china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    रुसी किशोर-किशोरीको पैचिङ यात्रासम्बन्धी विषयको तेस्रो भाग
    (GMT+08:00) 2009-06-05 20:32:20    

                सुन्दर लु ह प्राथमिक विद्यालयमा रुसी किशोर-किशोरीले आफ्नो घरको वातावरण पनि अनुभव गरेका छन्। उनीहरुलाई स्वागत गर्ने चिनियाँ विद्यार्थीहरुले सुचारुरुपमा रुसी भाषा बोलेका थिए। हाम्रा सम्बादादताले ल हु प्राथमिक विद्यालयका उप-प्रधानाध्यापक छि चिंग शंगसित कुराकानी गर्दै चीन-रुस मैत्री सम्बन्धको कारणले नै पैचिङका केही प्राथमिक विद्यालयहरुमा रुसी भाषा सिक्नका लागि ती स्थान छान्नसकिने कुरा बताएका छन्।

                पैचिङको प्राथमिक विद्यालयहरुमध्ये सबैभन्दा पहिले रुसी भाषा कक्षा खोलेको विद्यालय हाम्रो विद्यालय भएको कुरा भन्न सकिन्छ। हाम्रो विद्यालयमा रुसी भाषा सिक्ने विद्यार्थीहरुको संख्या तीन/चार सय पुगेका छन्। रुसी भाषा राम्ररी पढाउनका लागि हाम्रो विद्यालयले विशेषरुपमा विश्वविद्यालयबाट रुसी भाषाको दक्ष व्यक्ति भित्र्याएको छ।

                यो मात्र नभई लु ह प्राथमिक विद्यालयले चीनका लागि रुसी राजदूताबासअन्तर्गत् प्राथमिक विद्यालयसित मैत्रीपूर्ण सम्बन्धको स्थापना गरेको छ। शिक्षक-शिक्षिका तथा विद्यार्थीहरुले कहिलेकाहीं आमन्त्रण पाएर राजदूताबासका विविध सांस्कृतिक कार्यक्रममा समेत् भाग लिएका छन्। यसका साथै लु ह प्राथमिक विद्यालयले धेरै पटक रुसी प्राथमिक विद्यालयको प्रतिनिधि मण्डलको स्वागत गरेको छ।

                 लु ह प्राथमिक विद्यालयका उपप्रमुख छिको जानकारी सुनेपछि संट पिटरवर्गको छ पाँच दुई नम्बरको प्राथमिक विद्यालयका प्रमुख श्रीमती क्रेनियाले चिनियाँ भाषाद्बारा रुसमा झन झन बढी प्राथमिक विद्यालयमा चिनियाँ भाषा सिक्ने लहर र चीनबारेको जानकारी लिने लहर देखा परेको कुरा बताउनुभएको छ। उहाँको विद्यालय पनि एउटा प्रतिनिधि विद्यालय हो।

                 हाल मेरो विद्यालयमा छ सय जना विद्यार्थीहरुले चिनियाँ भाषा सिकिरहेका छन्। विद्यार्थीहरुले चिनियाँ भाषालाई निकै मन पराउँछन्। उनीहरुले संट पिटरवर्गमा चिनियाँ चित्र बनाउनुका साथै चिनियाँ भाषा पनि लेखेका छन्। उनीहरुलाई चिनियाँ जनताको सांस्कृतिक सम्पदा निकै मनपर्छ।

                यस्तो मैत्रीपूर्ण वातावरणमा मानिसहरुले नित्यजसो आदानप्रदान कार्यक्रमद्बारा चीन र रुसका किशोर-किशोरी एक अर्काको भाषालाई बुझ्नथालेको कुरा पत्ता लगाएका छन्।

                 केही दिनपछि रुसी प्रतिनिधि मण्डलले पैचिङको भ्रमण समाप्त भई हाइ नानको भ्रमण गर्नथालेको थियो। हाइ नानको भ्रमणअघि सो कार्यक्रमका संयोजक--अन्तर्राष्ट्रिय शिक्षा आदानप्रदान गर्ने चीनको शैक्षिक संघका उप महासचिव श्रीमती ऊ चाउ फंगले हिउँदकालीन शिविरद्बारा दुई मुलुकका किशोर-किशोरीमा ल्याइएको प्रगतिको उच्च मूल्यांकन गर्नुभयो।

                 विगत सात वर्षदेखि यत्ता चीन र रुसका किशोर-किशोरीबीचको आदानप्रदान सबैको विचारमा एउटा दैनिक आवत-जावत कार्य भएको मान्न सकिन्छ। चीनको हरेक हिउँद ऋतुमा सबै मानिस रुसी विद्यार्थीहरु चीन आउने प्रतीक्षामा रहेका हुन्छन्। दुई मुलुकका जनताको मित्रता किशोर-किशोरीबीचको आदानप्रदानमा हुर्काइएको हो। सानो उमेरमा चिनियाँ र रुसी किशोर-किशोरीबीचको यस्तो आदानप्रदानको अवशरले चीनका विद्यार्थीहरु अथवा रुसी विद्यार्थीहरु हुर्कनका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040