जन गणतन्त्र चीनको स्थापना भएको साठी वर्षमा विशेष गरी सन् 1978मा चीन सरकारले सुधार तथा खुलापन नीति लागू गरेको देखि यत्ता चीन र अफ्रिकी मुलुक बीचको मित्रता सुचारु रुपमा विकसित हुँदैआएको छ। दुबै पक्षले शैक्षिक आदानप्रदान क्षेत्रमा उपलब्धि हासिल गरेका छन्। हालसम्म चीनले पचासवटाभन्दा बढी अफ्रिकी मुलुकसित विभिन्न तहको र सकारात्मक शैक्षिक आदानप्रदान तथा सहयोगी सम्बन्धको स्थापना गरिसकेको छ। तीमध्ये चीन-अफ्रिका मैत्री पुलको निर्माताको हैसियतामा रहेर चिनियाँ र अफ्रिकी विद्यार्थीहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन। आजको कार्यक्रममा हामीले यस विषयबारे चर्चा गर्नलागेका छौं।

तपाईंले सुनिरहनुभएको आवाज पैचिंग विदेशी भाषा विश्वविद्यालयकी शिक्षिका सुन स्याउ मंगले हाउसा भाषा सिकाउनुभएको आवाज हो। बाह्र वर्षअघि सुन स्याउ मंगले यस अफ्रिकी भाषा सिक्नथाल्नुभएको हो। चीन सरकार र नाइजेरिया संघीय सरकारले हस्ताक्षर गरेको मित्रतापूर्ण शैक्षिक आदानप्रदानसम्बन्धी सम्झौता पत्रअनुसार सन् 2003मा उहाँले नाइजेरिया गएर हाउसा संस्कृतिबारे अध्ययन गर्नुभएको थियो। आधा एक वर्षको प्रयासमा सुन स्याउ मंगले नाइजेरियाको अहमादु बेल्लो विश्वविद्यालयद्बारा वितरण गरिएको हाउसा संस्कृतिबारेको विशेषज्ञ डिग्री प्राप्त गर्नुभयो। नाइजेरियामा हाउसा भाषा सिकेको अनुभवबारे चर्चा गर्दै उहाँले नाइजेरियामा उहाँको हाउसा भाषा नयाँ स्तरमा उकासिएको कुरा बताउनुभएको छ। यसका साथै यसबाट उहाँमा पश्चिम अफ्रिका,अझसम्म सारा अफ्रिकाको इतिहास तथा विकसित अवस्थाबारेको जानकारी बढाइएको थियो।उहाँले भन्नुभयोः
नाइजेरियामा अध्ययन गरेको अनुभवले मेरो हाउसा भाषा उकासिएको मात्र नभई मेरो दृष्टि परिधिलाई पनि विस्तृत पारेको छ। यसद्बारा मैले नाइजेरिया तथा सारा अफ्रिकाबारे नयाँ जानकारी लिएको छु। मेरा लागि यसमा विशेष अर्थ रहेको छ। हाउसा भाषाबारे अध्ययन गरेका हामी जस्तो चिनियाँ व्यक्तिहरुले चीन-नाइजेरिया मैत्रिपूर्ण सम्बन्धको विकासको संरक्षण गर्ने दूत भएको जस्तै लाग्छ। हामीले दुइ मुलुकको संस्कृति प्रचारप्रसार गर्नका लागि जानकारीलाई गहिरो पार्नुपर्छ।

विगत केही वर्षदेखि यता सुन स्याउ मंग जस्तै अफ्रिकी मुलुक गएर अध्ययन गर्ने चिनियाँहरु झनझन बढी हुँदैआएका छन्। उहाँहरुमा अफ्रिकी इतिहास,संस्कृति र भाषाबारेको जानकारीले विभिन्न क्षेत्रमा चीन र अफ्रिका बीचको आदानप्रदान तथा सहयोगका लागि बलियो जग बसालेको छ। चीनका लागि नाइजेरियाको राजदूताबासका कार्यवाहक प्रमुख बासेइ यु एयोले चीन- अफ्रिकाबीचको यस किसिमको शैक्षिक आदानप्रदानको उच्च मूल्यांकन गर्नुभएको छ। उहाँले भन्नुभयोः
मेरो विचारमा चीन- अफ्रिकको शैक्षिक सहयोगलाई सबल पार्ने कुरामा निकै ध्यान दिनुपर्छ। कन्फ्युसस इन्स्टिट्युट मात्र नभई भाषा,राजनीति तथा अन्य पक्षको सहयोगलाई पनि सबल पार्नुपर्छ।

क्रमशः
|