसायहरुमा काम गर्दछन्। जहाँ गएपनि गुरु वाङ्ग तुङ्ग तुङ्गले आफ्ना सबै चेलाहरुलाई हेरविचार गर्दै आउनुभएको छ र तन मन धन लगाएर उनीहरुका सामु देखा परिरहेका नाना किसिमका समस्याहरुको समाधन गर्ने मद्दत गर्दै आउनुभएको छ। यस वर्ष छबीस वर्षीय चेला स्युङ्ग सिआङ्ग लिनको कद वाङ्ग तुङ्ग तुङ्गको जस्तै छ। उनले आफ्ना गुरुको साहसप्रति प्रशंसा गरी भन्छन्
गुरु वाङ्गले हामी सबैलाई निकै हेरविचार गर्दै आउनुभएको छ। विशेष गरी हामीहरुले अप्ठ्यारा समस्याहरु भेट्दाखेरी उहाँले सधैं नै हामीलाई मद्दत गर्दै आउनुभएको छ। हामी दिलैदेखि उहाँलाई धन्यवाद दिन चाहन्छौं।
हाल वाङ्ग तुङ्ग तुङ्गका चेलाहरुमध्ये धेरैजसो त क्वै सि नगरमा काम गर्दैछन्। तर शाङ्ग हाइ, फु च्यान, च च्याङ्ग नगर र प्रान्त आदि ठाउँहरुमा पनि उनीहरुका छायाँ देख्न पाइन्छन्। यसबारे वाङ्ग तुङ्ग तुङ्ग निकै संतुष्ट हुनुहुन्छ। उहाँको भनाइ अनुसार चेलाहरुलाई सिकाएर समाजका लागि बेरोजगारी समस्याको समाधान गर्न बढी योगदान दिनु त मेरो कर्तव्य हो र उनीहरुको सफलता नै मेरो सबभन्दा ठूलो प्रतिफल हो।
|