
केही दिनअघिको एक रात पैचिङमा निकै चिसो थियो। तर पैचिङ वैज्ञानिक तथा प्राविधिक विश्वविद्यालयको सभा-भवनमा जताततै हाँसो छरिएको थियो। सातौं रुसी प्राथमिक तथा माध्यमिक विद्यालयको चीनको हिउँददकालीन शिविरको उद्धाटन समारोह यहाँ धुमधामसित आयोजना भयो। रुसको मस्को र संट पिटरवर्गका छ वटा विद्यालयका उनान्साठी शिक्षक-शिक्षिका र विद्यार्थीहरुले चीनका साथीहरुसित एकले अर्कालाई नमस्ते भनेर संयुक्तरुपमा सांस्कृतिक कार्यक्रम देखाएका थिए।
सात वर्षअघि रुसी प्राथमिक तथा माध्यमिक विद्यालयका विद्यार्थीको चीनमा हिउँदकालीन शिविर सुरु भयो। अहिले यो व्यवस्थाइकरणको कार्यक्रम बनिसकेको छ। त्यस बेला चीनका राष्ट्राध्यक्ष हु चिन थाउ र तत्कालीन रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले दुई मुलुकको रणनैतिक साझेदारी सम्बन्धको प्रारुपमा एउटा निर्णय गर्नुभएको थियो। त्यो निर्णय के हो भने सन् 2001 देखि दुबै पक्षका प्राथमिक विद्यालयका विद्यार्थीहरुको आपसी आदानप्रदान भ्रमण सुरु भएको छ। रुसी किशोर-किशोरी हरेक हिउँदद ऋतुमा चीनको भ्रमण गर्न आउँछन्। चिनियाँ किशोर-किशोरी ग्रीष्म ऋतुमा रुसको भ्रमणमा जान्छन्।
हालसम्म सात वर्षको अवधिमा रुसी किशोर-किशोरीको भ्रमण पैचिङ, शांगहाइ, हा अर पिन, सि श्वांग पान नालगायत बीस वटाभन्दा बढी शहरसम्म व्यापकता भएको छ। चीनको पहाड र पानीलाई हेरी विश्वको पूर्वी पुरानो मुलुक--चीनको परम्पारगत संस्कृतिलाई अनुभव गरेर चीनप्रति चासो देखाएका रुसी किशोर-किशोरीले "चिनियाँ भावना" गहिरो रुपमा पाएका छन्।

यस वर्ष चीन-रुस दौत्य सम्बन्ध स्थापना भएको साठीऔं वार्षिकोत्सव र चीनको "रुसी भाषा वर्ष"को उपलक्षमा यस वर्षको पहिलो कार्यक्रमको हैसियतमा रहेर यस पल्टको हिउँदकालीन शिविरमा विशेष अर्थ रहेको छ। रुसी प्रतिनिधि मण्डलमा सबैभन्दा साना विद्यार्थीको उमेर बाह्र वर्ष थियो। र सबैभन्दा ठूलो विद्यार्थीको उमेर उन्नाईस थियो। उनीहरु पहिलो पटक भेट-वार्ता गरेतापनि उनीहरको सक्रिय र खुशीको भावनाले उनीहरुको उमेर बराबर भएका चिनियाँहरुलाई तुरुन्तै लगाएको छ। सबैले खुशीका साथ गीत गाएका र नृत्य समेत गरेका छन्।
सोह्र वार्षीय युवती नाताशा मस्को प्रथम प्राथमिक विद्यालयकी विद्यार्थी हुन्। उनले हाम्रा सम्बादादतासित कुराकानी गर्दै उनका धेरै सह-पाठीहरुले चीनप्रति निकै चासो देखाइएको कुरा बताएकी छिन्। यस वर्ष उनका विद्यालयमा चिनियाँ भाषा, चीनको संस्कृति तथा कलासम्बन्धी कक्षा खुलेको छ। यसकारण उनलाई चीनको भ्रमण गर्न धेरै मन थियो।
चीनको पहिलो भ्रमणले मलाई निकै खुसी लाग्यो। यसअघि चीनबारे कुरा गरेको सुन्दा दर्शनशास्त्रका कुरा दिमागमा आउँथे । तर वास्तविक चीनबारे मेरो यसअघिको धारणामा परिवर्तन आएको छ। म लामो पर्खाल, थ्येन थान आदि प्रशिद्ध ठाउँ हेर्ने प्रतीक्षामा रहेकी छु।

क्रमशः
|