china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    विभिन्न किसिमका मूलाका भिन्नै क्षमतासम्बन्धी दोस्रो भाग
    (GMT+08:00) 2009-07-08 09:30:07    

          मूला खाने तरिकाहरु नागरिकहरुको माझमा नाना किसिमका हुन्छन् र खाएपछि महसुस गरिएका भावना त चमत्कारी हुन्छ भन्न सकिन्छ। तर नागरिकहरुका जिब्रोमा "मूला खानु त माछा जस्तै जलचर र मासुसित संगसंगै पकाएर खानु" सबभन्दा राम्रो हुन्छ भन्ने कुरा झुंडिरहेको छ। यो त अनुभवको कुरा नै हो।

          मूलालाई एक किसिमको ‌औषधी नै हो भन्ने कुरा उहिले उहिलैदेखि नै भनिन्थ्यो। एकतर्फी रुपमा त्यो मात्र खाएर रोगको औषधोपचार पनि गर्न सकिन्छ। जस्तो भनौं कि खोकी लागेको बेलामा काँचो मूला खाएमा त्यसलाई रोक्न सकिने,र्‍याल उत्पन्न गराउन र घाँटीको दुखाइको उपचार गर्न सकिन्छ वा अरु तरकारीहरुसित संगै पकाएर खाए पनि केही रोगहरुको उपचार गर्न सकिन्छ। जस्तै हिउँद ऋतुमा खसीको मासुसित संगै पकाएर खाएमा फोक्सोको कम्जोर क्षमता भएको रोगको उपचार गर्न सकिन्छ। दूधसित संगै पकाएर खाँदा मधुमेह रोगीहरुको ब्यासलाई रोक्न सकिन्छ।

         कछुवासित संगै पकाएर बनाइएको झोल पिएमा भर्खरै सुत्केरी भएकी महिलाहरुको दुध प्रशस्त आउने हुन्छ। त्यति मात्र नभई सम्बन्धित जडीबूढीहरुसित मिसाएर खाएमा खकार जम्ने भएमा त्यसलाई निकाल्न र साँस फेर्न सहायक मिल्न सक्छ।

          प्राचीनकालताक चिनियाँ वैद्यहरुले मूलाहरुको औषधोपचारका भूमिकाहरुको निचोर्ड निकालेर धेरै किताबहरु लेख्ने गरेको पनि हामी पाउँछौं। भनौं कि "श ल्यो बन छाउ " नाउँको किताब अर्थात खाद्य पदार्थहरु समावेश गरेर लेखिएको औषधोपचार किताबमा के भिनिएको छ भने त्यसले शरिरका आन्तरिक पाँच वटा अवयवलाई फायदा दिन्छ।

          शरिरलाई हलुका बनाउँछ र मानिसहरुका छालालाई नरम पार्छ। त्यसरी" सिन स्यौ बन छाउ" नाउँको किताब अर्थात् नयाँ संशोधित जडीबूटी किताबमा के भिनिएको छ भने त्यसले मानिसहरुको साँस फेर्नका लागि सजिलो पार्छ। मानिसहरुका विभिन्न अवयवहरुलाई मेलमिलाप पार्न सकिन्छ। खकार र दागलाई निकाल्न सकिन्छ र मानिसहरुलाई हृष्टपुष्ट पार्न सहायक मिल्न सक्छ। त्यसैगरी" बन छाउ काङ्ग मु"नाउँको किताब अर्थात चिनियाँ जडीबूटी किताबले मूला भनेको तरकारीहरुमा सबभन्दा राम्रो फायदायुक्त तरकारी हो भनेर दावी गर्दछ।

          मूलाका प्रोटिन र ‌औषधोपचारको क्षमता निकै प्रशस्त छन् भन्न सकिन्छ। त्यसको कारण के हो भने त्यसमा मानिसको शरिरमा चाहिएका अनेकौं किसिमका तत्वहरु रहेका हुन्छन्। जस्ता चिनी , गाजरको तत्व र नाना किसिमका भिटामिनहरु आदि आदि। त्यसमध्ये रहेको गाजरको तत्व बोडी र सिमीमा भन्दा नौ गुना बढी हुन्छ।

          गोल्भेडाको भन्दा आठ दशम्लब आठ गुना बढी हुन्छ र पालुङ्गोको भन्दा एघार प्रतिशत बढी हुन्छ। त्यति मात्र नभई भिटामिन C अरु साधारण खालका तरकारी र फलफुलहरुको भन्दा पनि बढी हुन्छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040