चीनको पश्चिमी भागमा पर्ने सिन् च्यांग युगूर जातिय स्वायत्त प्रदेशको टाढा टाढा स्थानमा बसोबास गर्ने विद्यार्थीहरुका लागि चीनको मुख्य भूमिमा रहेको हाइ स्कूलमा पढ्ने कुरा सधैं नै सपनाको कुरा हुँदै आएको छ । तर चीन सरकारले सन् 2000 सालदेखि चीनको मुख्य भूमिमा सिन् च्यांगका विद्यार्थीहरुका लागि हाइ स्कूलको कक्षा खोलेदेखि यस्तो सपना त्यति टाढा रहेको छैन । राम्रो पढ्दै र राम्रो चरित्र भएका धेरै सिन् च्यांगका विद्यार्थीहरु चीनको मुख्य भूमिमा खुलेको उक्त कक्षामा भर्ना गरिएका छन् ।

लामो समयसम्म ऐतिहासिक , प्राकृतिक र आर्थिक अवस्थाको प्रभावले सिन् च्यांग प्रदेशको शिक्षा कार्यको विकास र चीनको मुख्य भूमिमा रहेको विकसित क्षेत्रको शिक्षा कार्यको विकाससित दांज्दा अलि पिछडिएको देखिन्छ । सिन् च्यांग प्रदेशका विभिन्न जातिका दक्ष व्यक्तिलाई हर्काउने पाइलालाई गतिशील पार्नका लागि सन् 2000मा चीन सरकारले पैचिंग , शांग हाई , थिआन् चिंग र हांग चौ जस्ता विकसित शहरमा "सिन् च्यांग विद्यार्थीहरु पढ्ने कक्षा" खोल्ने निर्णय गरेको थियो र विकसित क्षेत्रको आर्थिक र शैक्षिक श्रेष्ठताको प्रयोग गरी सीमा क्षेत्रमा बस्ने विभिन्न अल्पसंख्यक जातिका विद्यार्थीहरु पढ्ने गुणस्तरलाई माथि उकास्न थालेको हो ।
युगूर जातिका विद्यार्थी स्या फू हाइ थि सन् सन् 2004 मा हांग चौ शिक्षा शास्त्र विश्वविद्यालय अन्तर्गतको माध्यमिक स्कूलमा सिन् च्यांग विद्यार्थीका लागि खोलिएको कक्षामा भर्ना भएका छन् । यस सत्रमा उनी हाइ स्कूलको तेस्रो क्लासका विद्यार्थी हुन । स्या फू हाइ थि सो माध्यमिक स्कूलमा विद्यालयका स्टार मानिएका छन् । उनी खाली पढ्नमा मात्र राम्रो भएको होइन अरु धेरै क्षेत्रमा पनि सिपालु छन् । फूर्सतको बेला उनी सधैं नै समाचार टिप्ने कार्यक्रममा लगेका हुन्छन् । हांग चौमा आएपछि स्थानीय सहपाठीहरुसित आदान प्रदान गर्ने धेरै अवसर स्या फू हाइ थिले पाएका छन् । आफू राम्ररी पढ्नुका साथै उनीले आफ्नो मिश्रित गुणलाई माथि उकास्ने कामलाई धेरै ध्यान दिएका छन् । उनले भनेः
भविष्यमा नोकरी पाउँदा ज्ञान विज्ञानको प्रतिव्दंव्दी हुने सम्भावना होइन होला आफ्नो क्षमताको प्रतिव्दंव्दीता पनि हुन्छ । हाल केही संघसंस्थाको कार्यक्रममा सहभागी भएपछि आफ्नो क्षमतालाई बढाउन सकिन्छ।

आफ्ना छोरा मुख्य भूमिमा खुलेको कक्षामा पढ्न जाने कुराप्रति स्या फू हाइ थिका आमा र शा ला हृदयदेखि नै खुशी भएकी छिन्। दुइ वर्ष बितिसक्यो , स्या फू हाइ थिले आफ्नो बुवा आमालाई निराशा पारेका छैनन् । र शा लाले खुशीका साथै चीनको मुख्य भूमिमा सिन् च्यांगका विद्यार्थीका लागि खुलेको कक्षाप्रति असाधै कृतज्ञता ज्ञापन गरेकी छिन्
चीनको मुख्य भूमिमा रहेको विद्यालयको वातावरण राम्रो छ र त्यहांका शिक्षक र शिक्षिकाको स्तर पनि उच्च रहेको छ । त्यहां कक्षा खोल्ने क्षमता र शिक्षक-शिक्षिकाको स्रोत पनि हामीहरुकोभन्दा उत्कृष्ठ रहेको छ। यसले गर्दा केटाहरुको नजर-दृष्टि पनि फराकिलो हुनेछ ।
चीनको मुख्य भूमिमा सिन् च्यांगका विद्यार्थीका लागि हाइ स्कूलको कक्षा खुलेको सात वर्षदेखि यता निकै सन्तोषजनक सफलता प्राप्त भएको छ । यताका सात वर्षदेखि कूल अठार हजार विद्यार्थीहरु भर्ना गरिएका छन् । ती मध्य तीन हजार चार सय विद्यार्थीहरु तत्स्थानको विश्वविद्यालयमा भर्ना हुने परीक्षामा सहभागी भएका छन् र नव्वे प्रतिशत विद्यार्थीहरु विश्वविद्यालयमा भर्ना भएका छन् ।
थिआन् चिंग शहरको नम्बर पांच माध्यमिक विद्यालयको सिन् च्यांग विभागमा पढ्ने विद्यार्थी पाइ ह थि या ती विद्यार्थीहरुमध्येका एक हुन् । पाइ ह थि या चालू वर्ष थिआन् चिंग विश्वविद्यालयको रसायनिक विभागमा भर्ना भएका छन् । पाइ ह थि याका बुवा आइ हाइ थिले आफ्नो छोरा मुख्य भूमिमा रहेको प्रशिद्ध विश्वविद्यालयमा भर्ना भएकामा असाधै खुशी भएको बताउँछन् । उनीले जातिय शिक्षाको विकासलाई आड-भरोसा दिने सम्बन्धमा चीन सरकारको नीतिप्रति धन्यवाद ज्ञापन गर्नु पर्ने कुरा बताएः
सरकारले मुख्य भूमिमा सिन् च्यांग विद्यार्थीका लागि हाइ स्कूलको कक्षा खोलेको कुराबाट जातिय विद्यार्थीहरु आफ्नो चिनियां भाषाको स्तरलाई माथि उकास्न , विद्यार्थीहरुको मिश्रित गुणतालाई उकास्न र सिन् च्यांग प्रदेशको शिक्षा कार्यको विकासलाई प्रबर्द्धन गर्नका लागि धेरै मदत मिलेको छ । मुख्य भूमिमा खुलेका त्यस्ता कक्षामा भर्ना गरिएका विद्यार्थीहरुको परिवारले पनि आर्थिक बोझलाई कम पारेको छ । विपन्न किसान र पशुपालकका परिवारका बच्चाहरुका लागि त्यसको ठूलो महत्वपूर्ण अर्थ रहेको छ ।

चीनको मुख्य भूमिमा सिन् च्यांग विद्यार्थीका लागि हाइ स्कूलको कक्षा खुलेदेखि यता सिन् च्यांग प्रदेशका विभिन्न जातिका जनताले त्यसको स्वागत गरेको छ र असल सामाजिक फाइदा पनि प्राप्त भएको छ ।
|