
चीन सरकारको समर्थनमा जातीय संस्कृतिको अध्ययन गर्ने क्षेत्र पनि सक्रिय देखिन्छ। कसार शास्त्र ती शास्त्रहरूमध्येको एक हो। 'राजा कसार' भन्ने कविता विश्वमा भएको सबभन्दा लामो र सबभन्दा व्यापक प्रचलन भएको ऐतिहासिक कविता हो।
राजा कसार तिब्बतीहरूको मनमा सबभन्दा साहस र सोझा तथा बहादुर मानिन्छन्। उनको कथा वर्णन गरिने 'राजा कसार' कविता एक हजार वर्षसम्म चल्दै आएता पनि त्यसका संस्करण धेरै थिए तर प्रणालीबद्ध थिएनन्। जनगणतन्त्र चीन स्थापना भएपछि यस ऐतिहासिक कविताको संकलन तथा अध्ययन कार्य सुरु भयो। हालसम्म चीनमा यसै कविताको अध्ययन केन्द्र धेरै छन् र सम्बन्धित अन्तर्राष्ट्रिय शास्त्र गोष्ठीको आयोजना गर्ने भएको छ। यस कविता आउने लोककलाकारको संख्या एक सय पचास जना जति छन् र सम्बन्धित रेकर्डिङ्ग पाँच हजार घण्टा जति भयो। यसका अतिरिक्त, इन्टरनेटमा पनि सुन्न पाइन्छ।

तिब्बत स्वायत्त प्रदेश समाज तथा विज्ञान प्रतिष्ठानका भूतपूर्व प्रमुख छिवाङच्युमैले राजा कसार भन्ने कविता लगायतका जातीय संस्कृतिको संरक्षणबारे जानकारी दिँदै भन्नुभयोः
"सरकारले जातीय परम्परागत संस्कृति तथा कलाको संरक्षणमा प्रशस्त काम गर्दै आएको छ। चीनका विभिन्न क्षेत्रका समाज तथा विज्ञान प्रतिष्ठान, सांस्कृतिक कला एकाइहरू, विश्वविद्यालयको शिक्षा विभागमा विशेष गरी जातीय परम्परागत संस्कृतिको बचाउ, विकास गर्दै छन्। सरकारले जनधनबाट जातीय संस्कृतिको समर्थन गर्दै आएको छ। हाम्रा विविध किसिमका जातीय संस्कृतिको राम्रो संरक्षण गर्दै आएको मैले महसुस गरेको छु।"

चीन सरकारको योजनावमोजिम्, भविष्यमा कलात्मक टोलीको समर्थनलाई ठूलो पार्दै जातीय संस्कृतिको सम्पदा विशेष गरी अल्पसंख्यक जातिका सम्पदाको संरक्षणलाई सबल पार्दै जानेछ। यसका साथै सरकारले वैदेशिक सांस्कृतिक आदान-प्रदानको विकास गर्दै चीनका बहुजातीय संस्कृतिको समृद्धिलाई साकार तुल्याउने छ।
|