
महिला आइस हक्कीलाई प्रतियोगिताको औपचारिक खेलको रुपमा हिउँदकालीन विश्लविद्यालयव्यापी विद्यार्थी खेलकूदमा राखिएको छ। चीन, क्यानाडा, फिल्याण्ड र जापान आदि छवटा मुलुकका केटीहरुले आइस रंगशाला दर्शकहरुलाई एके एकवटा आकर्षक क्षण देखाएका थिए। उनीहरुको सिपालु स्केटींग र फुर्तिलो र लचिलो प्रविधि पुरुष खेलाडीभन्दा पटक्कै तल परेको छैन। वातस्वमा धेरै मुलुक र क्षेत्रहरुमा महिला आइस हक्की खेलको व्यवसायिक बजार छैन साथै त्यसको आशावादी आर्थिक भविष्य पनि देखिंदैन। ती केटीहरुले आइस हक्कीलाई मन पराएकोले नै यो खेलमा लागेका हुन। आजको खेलकूद कार्यक्रममा हामी प्रतियोगितापछि ती केटीहरुको माझमा जाऔं है त!

क्यानाडियन टीमकी फुलब्याक बाइस वर्षियकेटी बेभान आद्रियाले विश्वविद्यालयमा कानूनशास्त्र अध्ययन गर्छिन। प्रतियोगितापछि उनले ह्याल्मेट फुकाल्नासाथ सुनौलो कपालको चुल्ठो तल झुण्डियो। लामो लामो परेला र उज्यालो नीलो नानी आँखा भएको अनुहार ज्यादै मनमोहित छ। उनको उस्तै उमेरका केटीहरु फेशनवाला लुगा लगाएर बजारमा घुमिरहेको वेलामा उनले भने ह्याल्मेट भिरेर बाक्लो पोशाकले जीउडाललाई कसेर हातमा आइस हक्की लट्ठी समात्दै खुट्टामा स्केटींग जुत्ता लगाएर आइस रंगशालामा कठोर तालिम लिने गर्छिन। उनको बाल्यकालमा उनका बा आमाले उनलाई सिन्क्रोनाइज्द स्केटींग सिक्न पठाएका थिए। तर उनी छ वर्षको हुँदा आइस रंगशालामा साथीहरुले एक अर्कासित मिलेर लडेको र संगसंगै विजय पाउन प्रयास गरेको खुशीयाली वातावरणले उनलाई समात्यो र त्यसवेलादेखि नै उनी आइस हक्की खेल्न रोकेकी थिइन।

"शुरुमा मैले सिन्क्रोनाइज्द स्केटींग सिकेकी थिएँ। छ वर्षदेखि मैले त्यसको सट्टामा यो आइस हक्की खेल्न थालेकी हूँ। धेरै साथीहरुसित मिलेर संगै खेलेको देखेर मेरो इच्छामा परिवर्तन भएको हो"।
चीनमा पनि त्यही क्यानाडियन केटी जस्ता आइस हक्की खेल मन पराउने एक हूल केटीहरु छन। चिनियाँ महिला आइस हक्की टीम हारपिनको एउटा स्थानीय महिला विश्वविद्यालय विद्यार्थी आइस हक्की दलका केटीहरुबाट गठन भएको छ। यो चीनभित्रको एक मात्र महिला आइस हक्की टीम हो। देशभित्र उनीहरुको जस्तो स्तरमा रहेका महिला आइस हक्की टीमसित प्रतियोगिता गर्ने अवसर नपाइएको हुँदा उनीहरुले विदेशमा जान पाउने सबै अवसर समात्नुपर्छ र पुरुष टीमका खेलाडीहरुसित अभ्यास गर्नुबाहेक अरु उपाय छैन। तीस नम्बर गोल्किपर श् याउकी आमाले भन्नुहुन्छ- उनकी छोरी समय तालिकालाई राम्ररी समातेर अभ्यास गर्नका लागि पन्ध्र वर्षदेखि कहिले पनि बसन्त चाडको वेलामा पनि घरमा बसेकी छैनन्। केटीहरुको कठोर परिश्रमले आखिरमा राम्रो फल पाएको छ। चिनियाँ महिला आइस हक्की टीमले सन 2008 भेन्कोभर हिउँदकालीन ओलिम्पिक खेलकूदमा भाग लिन पायो र यस पालीको हिउँदकालीन विश्वविद्यालय विद्यार्थी खेलकूदमा पनि शक्तिशाली फिन्ल्याण्ड टीमलाई पराजित गरेको छ। चिनियाँ महिला हक्की टीककी प्रमुख वाँग ली नोले प्रतियोगितापछि भावविभोर हुँदै भनिन-
"हालसम्म पनि म यस खेलमा डटीरहेको कारण चाहिं यस खेलप्रतिको मेरो मायाले गर्दा नै हो। यो केबल खेल मात्र होइन, यो मेरो प्राणको एक भाग पनि हो। म सात वर्षदेखि आइस हक्की खेल्न थालेकी हूँ। बीस वर्षदेखि आइस हक्की मेरो लागि आइस हक्की भन्ने शव्द मात्र होइन की यसले त मेरो जीवनीको प्रतिनिधित्वनै गरेको छ। यस क्रममा तपाईंले प्रयास गर्नुपर्छ, संघर्ष गर्नुपर्छ र प्रतिकूल वातावरणमा अगाडि बढ्नुपर्छ। यसो गरेमा मात्र अन्तमा तपाईं आफूले चिताए जस्तो टुप्पोमा पुग्न सक्नुहुनेछ। त्यो टुप्पोमा नपुगे पनि आफूले प्रयास गर्यो, संघर्ष गर्यो भने चाहे जस्तो नतीजा पाए पनि आफूलाई पछुतो लाग्ने छैन"।
|