china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनको वैदेशिक ब्यापारिक रकम ठूलो मात्रामा झरेको सन्दर्भमा धैर्यका साथ व्यवहार गर्नु पर्ने सुझावबारे जानकारीको पहिलो भाग 
    (GMT+08:00) 2009-10-27 14:37:32    

               चीनको राष्ट्रिय तथ्याङ्क ब्युरोले गत जुलाई सोह्र तारिखका दिन सार्वजनिक गरेको पछिल्लो आर्थिक तथ्याङ्कअनुसार, यस वर्षको पूर्वार्धमा चीनको आयात र निर्यातको कूल रकम तेइस दशमलब पाँच प्रतिशतले तल झरेको देखिन्छ। तीमध्ये निर्यातको रकम भने एक्काईस दशमलब दुई प्रतिशत घटेको छ।

                पहिले चीनको आर्थिक विकासलाई अघि बढाइने मुख्य शक्तिमध्येको निर्यात गत वर्षदेखि जि.डि.पि.को वृद्धिलाई नकारात्मक असर पार्ने कारण बनेको छ। त्यस्तो परिवर्तनमा कसरी व्यवहार गर्ने छ र चीनले त्यसको कसरी सामना गर्ने छ भन्ने जिज्ञासा लिएर आजको सन्दर्भमा उस्थित भएका छौ ।

               शाङ्गहाई को छ नामक आयात र निर्यात लिमिटेड कम्पनी काँचबाट बनाइएका वस्तुहरुको निर्यात हुने कम्पनी हो। त्यस कम्पनीको कारोबारमध्ये चालीस प्रतिशतभन्दा बढी अमेरिकी बजारबाट आएका हुन्। बैकिङ्ग संकटले को छ कम्पनीको व्यवसायलाई ठूलो असर पारेको छ। कम्पनीका म्यानेजर श्री चोङ्ग चन युले जानकारी दिंदै भन्नुभयो:

              "सन् 2007देखि यता हाम्रो कम्पनीबाट सिर्जित नाफा त्यति ठूलो छैन।"

                को छ कम्पनी चीनका प्रशस्त वैदेशिक ब्यापारिक व्यवसायमध्येको एक हो। चीनको राष्ट्रिय तथ्याङ्क ब्युरोका प्रेस प्रवक्ता राष्ट्रिय अर्थतन्त्रसम्बन्धी मिलिजुली विभागका प्रमुख लि स्याउ छाउले यस वर्षको पूर्वार्धको चीनको अर्थतन्त्रबारे जानकारी दिंदै भन्नुभयो:

              "यस वर्षको पूर्वार्धमा चीनको वैदेशिक ब्यापार लगातार ठूलो मात्रामा तल झर्दैआएको छ। ब्यापारिक नाफामा पनि केही कमी छ। यस वर्षको पूर्वार्धमा आयात र निर्यातको कुल रकम नौ खर्ब छयालीस अर्ब दश करोड अमेरिकी डलर रहेको छ। जुन रकम गत वर्षको सोहि अवधिको तुलनामा तेइस दशमलब पाँच प्रतिशतले घटेको छ। तीमध्ये निर्यातको रकम पाँच खर्ब एक्काईस अर्ब पचास करोड अमेरिकी रहेको छ भने गत वर्षको तुलनामा एक्काईस दशमलब आठले तल झरेको छ। साथै आयातको रकम चार खर्ब चौब्बीस अर्ब साट्ठी करोड अमेरिकी डलर पुगेको छ भने पच्चीस दशमलब चार प्रतिशत घटेको देखिन्छ। यसबाहेक, ब्यापारिक नाफा छयान्नब्बे अर्ब नब्बे करोड अमेरिकी डलर रहेको छ भने गत वर्षको सोहि अवधिको तुलनामा एक अर्ब दश करोड अमेरिकी डलर घटेको छ।"

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040