 हानि जातिको विकास छ्याँग जातिबाट भएको थियो। अहिले मुख्यरुपमा यस जातिको बसोबास युन नान प्रान्तमा छ। यस जातिको जनसंख्या लगभग तेह्र लाख छ।
सन 1952 हुँग ह हानि जातीय स्वायत्त प्रदेश स्थापित भयो। सन 1957 नभेम्बर महिनाको अठार तारिख हुँग ह हानि जाति र यी जातीय स्वायत्त प्रिफेक्चर स्थापित भयो। सन 1954 मे महिनाको अठार तारिख च्याँग छँग हानि जाति र यी जातीय स्वायत्त जिल्ला स्थापित भयो। सन 1979 नभेम्बर महिनाको अठाईस तारिख मो च्याँग हानि जातीय स्वायत्त जिल्ला स्थापित भयो। सन 1980 नभेम्बर महिनाको बाईस तारिख युआन च्याँग हानि जाति, यी जाति र ताइ जातीय स्वायत्त जिल्ला स्थापित भयो।

हानि जातिको आफ्नो भाषा छ। सन 1957 मा लाटिन अक्षरको आधारमा यस जातिको आफ्नो अक्षर अर्थात लीपि बनाइएको हो।
हानि जातिका मानिसहरुको बसोबास मुख्यरुपमा समुद्र सतहदेखि एक हजार मिटरदेखि दुई हजार पाँच सय मिटरको पहाडी क्षेत्रमा छ। हानि जातिले कृषिलाई मुख्य स्थानमा राखेको छ। यसका साथै उनीहरु चिया खेती पनि गर्छन। हानि जातिले चियाको खेती गरेको इतिहास निकै लामो छ र हानि जातिको बसोबास भएको क्षेत्रमा चियाको उत्पादन मात्रा सारा युन नान प्रान्तको एक तिहाइ रहेको छ।
यस कारण हानि जातिका मानिसलाई पनि चिया खान मन पर्छ। अरु धेरै अल्पसंख्यक जाति जस्तै यस जातिका मानिसलाई रक्सी निकै मन पर्छ र रक्सी बनाउन पनि आउँछ।

हान जाति जस्तै हानि जातिका मानिसहरु पनि वसन्त चाड, तुआन ऊ चे चाड, मध्य शरद चाड आदि मनाउँछन। वसन्त चाडमा हा नी जु जातिका युवा-युवतीहरु एउटै ठाउँमा भेला भई रक्सी खाने र नाच-गान गर्ने गर्नुका साथै आ-आफ्ना प्रेमी-प्रेमिकालाई छान्ने गर्दछन।
यसका साथै, यस जातिको आफ्ना जातीय चाड पनि छन। तीमध्ये सबैभन्दा ठूलो चाड श यो न्यान हो। यस चाडलाई हानि जातिको वसन्त चाड पनि भनिन्छ।
|