china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनद्बारा परिपक्व दृष्टिबाट विश्व फुटबल प्रतियोगिताको आयोजना गर्न दर्खास्त गर्ने कुरामा नजरको दोस्रो भाग
    (GMT+08:00) 2009-10-23 09:05:38    

                  निराशाको आवाज फुटबललाई चोखो माया गरेका मानिसहरुबाट आएको हो। तर गहिरो गरी विश्लेषण गरिएपछि दर्खास्त गर्न त्यागेको कुराबाट चीनले परिपक्व दृष्टिबाट विश्व फुटबल प्रतियोगिताको आयोजना गर्न दर्खास्त गर्ने कुरामा नजर पुर्‍याएको प्रष्ट्याइएको छ।

                 वास्तवमा विश्व कप फुटबल प्रतियोगिताको आयोजना गर्न दर्खास्त दिनु र आयोजना गर्नु अति भारी र झण्झट काम हो। विश्व कप फुटबल प्रतियोगिता आयोजक मुलुकका कमसेकम नौवटा वा बाह्रवटा शहरहरुमा चलाउनुपर्ने नियम छ। यसैले लाखौं लाख फुटबल प्रेमी दर्शकहरुको सुरक्षा, बसाई र यातायात लगायतका धेरै समस्याहरु आइपर्नेछन। यसका लागि लामो समयसम्म र सूक्ष्मताका साथ तम्तयार गर्नुपर्दछ। पैचिंग ओलिम्पिक खेलकूदको सफल आयोजनाबाट चीनलाई विश्व कप फुटबल प्रतियोगिताको आयोजना गर्ने पूरै क्षमता भएको कुरा प्रमाणित भएको छ। तर यसबाट कति दुख र श्रम गर्नुपर्‍यो भन्ने कुरा पनि चीनलाई स्पष्टसंग थाहा छ। यस बारे कुरा उठाउँदा अखिल चीन खेल आयोगका उप प्रमुख छुइ ता लिनले भन्नुभयो-

                   "बुद्धि पुर्‍याएर विश्लेषण गर्ने हो भने फुटबलको विश्व कप प्रतियोगिताको आयोजना गर्न दर्खास्त दिंदा ओलिम्पिक खेलकूदकोभन्दा कम कठिन छैन। हुन त्यो एउटा एकल प्रतियोगिता हो तैपनि त्यस प्रतियोगिता धेरै ठाउँमा चल्नुपर्ने भएको हुँदा धेरै समस्याहरु भेटिनेछ। धेरै जटिल समस्याहरुको राम्ररी अध्ययन र तर्क वितर्क गर्नुपर्दछ"।

                   वास्तवमा एक पटक विश्व कप फुटबल प्रतियोगिताको आयोजना गरेर आयोजक मुलुकको छबी बढ्नुका साथै सो मुलुकको आर्थिक विकासका लागि राम्रो सुअवसर मिल्नेछ। यसै कारणले हो धेरै मुलुकहरुले जति ठूलो मूल्य तिरे पनि विश्व कप प्रतियोगिताको आयजना गर्ने अधिकार पाउन प्रयास गरेका छन। तर पैचिंग खेलकूद विश्वविद्यालयका प्रोफेसर श्योंग श्याउ चंगले कुराकानी गर्दै ठीक यस्तो अन्तर्राष्ट्रिय प्रतियोगिता अति महत्वपूर्ण भएकोले नै दर्खास्त दिनुभन्दा अघि झन विवेकशील विचार र सूक्ष्म तयारी गर्नुपर्ने ठहर लिनुभएको छ। सबैतिर सोच विचार गरेको आधारमा हाल चीन विश्व कप प्रतियोगिताको घरपट्टिको सट्टा सहभागी बन्नु झन उचित हुने विचार पनि प्रोफेसर श्योंगले व्यक्त गर्नुभयो।

                     विगत केही वर्षदेखि यता चिनियाँ पुरुष फुटबल टीमले अन्तर्राष्ट्रिय प्रतियोगिताको रङ्गमञ्चमा राम्रो अङ्क प्राप्त गरेको छैन। यो पनि चिनियाँ फुटबल संघले विश्व कप फुटबल प्रतियोगिताको आयोजना गर्न दर्खास्त गर्न त्यागेको एक कारण हो। हालै चिनियाँ फुटबल संघका उप प्रमुख नान योंगले भन्नुभयो कि युवा युवतीलाई तालिम दिने र व्यवसायी फुटबल प्रतियोगिता व्यवस्थाको निर्माण गर्ने कार्यलाई सशक्त तुल्याउनु र अन्तर्राष्ट्रिय फुटबल क्षेत्रमा चीनको होडबाजी क्षमतालाई बढाउनु वर्तमान कालका लागि चिनियाँ फुटबलको जरुरी काम हो। यदि चीनले विश्व कप प्रतियोगिताको आयोजना गर्न दर्खास्त गर्ने हो भने अब आउने धेरै समयमा आफ्नो शक्ति यसको तयारी कार्यमा लगाउनुपर्थ्यो। यसो गरेमा चिनियाँ फुटबल संघको ध्यान चारैतिर बाँडिने थियो।

                    चिनियाँ फुटबल संघले जग बसाल्ने कार्यबाट थालेर चिनियाँ फुटबलको स्तरलाई बढाउन युवावर्गलाई तालिम दिन जोड लगाइरहेको छ। चीनका बढीभन्दा बढी युवावर्गले फुटबल खेलकूदलाई मन पराएर यसमा हाम फाल्ने जुन दिन आउनेछ, त्यो चीन अन्तर्राष्ट्रिय फुटबल मञ्चको उच्च स्तरीय प्रतियोगिता अर्थात विश्व कप प्रतियोगिताका लागि आफ्नो पाखुरा फैलाउने दिन आउनु अवश्यमभावी छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040