 रुसी प्रतिनिधि मण्डलका प्रमुख एवम् मस्को ड्युमाका सदस्य बोर्गियवाले यस्तो रमाइलो वातावरण देखेर खुसी मान्नुभएको छ। उहाँले चीनको भ्रमण गरेको चार पटक भइसकेको छ। यो कार्यक्रमको सक्रिय उपलब्धि उहाँले प्रमाणित गर्नसक्नुहुन्छ।
हिउँदकालीन शिविरको कार्यक्रम निकै राम्रो छ। केही रुसी किशोर-किशोरीले यो कार्यक्रममार्फत चीनको संस्कृति र चिनियाँ खानेकुराबारे जानकारी लिएका छन्। मैले प्राप्त गरेको समाचारअनुसार, रुसका तीन विद्यार्थीले कार्यक्रममा भाग लिएर चीनको विद्यालय र विश्वविद्यालय भर्ना गरेका छन्। विद्यार्थीहरुले स्वदेश फर्केर चीनलाई अझ बढी ध्यान दिई चीनसम्बन्धी पुस्तक पढन आरम्भ गरेका छन्।
कार्यक्रम सुरु भएको पहिलो दिन रुसी किशोर-किशोरी लामो पर्खाल हेरेका छन्। तर त्यो दिउँसो पैचिङको थुंग चौ क्षेत्रमा पर्ने लु ह प्राथमिक विद्यालयको भ्रमणले उनलाई अझ प्रभावित गराएको छ। भावपूर्ण चिनियाँ शिक्षक-शिक्षिका तथा विद्यार्थीहरुले विवेकपूर्ण रुपमा चीनको संस्कृतिसम्बन्धी "अनुभव भोज" तयार गरेका छन्। हिउँदकालीन शिविरका रुसी सदस्यहरुलाई सातवटा टोलीमा विभाजन गरिएको छ। उनीहरुलाई छुट्टाछुट्टैरुपमा टेबलटेनिस, ऊ सु, कागज कटाइ, पंखामा रहेको सुन्दर हस्तलिपि, जातीय नाच र चिनियाँ चित्र आदि विशेषतायुक्त कक्षामा अनुभव गराइएको छ।

हस्तलिपि कक्षामा चीनका शिक्षकद्बारा एउटा पंखामा दक्षतापूर्ण रुपमा चिनियाँ भाषा लेखिएको कुरा हेर्दा मस्को एक पाँच तीन एक नम्बरको प्राथमिक विद्यालयकी विद्यार्थी अन्नाले अचम्म लागेको बताइन्।
यो त निकै उत्तम कला हो। मलाई पनि यसको अनुभव गर्न मन लागेको छ।
बुरुस पहिले लिँदा केटीको हात चल्न अलि गाह्रो थियो। तर केही पटकको प्रयास भई उनी झन-झन दक्ष भएकी छिन्। यो देखेर छेउमा बसेर सहयोग दिने चिनियाँ विद्यार्थी लिउ यु यिंगलाई धेरै हर्ष लागेको छ।
हामीले यो मौकाले उनीहरुलाई चीनको संस्कृतिबारे प्रचासप्रसार गरेका र चीनबारे जानकारी दिएका छौं। यसले गर्दा मलाई निकै खुसी लागेको छ।
छेउमा मस्को प्रथम प्राथमिक विद्यालयका विद्यार्थी अलेक्सान्दर साशामाले पनि उत्कृष्ठ चासो देखाइएका छन्।
मलाई चीनको मानचित्र र ऊ सु हेर्न मन लागेको छ। वास्तविक चीन यसअघि मेरो विचारमा रहेको चीनभन्दा रमाइलो रहेछ।

क्रमशः
|