
काजाक जाति जनसंख्या लगभग बाह्र लाख छ। तिनीहरुमध्ये प्रायजसो उत्तरी सिन च्यांगको यी ली काजाक स्वायत्त प्रिफेक्चरमा बसोबास गर्छन्। उनीहरुको आफ्नै भाषा र लिपि छ।
काजाक जातिका मानिसहरु धेरैजसो पशुपालन व्यवसायमा संलग्न छन। थोरै मात्र काजाकहरु स्थायी रुपमा कृषि व्यवसायमा संलग हुनुका साथै बाँकी धेरैजसो समय ऋतु अनुसार ठाउँ-ठाउँमा बसाइँ सर्ने गर्दछन। यसरी उनिहरु घुमन्ते जीवन बिताउँछन।
काजाक जातिकाल मानिसहरु निकै शिष्ट र अतिथि सत्कार गर्ने स्वभावका हुन्छन्। पाहुना आएमा उनीहरु आफ्नो घरको सबैभन्दा मीठा खाने कुरा पाहुनालाई खान दिन्छन, पाहुनका लागि उनिहरु खसी समेत काट्न पछि पर्दैनन। खाना खाँदा सर्वप्रथम घरपतिले खसीको टाउको सहित एक कचौरा खसीको मासु पाहुनासका अगाडी राख्छन्। अनि पाहुनाले सो कचौरामा रहेको खसीको टाउकोको मासुको एउटा टुक्रो आफूले खाएपछि खसीको कान काटेर घरपतिका केटा-केटीलाई खुवाउँछन्। अन्त्यमा त्यो खसीको टाउको घरपतिको हातमा फिर्ता दिन्छन।

काजाक जातिका मानिसहरु घोडा चढ्नमा ज्यादै निपूर्ण हुन्छन्। चाड-पर्वका बेलामा गोठालाहरु घोडा चढ्ने विभिन्न कार्यक्रम र प्रतिस्पर्धाहरुको आयोजना गर्छन्। युवती घोडा चढेर अघि-अघि जाने र युवकहरुले घोडामा चढेर पछि-पछि दगुर्ने मनोरञ्जनात्मक कार्यक्रम युवाहरुलाई सबैभन्दा मन पर्ने कार्यक्रम हो। युवकहरुका लागि आफूलाई मनपर्ने युवती रोज्ने यो राम्रो मौका हो।
खल्खज जातिको जनसंख्या पन्ध्र लाखभन्दा बढी छ। उनीहरुको आफ्नो भाषा र लिपि छ।
खल्खज जाति मुख्यत: पश्चिमी सिन च्यांगको फामिल पठार भूमिको खज्लसु खल्खज स्वशासित राज्यमा बसोबास गर्दछन्। ग्रीष्म ऋतुमा उनीहरु वस्तु-भाउ चराउन टार-भूमिका खोला-नालाहरु नजिकै बस्छन् भने हिउँद ऋतुमा उनीहरु न्यानो ठाउँमा सर्छन्। खल्खज जाति धेरैजसो माटोबाट बनाइएका चार-कुने घरमा बस्छन्। घरको वरिपरि सागपात र फलफूलहरु रोपिन्छन्। खल्खज जातिको खानेकुरा पनि निकै प्रशस्त छ। दूधबाट बनाइएका दही आदि थुप्रै खाने कुराहरु उनिहरु मन पराउँछन।
खल्खज जातिको परम्परागत पोशाक निकै सुन्दर छ। पुरुषहरु टोपी लगाउन मन पराउँछन् भने महिलालाई दायाँ र बायाँ एउटै बुट्टा भएको कोट लगाउन मन पर्छ। विवाह नभएका युवतीहरुको धेरै चुल्ठा बाटेका हुन्छन् भने विवाह भएपछिका महिलाहरुले दुइटा चुल्ठा बाटेका हुन्छन्।

लो पा जातिका मानिसहरु मुख्यतः तिब्बत स्वायत्त प्रदेशको दक्षिण-पूर्वी क्षेत्रमा पर्ने लो यु क्षेत्रमा बसोबास गर्छन्। लो पा जाति मुख्यतया कृषिमा आधारित छ। यस जातिका मानिसहरु बाँसका विभिन्न सामग्री बनाउन मन पराउँछन्। यस जातिका पुरुषहरु उनको पेटसम्म आउने बाहुला नभएको लुगा लगाउँछन् भने महिलाहरु गोलो कलर भएको लुगा तथा घुँडासम्म आउने जामा लगाउँछन, खुट्टामा कपडाले बेरिन्छ। उनीहरुको मुख्य खाना मकै हो तर उनीहरु चामल तथा जौ पनि खान्छन्।
|