china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनद्बारा परिपक्व दृष्टिबाट विश्व फुटबल प्रतियोगिताको आयोजना गर्न दर्खास्त गर्ने कुरामा नजरको पहिलो भाग
    (GMT+08:00) 2009-10-16 09:45:49    

    s

                     चीन विश्वमा फुटबलका सबैभन्दा बढी फुटबल प्रेमी दर्शकहरु भएको मुलुक हो। फुटबल खेलकूदको सर्वोच्च स्तरीय प्रतियोगिताको रुपमा रहेको विश्व कप प्रतियोगिताको शुरुदेखि नै चीनका फुटबल प्रेमी दर्शकहरुलाई ज्यादै मन पर्ने प्रतियोगिता हो। चीनले पैचिंग ओलिम्पिक खेलकूदको सफल आयोजना गरेपछि अन्तर्राष्ट्रिय फुटबल मञ्चले सन् 2018 र 2022 का विश्व कप फुटबल प्रतियोगिताको आयोजना गर्न दर्खास्त दिन चीनमाथि ठूलो आशा राखेको थियो। जुन चीनका धेरै फुटबल प्रेमी दर्शकहरुको पनि मनोभिलाषा हो। तर सबैको सोचाईभन्दा फरक रहेको कुरा के हो भने चीनको सम्बन्धित पक्षले विवेकशील सोच विचार गरेपछि त्यसको आयोजना गर्न दर्खास्त गरेको थिएन। आजको खेलकूद कार्यक्रममा म यसै विषयलाई लिएर केही चर्चा गर्नेछु।

                    सुइस समय अनुसार फेब्रुअरी दुइ तारिख राती बाह्र बजेससम् अन्तर्राष्ट्रिय फुटबल संघले सन् 2018 र 2022 का विश्व कप फुटबल प्रतियोगिताको आयोजना गर्न दर्खास्त दिन निर्धारित गरेको म्याद टुँगिने समय हो। एशिया, यूरोप, अमेरिका महाद्बीप र ओसिनियाका एघारवटा मुलुकले दर्खास्त पत्र पेश गरेका छन। तीमध्ये चीनको नाउँ छैन।

                     पैचिंगले सन 2008 मा उनन्तीसौं ग्रीष्मकालीन खेलकूदको सफल आयोजना गरेको कारण अन्तर्राष्ट्रिय जनमतले चीनले विश्व कप फुटबल प्रतियोगिताको आयोजना गर्न दर्खास्त गर्ला भन्ने उत्कट अभिलासा राखेको छ। अन्तर्राष्ट्रिय फुटबल संघका अध्यक्ष जोसेफ एस ब्लाटरले पनि फरक ठाउँमा समान अपेक्षा राख्नुभयो। चीनका व्यापक फुटबल प्रेमी दर्शकहरु त झन सक्रिय देखिन्छन। सारा विश्वले चिनियाँ फुटबल संघले सबैलाई दङ्ग पार्ला भनेर कुरिरहेको थियो। त्यसैले चीनले दर्खास्त नगरेकोमा स्वदेशी र विदेशी संचार माध्यमहरुलाई अचम्म लागेको थियो। चीनका केही फुटबल प्रेमी दर्शकहरुलाई पनि धेरै निराशा लाग्यो। पैचिंगको फुटबल प्रेमी दर्शक ह व्हा लीले पत्रकारलाई भन्नुभयो-

                    "एकजना फुटबल प्रेमी दर्शकको नाताले मलाई आफ्नो घरदैलो अगाडि चिनियाँ फुटबल टीमले प्रतियोगिताको क्रीडास्थलमा आफ्नो फुर्तिलोपन देखाएको हेर्न मन लाग्छ। साथै अरु मुलुकका फुटबल टीमको उच्च स्तरीय प्रदर्शनी पनि हेर्न पाइनेछ। यसबाट हामीलाई साँच्चै अर्थमा रहेको फुटबल वातावरणको महसूस हुन सक्नेछ"।

                    सन् 2018 र 2022 का विश्व कप फुटबल प्रतियोगिताको आयोजना गर्न दर्खास्त गर्ने अवसर गुमाएपछि चीनले कतिवटा चार वर्ष भएपछि विश्व कपको आयोजना गर्ने अधिकार पाउन सक्नेछ त? चीनको व्यवसायी खेलकूद पत्रिका "खेलकूद साप्ताहिक" का उप प्रधान सम्पादक मा त शिंगले सन 2034 सम्म कुरेपछि मात्र चीनले विश्व कप प्रतियोगिताको आयोजना गर्ने अधिकार पाउने सम्भावना रहेको ठहर लिनुभएको छ। उहाँले भन्नुभयो-

                  "मेरो व्यक्तिगत विचारमा यस पटकको अवसर गुमेपछि सबैभन्दा चाँडोमा सन 2034 मा मात्र अवसर मिल्ला। अन्तर्राष्ट्रिय फुटबल संघले शुरुमा विश्व कप प्रतियोगिता विभिन्न महाद्बीपमा आलो पालो गरी आयोजना गर्ने नियम लागू गरेको थियो। पछि यस नियमलाई रद्द गरियो। तर विश्व फुटबल मञ्चको केन्द्रको रुपमा रहेको अन्तर्राष्ट्रिय फुटबल सं‍घले प्रत्येक तीन पटक विश्व कप फुटबल प्रतियोगितामध्येको एक पटकको आयोजक मुलुक यूरोप नै हुनुपर्ने निर्णय गरेको छ। हालको अवस्थाबाट हेर्दा बेलायतले सन 2018 को विश्व कप प्रतियोगिताको आयोजना गर्ने अधिकार पाउने धेरै सम्भावना रहेको देखिन्छ। यस आधारमा सन 2022को विश्व कप प्रतियोगिताको आयोजना सम्भवतः एशिया प्रशान्तको मुलुकले गर्ला। अनि सन 2026 को विश्व कप प्रतियोगिताको आयोजना सम्भवतः अमेरिकी महाद्बीपको मुलुकले गर्ला। सन् 2030 मा फेरि यूरोपमा फर्कनुपर्‍यो। त्यसैले त्यसको चार वर्षपछि अर्थात सन 2034 को विश्व कप प्रतियोगिताको आयोजना गर्ने अधिकार मात्र एशियाली मुलुकको हातमा पर्नेछ र यस्तो वेलामा मात्र चीनले अरु एशियाली मुलुकहरुसंग प्रतिस्पर्द्धा गर्ने अवसर पाउनेछ। अर्को लबजमा भन्ने हो भने त्यो साल सन 2034 साल हुने छ"।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040