china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
     दिर्घकालीन तर फेरि जीवन्त शक्ति भएको नी शी टाउन्शीपको ऐतिहासिक कालो माटोको वस्तु 2
    (GMT+08:00) 2009-10-30 10:35:39    

                    लारोंग ठ्रुठ्रंग र अरु कालिगडले एकदमै शान्त र गम्भीर मुद्रामा काम गरिरहेका छन। उनी भन्छन- गिलो माटोलाई पिट्ने, ठोक्ने, ताछ्ने र काट्ने काम गर्दा आफ्नो मनमा रत्तिभर नचाहिंदा विचार आउनुहुँदैन खालि मैले सबैभन्दा आकर्षक रचना बनाउनुपर्ने विचार मात्र लिनुपर्छ। लारोंले आफ्नो हजुर बाकहाँबाट कालो माटोको वस्तु बनाउने शीप कौशल सिकेर जानिसकेका छन। उनले यो ज्यासलमा काम गर्दै आएको तेह्र वर्ष भइसक्यो। उनी भन्छन- हरेक वस्तुलाई आफूले आफ्नै बच्चा जस्तो ठान्ने गर्दछु। माटोको एक टुक्राबाट आफ्नो हातमा सूक्ष्म आकर्षक वस्तु बनेको देखेर आफू एकदमै प्रफुल्लित र गौरव लागेको महशुस गर्दछु।

               लारों ठ्रुठ्रंगले दिएको जानकारी अनुसार हाल थाँग तुइ गाउँका हस्तकलाकारहरुले अझै पनि पुर्ख्योलीहरुबाट सर्दै आएको प्राचीन शीप कौशलको प्रयोग गरी कालो माटोको वस्तु बनाउने र तताउने गरेका छन। माटो खनेर ल्याउनेदेखि वस्तु तयार भएसम्म करीब एक महिनाको समय लाग्दछ। सर्वप्रथम गाउँदेखि तीन चार किलोमीटर टाढा पर्ने डाँडाबाट उत्तम गुण स्तरको माटो खनेर कालो माटोको वस्तुको नमुना बनाउँछन। अनि त्यसपछि कालिगडहरुले विभिन्न प्रकारको काठे साधनहरुद्बारा विभिन्न किसिमका माटोको नमुनालाई पिट्छन, ताछ्छन र काट्छन अनि त्यसमा विभिन्न किसिमका बुट्टा कुँदछन। बनाइसकेको नमुना कोठाभित्र त्यसै हावामा सुकाइदिन्छन अनि त्यसपछि स्थानीय सल्लाको काठ बालेर आगोमा तताएर बनाइन्छन। आगोमा तताउने क्रम कालिगडहरुको अनुभवमा भर पर्दछ। तापक्रम कति चाहिन्छ, आगोको ज्वाला कति चाहिन्छ र गहुँको छोक्रा जस्ता जैविक पदार्थ कहिले र कति हाल्नुपर्छ भन्ने जस्ता कुराहरु राम्ररी जानेर मात्र चोखो र सुन्दर कालो माटोको वस्तु बनाउन सकिनेछ। अनि अन्तिम चरणमा त्यसमा ताछेर चिल्लो र चहकिलो बनाउने काम गर्नुपर्छ। यति काम सकेपछि एउटा आकर्षक र रहर लाग्दो कालो माटोको वस्तु मानिसको आँखा अगाडि प्रदर्शित हुनेछ।

                अब आफ्नो के योजना छ कि भन्ने प्रश्नको उत्तरमा लारोंगले एकदमै इमानदारका साथ जवाफ दिंदै भनेकी मेरो हातमा सरेको यो शीप मेरो छोरोले लिन सक्ने मेरो आशा छ -

                     तथ्याँक अनुसार थाँग तुइ गाउँका जम्मा एक सय असी परिवारमध्ये असीवटा परिवारले मात्र यो कालो माटोको वस्तु बनाउने काममा लागेका छन। सन् 2005 को जुन महिनामा थाँग तुइ गाउँले "कृषि परिवार जोड कम्पनी" को पद्धतिमार्फत "नी शी कालो माटोको वस्तु विकास लिमिटेड कम्पनी" को स्थापन गरेको थियो। त्यसका मुख्य उत्पादक चाहिं गाउँका कृषि परिवारहरु हुन र उक्त कम्पनीले एकीकृत प्याकिंग र बिक्री सम्बन्धी जिम्मा लिएको छ। विगत केही वर्षदेखि यता सांग्रिला क्षेत्रको पर्यटन व्यवसाय एकनाससित विकसित हुँदै आएको हाराहारीमा नि शी टाउन्शीपको कालो माटोको वस्तु आफ्नो गाढा जातीय विशेषता, विशेष शीप कला र सुन्दरता र व्यवहारिकताले गर्दा देश विदेशका पर्यटक मित्रहरुलाई झन झन लोभ्याएका छन।

                    नि शी कालो माटोको वस्तु विकास लिमिटेड कम्पनीका उप महा प्रबन्धक वाँग तुइले जानकारी दिंदै भन्नुभयो- हाल कम्पनीले वर्षपिच्छे बीस हजार थानभन्दा बढी कालो माटोको वस्तुहरुको बिक्री गर्ने गरेको छ। युन नान प्रान्तको सांग्रिला जिल्ला , त छिंग जिल्ला र ली च्याँग शहर, तिब्बतको माँग खाँग जिल्ला र चो कोंग जिल्ला तथा स् छुआन प्रान्तको ताउ ठ्रंग जिल्ला र त रोंग जिल्ला आदि तिब्बतीहरु केन्द्रित भएका क्षेत्रहरुमा ती कालो माटोको वस्तुहरुको बिक्री एकदमै बढी हुनुका साथै सो कम्पनीले देशका अरु प्रान्त र शहर, अझ कहाँसम्म भने विदेशमासमेत आफ्नो व्यापारिक कामकाज थालिसकेको छ। थाँग तुइ गाउँ सांग्रिलाबाट मै ली हिम पहाड र सांग्रिला गहिरो खोंचतर्फ जाने अनिवार्य बाटोमा परेको कारण देश विदेशका पर्यटकहरुले नी शी टाउन्शीपको कालो माटोको वस्तुले गर्दा त्यहाँ एक दुइ दिनका लागि आफ्नो पाइलालाई रोक्ने गर्दछन।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040