china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनको ल्याउ नीङ प्रान्तद्बारा हावापानीको प्रदूषण गर्न कडा प्रतिवन्ध लगाइएको विषयबारे जानकारीको दोस्रो भाग
    (GMT+08:00) 2009-10-20 09:28:56    

               थ्य सि क्षेत्र शन याङ शहर धेरै उद्योग-व्यवसायहरुको संख्या सबैभन्दा बढी हुने क्षेत्र हुनुका साथै शन याङ शहरमा हावापानी प्रदूषण गरिएको सबैभन्दा गम्भीर क्षेत्र हो। अहिले थ्य सि क्षेत्रको वातावरणमा परिवर्तन भएको छ। थ्य सि क्षेत्रमा बस्ने श्री को चिङ सोङले भन्नुभयो:  

               "अहिले थ्य सि क्षेत्रको हावापानी राम्रो छ। उद्योग क्षेत्र सारिएको छ। अहिले थ्य सि क्षेत्रमा बस्ने वासिन्दाहरुको जीवन आनन्द मय छ। थ्य सि क्षेत्रको वातावरण परिवर्तन अन्तर्राष्ट्रिय समाजद्बारा ध्यान दिइएको छ। सन् 2008 मा संयुक्त राष्ट्र संघले थ्य सि क्षेत्रलाई विश्वमा बस्न सक्ने आदर्श पुरस्कार प्रदान गरेको छ।

               शन याङ शहरजस्तै ल्याउ नीङ प्रान्तको आन शान शहरले पनि हावापानीको गुणस्तरको सुधार गर्न प्रयास गरेको छ। लगभग एक सय वर्ष इस्पातको उत्पादन गर्ने धेरै उद्योगको रुपमा रहेको आन शान शहरले हावापानीको प्रदूषणको सुधार गर्ने कार्य बढी भएको छ। आन शान शहरका लागि प्रदूषणको मुहान आन शहरको केन्द्रीय क्षेत्रमा पर्ने आन शान फलाम तथा इस्पात समूहबाट आएको हो। आन शान फलाम तथा इस्पात समूहका उप महाप्रबन्धक याउ लिनले जानकारी दिनुभयो---फलाम तथा इस्तातको उत्पादनका क्रममा हावापानीको प्रदूषण समस्याको समाधान गर्नका लागि आन शान फलाम तथा इस्पात समूहले वातावरणको संरक्षणसम्बन्धी विचारलाई सबल पारेको छ, सम्बन्धित प्रविधिको सुधारलाई गति प्रदान गरेको, बढी ऊर्जा-श्रोत खपत हुने र बढी प्रदूषण हुने प्रविधि तथा प्रबन्ध निष्काशन गरेको छ। श्री याउले भन्नुभयो:  

              "हामीले स्वाधीन बौद्धिक अधिकार रहेको आधुनिक उत्पादन लाइनको निर्माण गरिसकेका छौं। ऊर्जा-श्रोतको खपत, सामग्रीको खपत र विभिन्न प्रदूषित सामग्रीको निष्काशन ठूलो मात्रामा घटेको छ।"

               हाल आन शान शहरले "हरित आन शान फलाम तथा इस्पात समूह"लाई लक्ष्यको रुपमा राखेर "हरित"उत्पादनको औद्योगिक प्रविधिको अनुगमन र प्रयोगलाई मजबुत पार्दैआएको छ र ऊर्जा-श्रोतको पुनःप्रयोग गर्ने दरलाई बढाउँदैआएको छ।

               थाहा भएअनुसार, भविश्यमा ल्याउ नीङ प्रान्तको सम्बन्धित विभागले प्रदूषित सामग्रीको मुहानलाई निरन्तर रुपमा नियन्त्रण गर्ने, हरित उत्पादनमा जोड दिने जस्ता अनेकौं कदमहरु चालेर हावापानीको प्रदूषण कम गर्न प्राप्त गरेको उपलब्धि कायम राख्ने र ल्याउ नीङ प्रान्तका शहरहरुको झन् बढी वातावरणको गुणस्तरमा सुधार गर्ने छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040