china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    विभिन्न किसिमका मूलाका भिन्नै क्षमतासम्बन्धी पहिलो भाग
    (GMT+08:00) 2009-07-01 14:46:48    

          मूला भनेको चीनको राष्ट्रिय तरकारी हो। यो मूल्यवान र गुण चमत्कारी छ। चीनको चाउ राज्य वंश अर्थात् ईसा पूर्व सात सय एकहत्तर सालताकदेखि फराकिलो क्षेत्रफलमा रोप्न थालिनुका साथै क्रमशः साधारण कृषकहरुको खाने टेबुलबाट बढेर दरवारका भोजहरुमा पनि राखिएको देखिन्थ्यो।

          भनौं कि चीनको इतिहासमा रहेका नौ वटा राज्य वंशहरुको राजधानी लो याङ्ग नगरमा अहिलेसम्म पनि भोज आयोजना गर्दाखेरी पाहुनाहरुलाई खुवाइने "यान छाइ" नाउँको पहिलो तरकारी चाहिं मूलाको परिकारमा नै बनाइएको हुन्छ। यो त उहिले उहिलेदेखि नै पुराना मानिसहरुले मूलामाथि ठूलो नजर पुर्‍याउँदै आइएको कुरा मानिन्छ।

          स्वर्गीय प्रधान मन्त्री चाउ ऐन लाइले आफ्नो कार्यकालमा चीनको हनान प्रान्तको लो याङ्ग नगरमा क्यानाडाका तत्कालिन प्रधान मन्त्री टरुटोलाई भोज खुवाउनुभएका तरकारीहरुमध्ये पहिलो चाहिं त्यही नै हो। खानुभएपछि स्वर्गीय प्रधान मन्त्री चाउले त्यसको निकै प्रशंसा व्यक्त गर्नुहुन्थ्यो र त्यसका साथै सो तरकारीलाई "मु तान यान छाइ"अर्थात् लाली गुराँससहित गौंथली गुंड मिसाइएको तरकारीको नाउँ दिनुहुन्थ्यो।

          मूला खाने तरिकाहरु नागरिकहरुको माझमा नाना किसिमका हुन्छन् र खाएपछि महसुस गरिएका भावना त चमत्कारी हुन्छ भन्न सकिन्छ। तर नागरिकहरुका जिब्रोमा "मूला खानु त माछा जस्तै जलचर र मासुसित संगसंगै पकाएर खानु" सबभन्दा राम्रो हुन्छ भन्ने कुरा झुंडिरहेको छ। यो त अनुभवको कुरा नै हो।

          मूलालाई एक किसिमको ‌औषधी नै हो भन्ने कुरा उहिले उहिलैदेखि नै भनिन्थ्यो। एकतर्फी रुपमा त्यो मात्र खाएर रोगको औषधोपचार पनि गर्न सकिन्छ। जस्तो भनौं कि खोकी लागेको बेलामा काँचो मूला खाएमा त्यसलाई रोक्न सकिने,र्‍याल उत्पन्न गराउन र घाँटीको दुखाइको उपचार गर्न सकिन्छ वा अरु तरकारीहरुसित संगै पकाएर खाए पनि केही रोगहरुको उपचार गर्न सकिन्छ। जस्तै हिउँद ऋतुमा खसीको मासुसित संगै पकाएर खाएमा फोक्सोको कम्जोर क्षमता भएको रोगको उपचार गर्न सकिन्छ। दूधसित संगै पकाएर खाँदा मधुमेह रोगीहरुको ब्यासलाई रोक्न सकिन्छ।

          कछुवासित संगै पकाएर बनाइएको झोल पिएमा भर्खरै सुत्केरी भएकी महिलाहरुको दुध प्रशस्त आउने हुन्छ। त्यति मात्र नभई सम्बन्धित जडीबूढीहरुसित मिसाएर खाएमा खकार जम्ने भएमा त्यसलाई निकाल्न र साँस फेर्न सहायक मिल्न सक्छ।

          घाँटी रोग सम्बन्धी चीनका प्रसिद्ध विशेषज्ञ कङ्ग च्यान थिङ्गले पुराना मूलाहरुबाट निस्केका मलिला टुसा वा साना पातहरुको प्रयोग गरेर धेरै सफलता प्राप्त गर्दै आउनुभएको छ। उहाँले बसन्त ऋतुताका अघिल्लो सालको हिउँद ऋतुमा राखिएका पुराना मूलाहरुबाट निस्केका टुसाहरुलाई जडीबूटीमा राखी नाना किसिमका रोगहरुको कारणले घाँटी सुनिने रोग र निल्न गाह्रो हुने रोग वा पेटको वायु आउने रोगहरुको उपचार गर्ने क्रममा निकै धेरै एवम् स्पष्ट फायदा प्राप्त भएको र चमत्कार नतीजा प्राप्त गर्न सकिन्छ भन्ने कुरा गर्नुहुन्छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040