 चीन- अफ्रिका शैक्षिक आदानप्रदान तथा सहयोगलाई सबल पार्नका लागि चीनको शिक्षा मन्त्रालय,परराष्ट्र मन्त्रालय तथा वाणिज्य मन्त्रालयले सन् 2005मा"चीन-अफ्रिका शिक्षामन्त्रीस्तरीय मंच"को संयुक्तरुपमा आयोजना गरेका छन्। सत्र वटा अफ्रिकी मुलुकका शिक्षा मन्त्रीले सो मंचामा भाग लिनुभएको छ। यसबाट विद्यार्थी आदानप्रदान,भाषा प्रशिक्षण,जनशक्ति तालिम आदि अन्य शैक्षिक क्षेत्रमा दुबै पक्षको सहयोग तथा आदानप्रदान बढाइएको छ।
"चीन-अफ्रिका शिक्षा मन्त्रीस्तरीय मंच"ले सरकारी तहमा चीन र अफ्रिकाका लागि शैक्षिक आदानप्रदान गर्ने चौतारोको निर्माण गरेको छ। यसका साथै चीन-अफ्रिका सहयोग मंचको पैचिंग शिखर सम्मेलनमा चीनमा अध्ययनरत् अफ्रिकी विद्यार्थीहरुका लागि चीन सरकारको छात्रबृत्ति प्राप्त गर्ने अफ्रिकी विद्यार्थीहरुको संख्या बढी रहने चीन सरकारको वचनवद्धताले चीनमा अध्ययन गर्न आउने प्रतीक्षामा रहेका अफ्रिकी विद्यार्थीहरुलाई व्यवहारिक सहायता दिएको छ। सन् 2007को आरम्भमा चीनका राष्ट्राध्यक्ष हु चिन थाउले दक्षिणी अफ्रिकाको एउटा विश्वविद्यालयको भ्रमण गर्नुभएको बेलामा चीन सरकारको यो वचनबद्धता दोहोर्याउनुभएको छ।

अफ्रिकाको विकास अफ्रिकाका सारा युवा-युवतीमा भरपर्छ। चिनियाँ तथा अफ्रिकी युवा-युवती चीन-अफ्रिकी मैत्रिपूर्ण कार्यलाई अघि बढाउने जिवित शक्ति हुनुका साथै मेलमिलापयुक्त विश्वका मुख्य निर्माता पनि हुन्। चीन सरकारले पछिल्लो तीन वर्षमा चीनमा अध्ययनरत् अफ्रिकी विद्यार्थीलाई प्रदान गर्ने छात्रवृत्तिको संख्या हाल हरेक वर्षको दुइ हजारबाट बढेर चार हजारमा आउने छ। मैले चीन सरकारले पछिल्लो तीन वर्षमा विश्वविद्यालयका विद्यार्थीहरुलगायत पाँच सय जना अफ्रिकी युवा युवतीलाई चीनको भ्रमण गर्न आमन्त्रण गर्ने निर्णय गरेको कुरा घोषणा गरेको छु।
सरकारी छात्रवृत्तिबाहेक चीन सरकारले अफ्रिकी मुलुकका लागि आफ्नो पैसामा भर पर्ने केही विद्यार्थीहरु र अफ्रिकी मुलुकको सरकारको पैसामा भर पर्ने केही विद्यार्थीहरुलाई पनि हुर्काएको छ। सन् 2000देखि 2007सम्म चीनले आठ हजार सात सय बयान्नव्वे जना यस खालका विद्यार्थीहरु भर्ना गराएको छ।उनीहरु चीनमा पढाइ समाप्त गरी आफ्नो मुलुक फर्केपछि चीन र अफ्रिका बीचको आदानप्रदान गर्ने दूत बनेका छन।
अविष्यमा चीन र अफ्रिका बीचमा विद्यार्थी आदानप्रदानबारे चर्चा गर्दै श्री लिउ पाउ लिले सरकारी सहयोगको तरिकाबाहेक चीनका र अफ्रिकाका विश्वविद्यालयहरु बीचको सहयोगात्मक साझेदारी सम्बन्धलाई सबल पार्न पनि निकै महत्वपूर्ण रहेको कुरा बताउनुभयोः

धेरै अफ्रिकी मुलुकका विश्वविद्यालयबाट चीनको विश्वविद्यालयसित सहयोगात्मक साझेदारी सम्बन्धको स्थापना गर्ने असल अभिलाषा देखाइएको छ। अब उप्रान्त हामीले चीनको विश्वविद्यालय र अफ्रिकी विश्वविद्यालय बीचमा व्यवहारिक सहयोगात्मक परियोजनाको स्थापना गर्न चीनको विश्वविद्यालयलाई अफ्रिकी विश्वविद्यालयसित सहयोग गर्न प्रेरित गर्नेछौं।
|