china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    सा ला जाति र याउ जाति सम्बन्धी जानकारी
    (GMT+08:00) 2009-06-24 18:23:06    

          सा ला जाति मुख्य रुपमा चीनको छिँग हाइ प्रान्तको स्युन ह्वा सा ला जातीय स्वायत जिल्ला, ह्वा लुँग ह्वी जातीय स्वायत जिल्लाको कान तान गाउँ तथा कान सु प्रान्तको श शान पाउ आन तुँग स्याँग जाति र सा ला जातीय स्वायत जिल्लाका केही गाउँमा बसोबास भएका छन। हाल यस जातिको जनसंख्या लगभग एक लाख दश हजार जना पुगेको छ। सा ला जातिले कृषिलाई मुख्य स्थानमा राखेको छ। सा ला जातिको आफ्नो भाषा छ। साथै धेरैजसो मानिसलाई हान जातिको भाषा अर्थात चिनियाँ भाषा र तिब्बती भाषा पनि आउँछ। तर यस जातिको आफ्नो अक्षर अर्था लीपि छैन।

            सा ला जातिका मानिसहरु आपसमा अभिवादन गर्दा सालाममालेगुम भन्नेगर्दछन। प्रतिउत्तरमा आसालाम भन्नेगर्दछन। त्यसको अर्थ नमस्कार हो।

            सा ला जातिका चाड पनि धेरै छन। अरु इसलाम धर्म विश्वास गर्ने जाति जस्तै इदुल फित्र, कुर्बान, र स्मृति दिवस मिलादुल नबी चाड तुँग स्याँग जातिका सबैभन्दा महत्वपूर्ण तीनवटा चाड हुन।

           इसलाम धर्मको पात्रोअनुसार, नवौँ महिनाभरि रामाजान पर्व पर्दछ। बाह्र वर्षभन्दा बढी उमेरका पुरुष र नौ वर्षभन्दा बढी उमेरका महिलाले यस चाड मनाउनुपर्छ अर्थात यस महिनाको हरेक दिन सूर्योदय भएदेखि सूर्यास्त नहुँदासम्म खाना खानुहुँदैन। दशौँ महिनाको पहिलो दिनदेखि फेरि खाना खान पाइन्छ। यस दिनलाई इदुल फीत्र भनिन्छ। यस पर्वलाई तीन दिनसम्म मनाइन्छ।

              इसलाम धर्मको पात्रोअनुसार, बाह्रौं महिनाको दश तारिखका दिन कुर्बान चाड पर्दछ। यस दिनको विहान खाना खानुहुँदैन। मस्जिदमा गएपछि गोरु, भैंसी काट्नुहुन्छ। अनि तीन भाग काटेर गरिबलाई, मित्रलाई दिनुहुन्छ र आफूले खानुहुन्छ, तर बिक्री हुँदैन।

              मिलादुल नबी चाड पनि तुँग स्याँग जातिको महत्वपूर्ण चाड हो। पूर्वज मोहामोदको जन्म-जयन्तीको स्मरणका लागि यस चाड मनाइन्छ। यस दिन धेरै-धेरै मिठा खानेकुरा तयार पारेर खाइन्छ र मोहामोदको जीवन-चरित्रको बयान गरिन्छ।

              याउ जाति मुख्य रुपमा चीनको क्वाँग सि, हु नान, युन नान, क्वाँग तुँग, क्वाँग सि र हाइ नान आदि प्रान्तको पहाडी क्षेत्रमा बसोबास भएका छन। हाल यस जातिको जनसंख्या लगभग छबीस लाख पचास हजार पुगेको छ। विभिन्न ठाउँमा बसोबास भएकाले याउ जातिले आफूलाई विभिन्न नाम भन्छन। जन गणतन्त्र चीनको स्थापना भएपछि यस जातिलाई औपचारिक रुपमा याउ जाति भनिन्छ।

             याउ जातिको आफ्नो भाषा छ, तर आफ्नो जातिको अक्षर अर्थात लीपि छैन। लामो समयदेखि यता हान जाति, च्वाँग जाति र म्याउ जातिसँग बसोबास भएकाले यस जातिका धेरैजसोलाई उक्त तीन जातिका भाषा पनि आउँछ। यस जातिको मौखिक संस्कृति विविध छ। याउ जातिले पनि कृषिलाई मुख्य स्थानमा राखेको छ।

            हान जाति जस्तै याउ जातिले पनि वसन्त चाड, मध्य शरद चाड र छिँग मिँग चे चाड आदि मनाउँछ। साथै याउ जातिका आफ्नो परम्परागत चाड पनि छन। तीहरुमध्ये सबैभन्दा ठूलो चाड दा नु चे चाड हो। दा नु चे चाड याउ जातिको नव वर्ष मानिएको छ। रोचक के हो भने हरेक वर्ष यस चाड मनाउनु होइन।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040