china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनको जातीय कला सम्बन्धि जानकारीको दोस्रो भाग
    (GMT+08:00) 2009-10-23 09:11:13    

            मुकाम चीनको उत्तर-पश्चिमी भागमा बसोबास गर्ने युगुर जातिका मानिसहरूमाझ निकै लोकप्रिय गायन कला हो। गत शताब्दीको पचास/साठी दशकदेखि चीनका तत्कालीन प्रधानमन्त्री चौ अन लाइले यस किसिमको कला तथा कलाकारमा ठूलो महत्व दिनुभएको थियो।

           अरु धेरै किसिमका परम्परागत कला जस्तै मुकाम पनि मुखबाट मुखसम्म सारिँदै आएको छ। यस किसिमको कलाको प्रणाली ठूलो भएको र गीत लामो भएकोले इतिहासमा विलिन हुन लागेको थियो। यसबारे जानकारी दिँदै मुकाम कला अध्ययनरत सिनच्याङ शा छ जिल्लाको सांस्कृतिक टोलीका प्रमुख इल्हामले भनेः

           "जनगणतन्त्र चीन स्थापित हुनुअघि मुकामको अवस्था त्यति राम्रो थिएन। आउनेहरूको स‌ख्या पनि घट्दै गरेको देखियो र आउनेहरूलाई एउटा सानो भाग मात्र आउँथ्यो। देशको स्थापना भएपछि प्रधानमन्त्री चौ अन लाइले विशेषज्ञ पठाएर मुकामको रेकर्डिङ्ग गर्न लगाउनुभएको थियो। त्यति बेला मुकाम आउनेहरू वृद्धाहरू थिए र कोही मात्र बाँकी थिए। सरकारले समयमै यस किसिमको कलालाई बचाएको थियो।"

            इल्हामले बस्ने शाछ जिल्ला 'श अर मुकाम'को जन्मथलो हो। त्यहाँ इतिहासमा शक्तिशाली राजवंश इर्छ्याङहान नामक मुलुकको राजधानी थियो। त्यतिबेला, त्यस मुलुकका राजी अमानीशा एकजना वरिष्ठ कवि तथा संगीतकार थिइन्। उनले जीवनभरि मुकामको अध्ययन तथा संकलन गरी त्यति खेर झञ्झट भएका मुकामलाई बाह्रवटा संगीत बनाइन र आज आएर ती बाह्रवटा संगीतलाई श अर मुकाम भनिन्छ।

           मुकाम अक्सिजन तथा खाना जस्तै नभइ नहुने चीज हो भन्ने कुरा स्थानीय बासिन्दाहरू मान्दछन्। दुर्लभ हुनलागेको यस किसिमको कला बचाउनका लागि चीनको संस्कृति मन्त्रालयले संगीतकार टोली पठाई मुकामको संकलन गर्‍यो। गत शताब्दीको असीको दशकमा सिनच्याङ युगुर स्वायत्त प्रदेश मुकाम अध्ययन केन्द्र तथा सिनच्याङ मुकाम कला टोली गठन भए। सन् 2005मा चीनको सिनच्याङ युगुर जातीय मुकामलाई युनेस्कोको मानवजातिको मुख्य तथा भौतिक सांस्कृतिक सम्पदा सूचीमा समावेश गरियो।

           शाछ जिल्लामा लोक प्रदर्शन टोलीको पनि गठन भयो। उक्त टोलीले चीनलगायत् विश्वमा प्रदर्शन गर्ने गरेको छ। शाछ जिल्लामा तेह्रजना मुकाम लोक कलाको निरन्तरता दिने कलाकारलाई निश्चित गरिएको साथै निहीत शक्ति भएका बाल-बालिकाहरू कला कलेजमा अध्ययन गर्न पठाइएका छन्।

            मुकाम कलाकार युसुप टोहटीले बालकदेखि नै बुबासँग मुकाम सिक्दै आएका छन्। उनले शाछ जिल्लामा बाह्रवटा मुकाम संगीत आउने एक जना मात्रै कलाकार हुन्। उनले पैचिङ्गलगायत जापान, बेलायत, पाकिस्तानमा पनि मुकामको प्रदर्शन गरेका छन्। यसबारे चर्चा गर्दै उनले भनेः

           "हालसम्म मुकाम भन्ने कला विश्वसमक्ष देखाइएको छ। बेलायत, जर्मनी, जापान, फ्रान्समा मुकामको प्रदर्शन पाइन्छ। तर सबभन्दा पूर्ण तथा सबभन्दा मौलिक मुकाम कला हाम्रो शाछ जिल्लामा मात्रै पाइन्छ।"

    क्रमशः

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040