china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    होंग येन् गाउँघर सम्पन्न भएको बाटोबारे
    (GMT+08:00) 2009-10-26 10:36:53    

    यो चिनियां अन्तराष्ट्रयि रेडियोको नेपाली सेवा हो । प्रिय श्रोताहरु आजको नियमित कार्यक्रम चीनका अल्प संख्यक जातिमा म लिउ होंग स्यांगको नमस्कार । आजको कार्यक्रममा म तपाईंहरुलाई होंग येन् गाउँघर सम्पन्न भएको बाटोबारे केही जानकारी गराउनेछु।

    हरियाली पहाड र सफा सुग्घर नदी पालको घेरामा याउ जातिको गाउँघर रहेको छ । कैयन् सय हेक्टरको खेतजग्गामा रहेको पर्सिम्मोन रुखका हांगामा पहेंलो र सुनौलो रंगका फलहरु झुण्डिएका देखिन्छन्। त्यहां याउ जातिको विशेषतायुक्त घरै घर छरिएर रहेका छन् । त्यहांका गाउँलेहरु विशेषतायुक्त याउ जातिको गाउँघरको पर्यटन गराउने तथा विशेष फल रोप्ने कार्यको भरमा सम्पन्न जीवन बिताउन थालेका छन्। यो ठाउँ पश्चिम चीनको क्वांग सी च्वांग जातिय स्वायत्त प्रदेशमा अवस्थित कोंग छंग याउ जातिय स्वायत्त जिल्लाको होंग येन् गाउँघर हो ।

    वितेको समयमा होंग येन् गाउँघरको अर्थतन्त्र पिछडिएको थियो। यहांका गाउँलेहरु पहिले पहिले गाउँघर चारैतिरका पहाडी क्षेत्रमा बसोबास गर्थे । तिनीहरुले पुस्तापुस्तौंसम्म पहाडको गरीबी जीवन बिताएका थिए । सन् उन्नाइस सय असी सालमा चीनमा खुलापन र सुधार लागू भएको बसन्ते हावाले यस याउ जातिको गाउँघरलाई बिउँझाएको थियो । त्यहांका गाउँलेहरुले आफ्नो जन्मथलोको वातावरणको आधारमा बढी रुपमा नगदे बनजंगलको रोपाई गरेका थिए । तिनीहरुले ठूलो मात्रामा पर्सिम्मोन , कागती र सुन्तलाका रुखहरु रोपेका छन् । सिंगै जिल्लामा फल रोप्ने क्षेत्रफल हजारौं हेक्टर पुगेको छ । फल रुखको क्षेत्रफल खेतजग्गाको क्षेत्रफलको चौरान्नव्वे दशमलब एक एक प्रतिशत ठाउं ओगटेको छ । यसरी केही वर्ष बितेपछि कोंग छंग जिल्लाले "चीनको पर्सिम्मोन र कागतीको गाउँ"भन्ने उपाधि पनि पाएको छ ।

    होंग येन् गाउँको ल्येन् व्हा बस्तीका प्रमुख औ यांग च्युंग व्हीले भन्नुभयोः

    होंग येन् गाउँघरमा कूल एक सय तीन परिवार , चार सय तीनजना मानिसहरु रहेका छन् । हाम्रो मुख्य व्यवसाय पर्सिम्मोन रुख रोप्नु हो । खालि पर्सिम्मोनबाट गत वर्ष हाम्रो गाउँलेहरुको प्रति व्यक्तिको औसत आम्दानी आठ हजार चिनियां युआन् पुगेको थियो । क्वांग सी स्वायत्त प्रदेशमा हाम्रो जिल्लाको पर्सिम्मोन फलको उत्पादन पहिलो स्थानमा रहेको छ ।

    प्रमुख औ यांग च्युन् व्हीले भन्नुभए झैं धेरै समयपहिले होंग येन् गाउँघरमा पर्सिम्मोन रुख रोपिएको थियो । हालसम्म गाउँघरमा चार सय वर्ष पुरानो पर्सिम्मोनको रुख अझ पनि पाइन्छ । पर्सिम्मोन फलको उत्पादन मात्रा निकै बढी छ । कम्तीमा यौटा रुखको उत्पादन मात्रा पचास किलोग्राम हुन्छ । बढीमा सय किलोग्राम हुन्छ । फल भित्र्याउने ऋतु आउँदा, हरेक परिवारको घरको अगाडी , घरको मुख्य कोठा र वरन्डामा सुनौलो पर्सिम्मोन फलले भरिपूर्ण हुन्छ । त्यो बेला एक खालको विशेष दृश्य देखिन्छ ।

    शरद ऋतु फलफूल परिपक्व हुने ऋतु हो । मध्य शरद चाडको अघिपछि होंग येन् गाउँघरमा पर्सिम्मोन फल टिप्ने र फलको शोधन गर्ने सबैभन्दा राम्रो समय हो । पर्सिम्मोनका ताजा फलहरु भित्र्याएपछि विशेष कार्यकौशलव्दारा शोधन गरी मिठो मिठो मिठाई बन्छन । हाल यस्ता खानाहरु दक्षिण पूर्वी एशिया र रुस आदठाउँमा निर्यातित भएका छन् । त्यहांका ग्राहकले यी खानाको प्रशंसा गरेका छन्।

    कोंग छंग याउ जातिय स्वायत्त जिल्लाको राजनैतिक परामर्शदात्री सम्मेलनको समितिका उपाध्यक्ष च्यांग सु युआन्‌ले पहिले जिल्ला सरकारमा कृषिको जिम्मा लिनुहुन्थ्यो । होंग येन् गाउँघरका पर्सिम्मोन मिठाईको निर्यातबारे चर्चा गर्दै उहां निकै उत्साहित हुँदै भन्नुभयोःक्वांग सि स्वायत्त प्रदेशमा हामीहरुले मात्र निर्यातित फलको रजिस्टरी गरेका छौं । हाम्रो फल मिठाइको निर्यातका लागि लाइसेन्स हुन्छ । फल मिठाईको निर्यात गर्ने स्थान मुख्यतः दक्षिण पूर्वी एशिया हो ।

    पर्सिम्मोन रुख रोप्ने कार्यबाट यहांका याउ जातिका सर्वसाधारण सम्पन्न बाटोमा लागेका छन् । सम्पन्न भएका याउ जातिका सर्वसाधारणले पहाडी क्षेत्रको भित्रि भागबाट पहाडको फेदी र खोला तालको नजिक ठाउँमा सरेका छन् । तिनीहरुले यहां दर्जनौं फार्महाउसको निर्माण गरेका छन् । कविता र चित्र जस्तो रमणिय दृश्य , जताततै देख्न पाइने पर्सिम्मोन रुख तथा विशेष मोहकभएको याउ जातिको रिति-थितिको आधारमा गाउँलेहरुले गाउँघरको खुशीयाली यात्राको सुरुवात गरेका छन् ।

    पैतालीस वर्षका चु फांग रन् होंग येन् गाउँघरमा बसोबास गर्ने याउ जातिका एकजना साधारण गाउँले हुन् । पत्रकार त्यहां पुग्दा उनीले आफ्नो तीन तले घरको अगाडि पाहुनाहरुको स्वागत गरिरहेका थिए। पाहुनाहरुले यस्तो गाउँघरमा भएको त्यो गृहको निकै प्रशंसा गरे । यात्रु सुश्री चाउले भनिन्‌ः

    यहांको पर्सिम्मोन फल निकै मिठो र स्वादिलो रहेछ । हामी पर्सिम्मोन फल खानका लागि विशेष गरी यहां आएका हौं । मैले यही लजमा बसेको हुँ । यहांको वातावरण राम्रो छ , सफासुग्घर छ । यही लजका साहु पनि सौहार्दपूर्ण हुन्छ । तर कोठा बुकिंग गर्नका लागि अलि गाह्रो छ । यहांको वातावरण असादै राम्रो छ । टाढा टाढातिर हेर्दाखेरि जताततै नै हरियाली देखिन्छ । साहु चु फांग रन्‌का अनुसार अक्टोबरदेखि यता फलफूल परिपक्व हुन्छ । त्यहां घुम्न आउने पाहुनाहरु धेरै हुन्छन् ।

    यो चिनियां अन्तर्राष्ट्रिय रेडियोको नेपाली सेवा हो । प्रिय श्रोताहरु , यत्तिन्जेल तपाईहरु सुन्दैहुनुहुन्थ्यो : होंग येन् गाउँघर सम्पन्न भएको बाटोबारे केही जानकारी । यो जानकारीसंगै आजको नियमित कायंक्रम यहिं पूरा हुन्छ । कार्यक्रमबाट म लिउ होंग स्यांगलाई पनि विदा दिनुहोस् । नमस्कार ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040