china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    विज्ञान तथा प्रविधिमार्फत तिब्बती औषधीको विकासलाई घच्घच्याइने विषयको पहिलो भाग
    (GMT+08:00) 2009-06-17 19:39:20    

          तिब्बती औषधीको इतिहास दुई हजार तीन सय वर्षभन्दा लामो भइसकेको छ। जुन चीनको जातीय चिकित्सा शास्त्रमा चम्किरहेको एउटा रमणीय मोती पनि हो। धेरै वर्षदेखि यता तिब्बती औषधीले विभिन्न किसिमका रोगको प्रतिरोध,निवारण र उपचार गर्ने सन्दर्भमा निकै महत्वपूर्ण भूमिका पनि निर्वाह गर्दैआएको छ। विशेषत: बितेका तीन/चार वर्षयता आधुनिक विज्ञान तथा प्रविधिले परम्परागत तिब्बती औषधीको विकासमा ठूलो जिवन्त शक्ति थपिदिंदैआएको देखिन्छ। तिब्बती औषधी विकास हुने भविष्य अझ फराकिलो र उज्ज्वल हुने अनुमान गरिएको छ।

          तिब्बती औषधी बनाइने मुख्य वस्तुहरु समुद्र सतहदेखि तीन हजार आठ सय मिटरभन्दा उच्च शीतोष्ण प्रदेशमा रोपिन्छन्। प्राप्त जानकारीअनुसार, छिङ्गहाई-तिब्बत पठार भूमिमा दुई हजारवटाभन्दा बढी प्रकारका बनस्पतिहरु, एक सय साट्ठी थरीका जनावर र असीभन्दा बढी किसिमका खनिज तत्वहरुलाई समिश्रण गरेर तिब्बती औषधी बनाउने गरिन्छ। त्यस संख्या विश्वका जुनसुकै जातीय औषधीभन्दा पनि बढी देखिन्छ।

          हजारौं वर्षदेखि यता परम्परागत तिब्बती औषधी सामान्य रुपमा हातद्बारा बनाइन्छ। त्यसको कारं के हो भने तिब्बती औषधी बनाइने वस्तुहरुलाई पूर्णरुपमा धूलो पारेर बनाउने गरिन्छ। तर त्यस्तो उपायमार्फत बनाइएका तिब्बती औषधी मानिसका लागि सजिलोसँग उपलव्ध हुनसकेको छैन। तिब्बती औषधीलाई अझ प्रभावकारी र सुरक्षित रुपमा सम्बन्धित रोगको निवारण र उपचार गराउनका लागि हाल तिब्बतका औषधी कारखानाहरुले अनेकन् आधुनिक औद्योगिक कदम चालिसकेका छन्।

          तिब्बती औषधीको वैज्ञानिक र प्राविधिक गुणस्तरलाई माथि उकास्नका लागि तिब्बत स्वायत्त प्रदेशमा रहेको तिब्बती औषधी कारखानाले हाल तिब्बती औषधीसम्बन्धी उच्च तथा नयाँ प्रविधि देखाइने नमूनात्मक परियोजनाको आरम्भ गरेको छ। त्यस परियोजनाबारे चर्चा गर्दै तिब्बती स्वायत्त प्रदेशको तिब्बती औषधी कारखानाका प्रमुख कुन्गानोर्बुले भन्नुभयो:

          हाम्रो यस परियोजनामा करिव नौ करोड असी लाख चिनियाँ युआनभन्दा बढी लगानी चाहिन्छ। तीमध्ये देशले प्रोत्साहनको रुपमा हाम्रो लागि एक करोड चिनियाँ युआनको लगानी लगाएको छ। हाम्रो यस परियोजनाको निकै उच्च वैज्ञानिक र प्राविधिक गुणस्तर हुनेछ। यसबाट के कुरा भन्नसकिन्छ भने हाम्रो यस परियोजनाले तिब्बती औषधीसम्बन्धी केन्द्रीय प्रतिस्पर्धात्मक शक्तिलाई एउटा नयाँ स्तरमा पुर्‍याउने भएको छ।

          प्राप्त जानकारीअनुसार, तिब्बती औषधीलाई तीव्र गतिले विकसित पार्नका लागि तिब्बत स्वायत्त प्रदेशको सरकारले दश वर्षअघि नै तिब्बती औषधीसम्बन्धी कार्यलाई मजबुत पार्ने निर्दशन दिइसकेको छ। त्यसपछि तिब्बत सरकारले तिब्बत चिकित्सा र औषधीलाई तत्स्थानको मुख्य: विकास हुने विशेषतायुक्त स्तम्भ व्यवसायहरुमध्येको एक बनाएको छ। तिब्बती स्वायत्त प्रदेशको तिब्बती औषधी कारखानाका प्रमुख कुन्गानोर्बुका अनुसार, तिब्बत चिकित्सा र औषधीको भावी विकास आधुनिक विज्ञान तथा प्रविधिको सिर्जनामा भर पर्नुपर्छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040