
चीनमा सबैभन्दा पहिले स्थापना गरिएको धेरै उद्योगको आधार क्षेत्रको रुपमा रहेको उत्तर-पूर्वी चीनको ल्याउ नीङ प्रान्तले चीनको आर्थिक विकासका लागि ठूलो योग्दान दिएको छ। पुरानो उद्योगको आधार क्षेत्रको रुपमा ल्याउ नीङ प्रान्तको धेरै ठूलो बृद्धि हुने तरीका र शहरहरुमा आधारभूत प्रबन्धको निर्माण पछि परेको कारणले गर्दा ल्याउ नीङ प्रान्तको विभिन्न शहरले वातावरणीय प्रभाव परेको छ। धेरै चिम्नीहरु र कालो धूँवा ल्याउ नीङ प्रान्तको केही शहरको द्योतक भएका छन्।
विगत केही वर्षदेखि यता, उत्तर-पूर्वी पुरानो आधार क्षेत्रहरुलाई उदय गर्ने परियोजनाहरु क्रमश व्यवहारमा उतारिरहेको साथसाथै ल्याउ नीङ प्रान्तले हावापानीको प्रदूषण गर्न नदिने कार्यमा स्पष्ट उपलब्धि हासिल गरेको छ।

ल्याउ नीङ प्रान्तको सदरमुकामको रुपमा रहेको शन याङ शहर ल्याउ नीङ प्रान्तको सबैभन्दा ठूलो औद्योगिक शहर हो। शन याङ शहरले सन् 2001 मा"वातावरणको संरक्षणसम्बन्धी राष्ट्रिय आदर्श शहर"को सिर्जना गर्ने लक्ष्य प्रस्तुत गरेको थियो। शन याङ शहरले एकपछि अर्को गरी चालीस अर्ब चिनियाँ युआनको लगानी लगाएर ठूलो परिमाणमा चौतर्फी रुपमा वातावरणको प्रदूषण गर्न प्राप्त गरेको छ। चार वर्षपछि शन याङ शहरले फड्को मार्ने गरी औद्योगिक प्रदूषणको शहरबाट "वातावरणको संरक्षणसम्बन्धी राष्ट्रिय आदर्श शहर"मा परिणत भएको छ।
शन याङ शहरका उप प्रमुख सिङ खाइले जानकारी दिंदै भन्नुभयो---वातावरण संरक्षणको मुख्य विषयको रुपमा शन याङ शहरले हावापानीको प्रदूषण गर्न नदिने कार्यमा शहरको बनौट, ऊर्जा-श्रोतको बनौट र व्यवसायको बनौटलाई सुव्यवस्थित पारेको छ र सर्वश्रेष्ठ तुल्याएको छ। थप जानकारी दिदै श्री सिङले भन्नुभयो:

"हामीले कछाड क्षेत्रहरु तथा जिल्लाहरुमा एघार वटा केन्द्रीत र मितव्ययी औद्योगिक विकास क्षेत्रहरुको स्थापना गरेका छौं। हरेक वर्ष शन याङ शहरले पुरानो क्षेत्रको केही औद्योगिक उद्योग-व्यवसायहरु रद्द गरेको र सारेको छ। त्यसपछि शन याङ शहरको केन्द्रीय क्षेत्रमा आधुनिक सेवा व्यवसायआदि कम प्रदूषण व्यवसायहरुको विकास गरिएको छ। पूर्वी क्षेत्रमा पर्यावरणीय पर्यटन व्यवसाय क्षेत्र छ। दक्षिणी क्षेत्रमा नयाँ तथा उच्च प्रविधि व्यवसाय क्षेत्र छ। पश्चिमी क्षेत्रमा प्रबन्धको उत्पादन व्यवसाय क्षेत्र छ। उत्तरी क्षेत्रमा कृषी उत्पादन-वस्तुको प्रशोधन व्यवसायको क्षेत्र छ। यो शन याङ शहरको विकासको नयाँ बनौट हो।"
|