
थाइ वान प्रान्तमा रहेका विभिन्न अल्पसंख्यक जन-जातिहरुलाई काउ शान जाति भनिन्छ। त्यसमा पु नुँग जाति, लु खाइ जाति, फाइ वान जाति आदि दशवटाभन्दा बढी जन-जाति समावेश छन। चीनको इतिहासमा विशेष गरी मिँग वंशकाल अघि काउ शान जातिको नामै थिएन। सन 1945मा जापानी अतिक्रमण विरोधी युद्धमा विजय भएपछि चीनले थाइ वान प्रान्तमा रहेका जन-जातिहरुलाई काउ शान जाति भन्नथाल्यो। काउ शान जातिको बसोबास मुख्यरुपमा थाइ वान प्रान्तको पहाडी क्षेत्र र पूर्वी समुद्री तटवर्टी क्षेत्रमा रहेको छ। सत्रौँ सताब्दीपछि हान जातिका मानिसहरुले ठूलो मात्रामा थाइ वान प्रान्तमा प्रवेश गरेपछि काउ शान जातिको सामाजिक र आर्थिक विकास द्रुत गतिले हुनथाल्यो।
काउ शान जातिको लोक संस्कृति विविध छ। जस्तै भनौं, कथामा आधारित कविता, आख्यान, किम्बदन्ति, कथा आदि। काउ शान जाति कला प्रतिभासहितको एक जाति हो। नाच-गान, कुदाइ कला आदि काउ शान जातिका लोक कला विश्वमा निकै प्रसिद्ध छन। त्यस जातिका मानिसहरुलाई काम गर्ने, पूजा-आजा गर्ने, श्रद्धा गर्ने, विवाह गर्ने वा चाडको बेलामा नाचगान गर्न मन पर्छ।

थु च्या जातिको जनसंख्या हाल असी लाखभन्दा बढी पुगी चीनको अल्पसंख्यक जातिहरुमध्ये सातौँ स्थानमा रहेको छ। हु नान, हु पेइ, छुँग छिँग आदि क्षेत्रमा मुख्य रुपमा थु च्या जातिको बसोबास रहेको छ। सन 1957 को सेप्टेम्बरमा हु नान प्रान्तको स्याँग सि थु च्या जाति र म्याउ जाति स्वायत्त प्रिफेक्चरको स्थापना भयो र सन 1984को नभेम्बरमा सि छुआन प्रान्तको छ्यान च्याँग थु च्या जाति र म्याउ जाति स्वायत्त प्रिफेक्चरको स्थापना भयो। त्यसबाहेक पनि अरु चौबीसवटा थु च्या जातीय स्वायत्त जिल्ला छन।
थु च्या जातिको आफ्नो अक्षर अर्थात लिपी छैन, तर आफ्नो भाषा छ। थु च्या जातिले कृषिलाई मुख्य स्थानमा राखेको छ। थु च्या जातिको रशम जरी थु् च्या जातिको सबभन्दा प्रसिद्ध परम्परागत कलात्मक वस्तु र चीनका सबैभन्दा प्रसिद्ध तीन किसिमका रशम जरीमध्येको एक हो।

थु च्या जातिका मानिसहरु परम्परागत चाडमा निकै ध्यान दिन्छन। ती चाडहरुमध्ये वसन्त चाड सबैभन्दा महत्वपूर्ण छ। वसन्त चाडका बेलामा बंगुर काट्नुपर्छ र चामलको रक्सी बनाउनुपर्छ। यसबाहेक, चिनियाँ पात्रोअनुसार हरेक वर्षको दोस्रो महिनाको दोस्रो दिनमा पर्ने श र चाड, तुआन ऊ चे चाड, ठुँग याँग चे चाड आदिमा पनि थु च्या जातिका मानिस निकै ध्यान दिन्छन।
|