china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    तिब्बतको शिक्षा
    (GMT+08:00) 2009-10-13 09:20:44    

    रवि- श्रोताहरु, हामीले अगिल्लो हप्तामा चीनको तिब्बतमा रहेको गोर्खा प्राथमिक विद्यालयको बारेमा कुराकानी गरेका थियौं । ध्रुवजीऽ आजको कार्यक्रममा तपाईंले कुन विषयमा कुराकानी गर्ने विचार गर्नुभएको छ?

    ध्रुव- रविजी, मैले श्रोताहरुलाई गत हप्ताको कार्यक्रममा चीनको तिब्बतमा 70 वर्षअगाडि नेपाल सरकारद्वारा स्थापित गोर्खा स्कूलको बारेमा जानकारी दिएको थिएँ । सुरुमा अन्तर्राष्ट्रिय स्कूलको रुपमा ख्याति कमाएको सो स्कूलको अवस्था अहिले दयानीय बन्दै गएको छ । तर गोर्खा प्राथमिक विद्यालयको अवस्था र तिब्बतको समग्र शैक्षिक विकास हेर्ने हो भने ठ्याक्कै उल्टो छ । त्यसकारण आजको कार्यक्रममा प्रजातान्त्रिक सुधार गरिएको 50 वर्षमा तिब्बतको शैक्षिक क्षेत्रमा भएको विकास र तिब्बतको वर्तमान शैक्षिक अवस्थाका बारेमा श्रोताहरुलाई जानकारी दिने विचार गरेको छु ।

    रवि- हुन्छ ध्रुवजी । तपाईंले आजको कार्यक्रममा तिब्बतको शैक्षिक विकास बारेमा हामीहरुलाई जानकारी दिनुहोस् ।

    ध्रुव- रविजी, तिब्बत जनसरकारले प्रविधिको र संस्कृतिको विस्तार गर्ने उद्देश्यले त्यहाँको शिक्षा प्रणालीलाई व्यवस्थित गर्नका लागि ठूलो ध्यान पुर्याएको मैले मेरो अध्ययनबाट पाएको छु । पछिल्लो तथ्याङ्क हेर्ने हो भने सन् 2008को अन्त्यसम्ममा तिब्बतमा 1 हजार 17 स्कूलको स्थापना गरिसकिएको छ जसमा 884 प्राथमिक तहका, 117 नियमित माध्यमिक तहका, दश प्राविधिक शिक्षालय र छ वटा विश्वविद्यालय र क्याम्पस सञ्चालन गरिसकिएका छन । तिब्बतको शिक्षाले स्थानीय विशेषता ग्रहण गरिसकेको छ जसले शिशु स्याहार केन्द्र, प्राथमिक र माध्यमिक शिक्षा, उच्च शिक्षा, व्यवसायिक शिक्षा र युवा शिक्षालाई समेटेको छ ।

    रवि- ध्रुवजी, तिब्बतमा प्रजातान्त्रिक सुधार हुनुभन्दा अगाडि त्यहाँको शैक्षिक अवस्था कस्तो थियो ?

    ध्रुव- रविजी, प्रजातान्त्रिक सुधार लागू हुनुभन्दाअगाडि तिब्बतको शिक्षा त्यहाँका गुम्बाहरुमा मात्रै सिमित थियो । त्यहाँको निरक्षरताको दर 95 प्रतिशत थियो । मेरो विचारमा शिक्षाको गुणस्तर वृद्धि गर्दै तिब्बती जनतालाई वैज्ञानिक तथा सांस्कृतिकरुपमा जागृत गराउने उद्देश्यले स्थानीय सरकारले आधारभूत शिक्षाप्रणालीको स्थापनाको लागि लगानी वृद्धि गर्दै युवा र मध्यउमेरका जनसंख्यामा रहेको निरक्षरता घटाउन ठूलो ध्यान पुर्याएको छ । सन् 2008को अन्त्यसम्ममा तिब्बतमा भएका सबै 73वटै काउन्टीले विद्यालयस्तरका सबै बालबालिकालाई छ-वर्षे अनिवार्य लागू गर्ने जिम्मेवारीलाई पूरा गरिसकेका छन् । जसमा शतप्रतिशत बालबालिका समेटिएका छन् । तिब्बतमा सन् 2008मा 3 लाख 11 हजार 8 सय विद्यार्थीहरु प्राथमिक तहमा अध्ययन गरिरहेका थिए भने तिब्बतको नयाँ विद्यार्थी भर्नादर 98.5 प्रतिशत रहेको छ । अझ यसमध्ये पनि 70वटा काउन्टीले त स्कूल जाने उमेरका सबै विद्यार्थीलाई 9 वर्षे अनिवार्य शिक्षा लागू गर्ने नीतिलाई सफलताका साथ कार्यान्वयन गरिसकेका छन्, जसले तिब्बतका 90.2 प्रतिशत विद्यार्थीलाई समेट्न सफल भएका छन् ।

    रवि- श्रोताहरु, आजको कार्यक्रममा हामीहरुले तिब्बतमा शिक्षाको विकास क्रम र अहिलेको शैक्षिक अवस्थाका बारेमा छलफल गरिरहेका छौं । ध्रुवजी, तपाईंले यो नेपाली गीत बज्नुअगाडि तिब्बतको प्राथमिक शिक्षाको अवस्थाका बारेमा जानकारी दिनुभएको थियो । तिब्बतको माध्यमिक र निम्नमाध्यमिक विद्यालयस्तरको शैक्षिक अवस्थाको बारेमा जानकारी दिनुस् न ।

    ध्रुव- हुन्छ रविजी । तिब्बतमा निम्नमाध्यमिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुको संख्या करिब 1 लाख 40 हजार पुगेको छ । तिब्बतमा निम्नमाध्यमिक विद्यालयमा विद्यार्थीहरुको भर्नादर 92.2 प्रतिशत रहेको छ । त्यसैगरी उच्चशिक्षा हासिल गरिरहेका विद्यार्थीहरुको संख्यामा पनि निररन्तरुपमा वृद्धि भइरहेको छ । सन् 2008को अन्त्यसम्ममा उच्चशिक्षा हासिल गरिरहेका तिब्बती विद्यार्थीको संख्या 44 हजार 6 सय पुगेको छ । उच्चशिक्षालयहरुमा विद्यार्थीको भर्नादर 51.2 प्रतिशभन्दा बढी रहेको छ । अहिलेको अवस्थामा रहेको तथ्यांक केलाउने हो भने तिब्बतका सबै मानिसहरुले सरदर छ वर्षभन्दा बढी समयको औपचारिक शिक्षा हासिल गरिसकेका छन् ।

    अझ मलाई रमाइलो लागेको पक्ष के भने रविजी, 50 वर्षभन्दा कम उमेरका मानिस र स्कूले शिक्षा हासिल गर्नबाट बञ्चित युवाहरुलाई लक्षित गरी सरक्षरता कक्षा र सन्ध्याकालीन कक्षाहरुको प्रवन्ध मिलाइएको छ जसबाट तिब्बतको निरक्षतादरलाई दुई दशमलब चारमा झार्न स्थानीय सरकर सफल भएको छ ।

    रवि- विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थीको बारेमा पनि जानकारी दिनुहोस् न ।

    ध्रुव- रविजी, अब विश्वविद्यायलमा अध्ययन गर्ने विद्यार्थीको पनि तथ्यांक हेरौं । सन् 2008मा 29 हजार 4 सय नौ जना विद्यार्थीहरुले उच्चशिक्षा हासिल गरिरहेका थिए । विश्वविद्यालयको 19.7 प्रतिशतको भर्नादरले के देखाउँछ भने त्यहाँको शिक्षणविधी र शिक्षाको गुणस्तरमा आएको सुधारलाई प्रतिविम्वित गर्छ ।

    तिब्बतमा सन् 1959मा सबैभन्दा पहिला माध्यमिकतहको प्राविधिक विद्यालयको खुलाइएको थियो । 50 वर्षको अवधिमा त्यहाँ खोलिएका प्राविधिक विद्यालयहरुको संख्या 10 पुगिसकेको छ जसमा 21 हजार विद्यार्थीहरु अध्ययन गरिरहेका छन् । सन् 2001 मा सुरु भएको दशौं पञ्चवर्षीय योजनाबाट तिब्बतमा उच्चतहको प्राविधिक शिक्षाको सुरुवात भएको थियो । त्यसपछि त्यसको तीब्र विकास भइरहेको छ । हाल तिब्बतका उच्च प्राविधिक विद्यालयहरुमा 5 हजार विद्यार्थीहरुले अध्ययन गरिरहेका छन्।

    रविजी, केन्द्रीय सरकारको सहयोगमा तिब्बतमा सबै 74 वटै काउन्टीहरुले मजदूर कृषकहरुका लागि तालिम केन्द्रहरुको स्थापना गरेका छन् । तिब्बतको श्रमबजारलाई ध्यानमा राखेर कृषि, पशुपालन र औजार मर्मतसम्बन्धी व्यवहारिक सीप र प्राविध कृषक र पशुपालक कृषकलाई दिने गरिएको छ । सन् 2008 सम्ममा तिब्बतका 2 लाख 55 हजार कृषक तथा पशुपालकहरुलाई तालिम दिएर स्थानीय श्रमशक्तिको गुणस्तर वृद्धि गरिएको छ ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040