
हरेक वर्षको अगष्ट महिनामा अमेरिकाको न्युयोर्क स्थित संयुक्त राष्ट्र संघको मुख्यालयमा हुने एउटा विश्वका युवा-युवतीहरु बीचको ठूलो समारोह छ। हामीले त्यसलाई संयुक्त राष्ट्र संघको युवा-युवतीहरु बीचको मैत्रिपूर्ण आदान-प्रदान सम्मेलन भन्छौं। आफैलाई विश्वास गर्ने, अरुसँग खुला हुने, समाजलाई ख्याल-विचार गर्ने र राजनीतिमाथि रुची लगाउने पैचिङ्ग युवती तुआन यिङ्ग चले चिनियाँ प्रतिनिधि मण्डलमा यस वर्षको सम्मेलनमा भाग लिने छिन। आजको कार्यक्रममा हामी उनको बारेमा केही जानकारी दिने छौं।
युनेस्को, संयुक्त राष्ट्र संघीय बाल-बालिका कोष, संयुक्त राष्ट्र संघीय वातावरणको तर्जुमा समिति र संयुक्त राष्ट्र संघीय मैत्रिपूर्ण परिषद्ले संयुक्त रुपमा संयुक्त राष्ट्र संघको युवा-युवती सम्मेलनको आयोजना गरेका हुन् र संयुक्त राष्ट्र संघ अन्तर्गत "मैत्रिपूर्ण दूत कोष"को अध्यक्षतामा पनि। उक्त सम्मेलन विगत पांच वर्षदेखी आयोजना गरिंदै आएको छ र हरेक वर्ष विश्वका सत्तरीभन्दा बढी मुलुक र क्षेत्रका हजारौं युवा-युवती सहभागी हुन्छन्। त्यसैले त्यसलाई विश्वका युवा-युवतीहरु बीचको रण्नैतिक समारोह मान्ने गरिएको छ।

16देखि 25वर्षसम्म उमेरका युवा-युवतीले उक्त मात्र सम्मेलनमा भाग लिन पाउछन्। त्यसैले पैचिङ्ग छाउ याङ्ग विदेशी भाषा स्कूलमा पढ्ने सत्र वर्षीय तुआन यिङ्ग च त्यसमा संलग्न हुने भएकी छन् । तर उनले त्यसमा भाग लिने अवसर कसरी प्राप्त गरिन? ल अब हामी उनले सम्मेलनको संचालन गर्ने समितिलाई पठाएको आफ्नो अन्ग्रेजी जानकारी सुन्नौं—
म एक जना खुला भवनाको मान्छे हुँ, अरु मान्छेहरुका लागि खुलस्त छु। आफ्ना सहपाठीहरुसँग मेलमिलाप भै पढेका छौं। मेरा साठीहरुसक्षम केही कठिनाई भयो भने मैले उनहरुलाई सघाउ दिनसकिन्छ होला भन्ने साठीहरुले सोच-विचार गर्थे।यसबाहेक समाजका लागि साझा हितकर हुने काम-काजमा सधैं नै ध्यान दिने गरेको छु। विश्वका विभिन्न कुराबारे अझ राम्रोसँग थाहा पाउनुपर्यो। सबैभन्दा महत्वपूर्ण कुरा के हो भने अझ धेरै अनुभव हासिल गर्नुपर्यो। यो संयुक्त राष्ट्र संघको युवा-युवती सम्मेलनमा भाग लिएर हासिल गर्न सकिन्छ। विश्वका वरिष्ट मान्छे र वरिष्ट युवा-युवतीहरुसँग घनिष्ट रुपमा भेट गर्न पाउने यो एउटा धेरै राम्रो मौका रहेको छ।

हार्दिक भै समाजका लागि हितकर रहेको काममा योग्दान दिने र राजनीतिमा ध्यान दिने उक्त युवतिको सबैभन्दा विषेशता छ। चीनको परम्परागत सांस्कृतिमा निहित ठूलो बौद्धमा तुआन यिङ्ग चले धेरै रुची लगाउँथ्ये। उनले भनिन्—
म सानो भएको बेलामा मेरा बूवाले मलाई एउटा चिनियाँ पुरातात्विक सांस्कृतिक पुस्तक किन्नुभयो। त्यसमा चीनको युगौं-युग्देखिका प्रसिद्ध मान्छेका कथा, प्रसिद्ध युद्ध र सांस्कृतिक लेख जस्ता विषयहरु रहेका छन्। चीनको छुन छ्यु चान को भन्ने कालमा उत्पन्न भएको कुरामा मैले धेरै रुची लगाएकी थिइन। त्यो बेलामा यहीं पुस्तकमा लेखिएको चिनियाँ अक्षर सबै थहा पाउन सक्दिनं थिए, थाहा पाउने कुरा मात्र पढेको थिए। माध्यमिक स्कूलको पढाई शुरु भएपछि इतिहास कक्ष पढ्न थाले। इतिहास कक्षबाट मात्र चीनको इतिहास सिक्न पुग्दैन जस्तो मलाई लाग्यो, त्यसैले अरु पुस्तक किनेर चीनको इतिहासबारे सिक्दै छु।
|