 सुधार तथा खुलापनको नीतिले चिनियाँ विद्यार्थीहरुका लागि अफ्रिका गएर अध्ययन गर्ने मार्गप्रशस्त गरेको छ। यसका साथै यस नीतिले चीन आएर अध्ययन गर्ने अफ्रिकी विद्यार्थीहरुका लागि ढोका खुलेको छ। पश्चिमी अफ्रिकी मुलुक---घानाबाट चीन आएका विद्यार्थी फ्रोरिन्टिने तीमध्येका एक हुन्। हाल उनले पैचिंगको भाषा तथा संस्कृति विश्वविद्यालयमा चिनियाँ भाषा सिकिरहेका छन्। फ्रोरिन्टिनेले हाम्रा सम्बाददातासित कुराकानी गर्दै चीनको लामो इतिहास तथा संस्कृतिले उहाँलाई आकर्षित गरेका कुरा बताए। त्यसैले उनले चीन आएर अध्ययन गर्ने मौकालाई निकै महत्व दिएको कुरा पनि उनले जानकारी दिए।
मैले कक्षामा चिनियाँ भाषा मेहनत गरी सिकेको छु। किनकि मेरो विचारमा यो चिनियाँ भाषा सिक्ने एउटा महत्वपूर्ण तरिका हो। फुर्सदको बेलामा मैले कहिलेकाहीँ चीनको टेलिभिजन कार्यक्रम हेरेको छु। मैले चीनको फिल्म र नाटक बुझ्नसक्छु। यसमार्फत अहिले चीनको परम्परागत संस्कृतिबारेको मेरो जानकारी बढेको छ।

सन् 1978 चीनमा सुधार तथा खुलापन नीति लागू गरिएपछि विशेष गरी नयाँ शताद्बीमा प्रवेश गरेपछि अध्ययन गर्नका लागि चीन आएका अफ्रिकी विद्यार्थीहरुको संख्या स्थिररुपमा बृद्धि भइरहेको छ। प्राप्त तथ्यांकाअनुसार सन् 2000देखि 2007सम्म 52 वटा अफ्रिकी मुलुकका बीस हजार जनाभन्दा बढी विद्यार्थीहरुले चीनको विश्वविद्यालयमा भर्ना भई अध्ययन गरेका छन। हाल अफ्रिकी विद्यार्थीहरुले विदेश गएर अध्ययन गर्नका लागि सबैभन्दा पहिले विचार गरेको मुलुकहरुमध्येको एक मुलुक---चीन बनिसकेको छ। एशियामा सबैभन्दा बढी अफ्रिकी विद्यार्थीहरुलाई भर्ना गराउने मुलुक चीन बनिसकेको छ। चीनको शिक्षा मन्त्रालायअन्तर्गत अन्तर्राष्ट्रिय सहयोग तथा आदानप्रदान विभागका उपप्रमुख लिउ पाउ लिले हाम्रा सम्बाददातासित कुराकानी गर्दै विगत पाँच वर्षमा अध्ययन गर्न चीन आएका अफ्रिकी विद्यार्थीहरुको संख्या हरेक वर्ष बीस प्रतिशतले बढेको कुरा बताउनुभयो। चीनले धेरै अफ्रिकी विद्यार्थीहरुलाई आकर्षित गरेको कारणबारे चर्चा गर्दै श्री लिउ पाउ लिले जानकारी दिनुभयोः
सबैभन्दा महत्वपूर्ण कारण चाहिं चीनमा सुधार तथा खुलापन नीति लागू गरेको तीस वर्षमा अर्थतन्त्रको निर्माण अथवा समाजको विकास आदि पक्षमा चीनले ठूलो उपलब्धि हासिल गरेको हो। यसमा अफ्रिकी मुलुकका लागि निकै आकर्षिक कुरा भएको छ। दोस्रो कारण चाहिं अन्तर्राष्ट्रिय समाजमा चीनको उच्च शिक्षाको स्थान तथा स्तर हो। चीनको उच्च शिक्षा हाल विश्वका तैंतीस वटा मुलुक तथा क्षेत्रसित उच्च स्तरीय सिकाइ डिग्रीमा एकले अर्कालाई स्वीकार गर्ने सम्झौता पत्रमा हस्ताक्षर गरेको छ। ती तैंतीस वटा मुलुक आधारभूतरुपमा विकसित मुलुक हुन्। उदाहरणका लागि बेलायत、जर्मन、 फ्रान्स、 अमेरिका、 न्यू-जिल्याण्ड、 अस्ट्रिलेया आदि छन। तेस्रो कारण चाहिं चीनको वातावरण अपेक्षाकृत स्थिर भएको छ। यहाँ पढ्ने,तथा जीवनयापन गर्ने पूर्वाधार पनि राम्रो छ। त्यसैले चीन आएर अध्ययन गर्न अफ्रिकी विद्यार्थीहरु इच्छुक छन्।

क्रमशः
|