
आउने वर्ष तुआन यिङ्ग चले विश्वविद्यालयमा पढ्नका लागि एउटा जांच दिनुपर्यो। पैचिङ्ग विश्वविद्यालयको अन्तर्राष्ट्रिय राजनीति पेशामा पढ्ने उनको आशा रहेको छ र भविष्यमा चिनियाँ सांस्कृतिक दृष्टिकोणको प्रयोगमा विश्व शान्ति र विकासका लागि योग्दान दिने उनको योजना छ। उक्त योजना धेरै ठूलो भयो भने आफ्नो छेउमा रहेको सानो काम गर्नुपर्छ, त्यसैले उनि भर्खरै शुरु भएको पश्चिमी क्षेत्रका बाल-बालिकाहरुलाई पढ्नका लागि कलम र कागज जस्तै चिच-विज पठाउने "खेती-पाती योजना"मा संलग्न हुन थालेकि छन्। उनले आफ्ना सहपाठीहरुलाई संचालन गरी विभिन्न स्तरको कक्षामा गएर उक्त योजनाबारे प्रचार गरेकी थिइन। तुआन यिङ्ग चले भनिन्—
हाम्रा कक्षाका सहपाठिलाई केही टोलीमा विभाजन गरिएको थियो। हरेक टोलीले अरु कक्षामा गएर "खेती-पाती योजना"को बारेमा अरु विद्यार्थीहरुलाई जानकारी दिन्थ्ये। जानकारी दिएपछि अरु कक्षाका विद्यार्थीहरुले उक्त योजनाका लागि हामीलाई कलम, कागज आदि विभिन्न पढ्न चाहिंने आवश्यक माल-सामान दिएका थिए। हामीलाई गौरब लाग्यो।

पढ्न चाहिंने आवश्यक माल-सामान प्रदान गर्ने आफ्ना सहपाठीहरुसँग आव्हान गर्ने, विद्यार्थीहरुका लागि स्वदेश र विदेशका कुरालाई बुझाउन विद्यालयको अखवार लेख्ने, प्रकोपग्रस्त क्षेत्रका लागि पैसा दिने, बसोबास क्षेत्रका बासिंदाहरुको समितिको निर्वाचन गर्न सघाउ दिने यी सबै काम गरेर तुआन यिङ्ग चले समाजको विकासमा योग्दान दिन खोजिरहेकी छन् छ। तुआन यिङ्ग चकी शिक्षिका हान फानले भन्नुभयो—
उनले परिक्षामा सधैं नै राम्रो प्राप्ताङ्ग हासिल गरेको मैले सम्झनामा राखेको थिइनं र कक्षाको मामिलामा दिएको योग्दानबारे पनि सम्झिएको थिइनं। उनले एक वर्तमान कालका माध्यमिक स्कूलका विद्यार्थी हुँदा देशभक्त हुने भावना मैले सधैं नै आफ्नो सम्झनामा राखेको थिएं। समाजको विकासमा योग्दान दिने उनले आफ्नो जिम्मा रहेको जस्तै ठानेकी छिन्। केही काम-काजमा ध्यान दिएर समस्यालाई समाधान गर्नुका साथै अरु विद्यार्थीहरुलाई योग्दान दिन आव्हान गर्ने गरेकी छिन्।

यस वर्षको गृष्म ऋतुमा उनले संयुक्त राष्ट्र संघको युवा-युवती सम्मेलनमा भाग लिने छिन्। उक्त सम्मेलनमा भाग लिन तुआन यिङ्ग चको प्रतिक्षामा रहेको कुरा हो र यसबाट केही उपलब्धि हासिल गरिने उनको आशा पनि रहेको छ। उनले भनिन्—
चीनको प्रतिनिधित्वमा मैले उक्त सम्मेलनमा भाग लिने छु। चिनियाँ विद्यार्थीहरुको राम्रो भावना र क्षमतालाई देखाउने मेरो जिम्मा पनि रहेको छ। विश्वका युवा-यवतीहरु बीचको सम्बन्धलाई अझ घनिष्ट पार्ने मेरो योजना रहेको छ।
|