china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    विज्ञान तथा प्रविधिमार्फत तिब्बती औषधीको विकासलाई घच्घच्याइने विषयको दोस्रो भाग
    (GMT+08:00) 2009-06-24 18:27:32    

          तिब्बती स्वायत्त प्रदेशको तिब्बती औषधी कारखानाका प्रमुख कुन्गानोर्बुका अनुसार, तिब्बत चिकित्सा र औषधीको भावी विकास आधुनिक विज्ञान तथा प्रविधिको सिर्जनामा भर पर्नुपर्छ। कारखानाले सन् 2002मा सारा कारखानाका आधारभूत प्रबन्धको सुधार गर्नुका साथै केही आधुनिक यन्त्रहरुलाई पनि भित्र्याएको छ। हाल त्यस कारखाना सारा देशमा तिब्बती औषधीको उत्पादन हुने सबैभन्दा अग्रसर कारखाना बनिसकेको छ। प्रत्येक वर्ष त्यस कारखानामा एक सय तीस टनभन्दा बढी र तीन सय पचास किसिमभन्दा बढीका तिब्बती औषधीको उत्पादन हुनसक्छ।

          तिब्बती चिकित्सा र औषधीसम्बन्धी आधुनिक व्यवसायको विकास र औषधी बनाइने वस्तुको स्रोत-साधन अभाव हुने अवस्था बीचको अन्तर्विरोधको समाधान गर्नका लागि तिब्बत सरकार, तिब्बती औषधी कारखाना र स्थानीय वैज्ञानिक अनुसन्धान संस्थाहरुले तिब्बती औषधी बनाइने वस्तुको अनुसन्धान र बिकासलाई जोडतोडसँग सबल पार्दैआएका छन्। विशेषत: बितेका केही वर्षयता तिब्बतमा अघिपछि गरी तिब्बती औषधी बनाइने वस्तुको उत्पादन तथा संरक्षण अखडा क्षेत्रको खडा गरिनुका साथै "तिब्बती औषधी बनाउन चाहिने बिनाश हुन लागेका वस्तुहरुको वैज्ञानिक अनुसन्धान र संरक्षण" लगायतका महत्वपूर्ण वैज्ञानिक योजनाहरु पनि लागू गरिएको छ। जसले गर्दा स्थानीय परम्परागत तिब्बती औषधी कारोबारलाई उच्च तथा नयाँ प्रविधियुक्त तिब्बती औषधी व्यवसायको रुपमा परिणत गर्नका लागि निकै बढी योगदान गरेको छ। तिब्बत स्वायत्त प्रदेशको विज्ञान तथा प्रविधि विभागका भूतपूर्व प्रमुख तेदिमगाछोले यसरी जानकारी दिंदै भन्नुभयो:

          सन् 2006देखि सन् 2010सम्मका पाँच वर्षभित्र स्थानीय सरकारले दुई सयभन्दा बढी तिब्बती औषधीका लागि आवश्यक आधारभूत वस्तुका लागि सम्बन्धित मापदण्डको तर्जुमा गर्ने योजना गरेको छ। यसबाहेक, बिनाश हुन लागेका केही बन-स्पतिको वैज्ञानिक अनुसन्धान तथा संरक्षणलाई पनि जोडतोडसँग आवश्यक योजनाहरु चलिरहेको देखिन्छ।

          तिब्बत स्वायत्त प्रदेशको विकास तथा सुधार समितिका पदाधिकारी याङ्ग छ्येनका अनुसार, तिब्बत सरकारले सधैं नै तिब्बती औषधी व्यवसायलाई तिब्बतको एक स्तम्भ व्यवसायको रुपमा व्यवहार गर्दैआएको छ। हाल तिब्बती औषधी क्रमश: अमेरिका, जापान र गणतन्त्र कोरिया लगायतका बीस वटाभन्दा बढी मुलुक तथा क्षेत्रमा प्रवेश हुदैगएको देखिन्छ। उहाँ यसरी भन्नुहुन्छ:

          तिब्बती औषधीको दृष्टिकोणबाट हेर्दा हाम्रो गुणस्तर विश्वको अग्र स्थानमा रहिरहेको छ। उच्च तथा नयाँ विज्ञान तथा प्रविधिद्बारा तिब्बती औषधीको सिर्जनशीलतालाई माथि उकास्नु नै हाम्रो लागि सबैभन्दा महत्वपूर्ण कुरा हो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040