 उनको भनाइ अनुसार अंग्रेजी गीत गाउनु अंग्रेजी शब्द र व्याकरणको सम्झाना गर्नका लागि हो। यो त अंग्रेजी भाषा सिकाउने व्यवहारमा उनले खोजेर भेटेका पढाइको प्रभावकारी पद्धति नै हो। शिक्षक लि वैले गौरवान्दित् भएर भनेका छन् कि आफ्ना विद्यार्थीहरुले गाएका कुनै गीतहरु त कहिलेकांही विश्वविद्यार्थीहरुबाट गाइएको भन्दा झन् राम्रो र झ्न् मीठो छ नि। उनले विद्यार्थीहरुसित व्यवहार गर्दै आएको पद्धति चाहिं पढाउनुलाई रमाइलो पार्नु नै हो। केही समयपछि विद्यार्थीहरुको पढाइको नतीजा निकै बढेको छ।
शिक्षक लि वैका लागि भन्ने हो भने चीनको पश्चिमी क्षेत्रमा पढाउँदाखेरी सबभन्दा डर लाग्दो कुरा चाहिं कठिनाइ होइन र शुरुमा विद्यार्थीहरुको नतीजा नराम्रो छ भन्ने कुरा पनि होइन। त्यो के हो भने जीवन यापनको अवस्था दरिद्र र गरीबले गर्दा स्कूलबाट छोडेर जानु। कहिलेकाहीं कुनै विद्यार्थीहरुले रोएर उनलाई विदा गर्न आएको देखेर उनलाई पनि एकदमै चित्त दुख्यो। शिक्षकको हैसियतले आफ्ना विद्यार्थीहरुलाई स्कूलबाट छोड्न नदिई उनले आफूलाई भोक लागेर पनि केही छैन भनेर अठोट र संकल्प लिंदै आएका छन्। त्यसरी स्कूलबाट छोड्न लागेका ती विद्यार्थीहरुका घर घरमा गएर"केटाकेटीहरुलाई अझै पनि पढाउनुहोस् न"भनेर उनीहरुका आमा-बुवाहरुलाई सम्झाउंदै आएका छन्।

मैले सकेसम्म विद्यार्थीहरु र उनीहरुका आमाबुवाहरुलाई सम्झाउंदै आएको छु। यस क्रममा कुनै उपाय नलागेका ती विद्यार्थीहरुका लागि म आफैले केही उपाय झिक्दै आएको छु। मेरा आमा र बुवाले यस्तै कुरा थाहा पाउनुभएपछि मलाई सहायता दिई पैसा पठाउँदै आउनुहुन्छ। त्यति मात्र नभई मेरो मात्तृ विश्वविद्यालय स्युइ चाउ नगरको शिक्षकशिक्षिका हुर्काउने विश्वविद्यालयले चन्दाका रुपमा हामीलाई धेरै चीजबीज वा सामग्रिहरु पठाएका छन्। कुरा कहाँसम्म भने मेरा साथी र सहपाठीहरुले पनि मेरा विद्यार्थीहरुको स्याहार सुसार गरी हामीलाई मद्दत गर्दै आएका छन्। मलाई गौरव लागेको कुरा के हो भने मेरा विद्यार्थीहरुमध्ये स्कूलबाट छोडेर गएकाहरु एकदमै थोरै छन्। यसो भएको हुनाले म सन्तुष्ट हुँदैछु।
अहिले शिक्षक लि वैले स्थानीय एक जना केटीसित विहे गरी सुखमय परिवारको गठन गरिसकेका छन्। उनले आफैलाई चीनको पश्चिमी क्षेत्रका एक जना शिक्षक भन्दछन्। उनको भनाइ अनुसार उनको जीवन एकदमै सुखमय र धनी छ र चीनको पश्चिमी क्षेत्रमा आफ्नो आजीवनको कार्य भेटाइसकेका छन्। त्यसरी आफ्नो कार्यमा आफैलाई भेटाएका छन्।
चीनको पश्चिमी क्षेत्रमा विश्वविद्यालयबाट स्नातक भएका विद्यार्थीहरुको सेवायुक्त योजना चाहिं चिनियाँ साम्यवादी युवा दलबाट गठित भएको एउटा कार्यक्रम हो। सन् 2003 सालदेखि शुरु भएपछि अघिपछि गरी एक लाख भन्दा बढी त्यस्तै खालका विश्वविद्यार्थीहरुको छनौट गरी उनीहरुहरुलाई चीनको पश्चिमी क्षेत्रमा पठाइसकेको छ। अहिले उनीहरुले छबीस वटा प्रान्त, स्वायत्त प्रदेश वा नगरका पाँच सयभन्दा बढी गरीब जिल्ला, बस्ती र गाविसमा शिक्षा, उपचार, कृषि,ऐनकानून आदिसित सम्बन्धी सहायताको कार्य गर्दै आइरहेका छन्।

चीनको पश्चिमी क्षेत्रमा विश्वविद्यार्थीहरुको सेवायुक्त योजनामार्फत चीनका युवत युवतीहरुले सामाजिक जिम्मा लिने भावनालाई बढाउंदै आएका छन्। उनीहरुले मुलुकको र आफ्नै विकासका लागि संयमित केन्द्रलाई भेट्दै आएका छन्। ल अब यौवनलाई चीनको पश्चिमी क्षेत्रमा चहकिलो पारौं भन्ने व्यवहार गर्दैआएका छन।
|